Teej banner
किङफिसर गल्र्स

किङफिसर गल्र्स

पुस २६, २०७०

किङफिसरले २०१४ को आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। उक्त अवसरमा विजय माल्या, फोटोग्राफर अतुल कस्बेकर तथा मोडल लिसा हेडनसहित सबै मोडल सहभागी थिए। हट देखिने सबै मोडल उक्त कार्यक्रममा परम्परागत पहिरनमा सहभागी भएका थिए। किङफिसर क्यालेन्डर सबैभन्दा पहिले सन् २०११ मा मरिससमा सार्वजनिक भएको थियो। किङफिसर क्यालेन्डरको यो १२ औं संस्करण हो।

१५ सय पटक पक्राउ पर्ने अपराधी

मानिस जीवनमा कति पटक जेल पर्ला? धेरैको अनुमान हुन्छ २-४ पटकदेखि बढीमा ११-१५ पटक, तर अमेरिकाको लेक्सिङटन केन्टुकीका हेनरी अर्लको हकमा भने त्यस्तो अनुमान पूर्णत गलत हुनेछ। उनका लागि जेल भनेको पानी पँधेरो जस्तो हो। उनी अहिलेसम्म १५ सयभन्दा बढी पटक जेल परेका छन्।

पछिल्लो पटक उनी एक भोजनालयबाहिर नशामा रहेको अवस्थामा पक्राउ परेका छन्। हाल ६४ वर्ष पुगेका अर्न पहिलो पटक १९७१ मा २० वर्षको उमेरमा जेल परेका थिए। त्यतिबेला उनीविरुद्ध अबैध हतियार बोकेको आरोप लागेको थियो । त्यसपछि उनका लागि जेल जानु पानी पँधेरो जस्तो भएको छ। जसका कारण उनी विश्वमा सबैभन्दा धेरै पटक पक्राउ पर्ने व्यक्ति भएको बेलायती सञ्चार माध्यमहरूले जनाएका छन्। हेनरीले हालै आफ्नो ६४ औं जन्मदिन समेत जेलमै मनाएका छन्। अनौठो के छ भने हरेकपटक पक्राउ पर्दा उनको गेटअप परिवर्तन भएको देखिन्छ।

अमेरिकी सेनामा वेश्यावृत्ति

अमेरिकी सेनामा यौनधन्दा हुने गरेको खबर सार्वजनिक भएको छ। अमेरिकी सेनामा तैनाथ एक महिला सैनिकले टेक्सासस्थित फोर्टहुड मिलिट्री पोस्टमा आयोजित सेक्स पार्टीमा आफूले ४ सय डलर कमाएको दाबी गरेकी छिन्। ती महिला सैनिकको बयान कोर्ट मार्सलको दस्ताबेजमा पनि छ। वेश्यावृत्तिको र्‍याकेटमा संलग्न रहेको आरोप लागेका मास्टर सर्जेन्ट ब्राड गि्रम्सलाई हालै मिलिट्री कोर्टमा पेस गरिएको थियो । इराक र अफगानिस्तान युद्धमा योगदान दिइसकेका विवाहित गि्रम्समाथि उक्त घटनाको योजना बनाएको र सेक्सका लागि पैसा दिएको आरोप लागेको छ। उनले प्रथम श्रेणीका सर्जेन्ट जज म्याकक्वीनमार्फत गोप्य स्थानमा कम उमेरका महिला सैनिक उपलब्ध गराउने प्रस्ताव राखेका थिए। गि्रम्सका कानुन व्यवसायीले भने सेक्सका लागि पैसाको लेनदेन नभएको दाबी गरेको डेली मेलले जनाएको छ।

ट्याक्सीमा ३० करोड रुपैयाँ

अमेरिकाको लसभेगासका ट्याक्सी ड्राइभर गेरार्डो गाम्बाआले इमान्दारीको अनौठो नमुना पेस गरेका छन्। क्यासिनोबाट निस्किएका एक यात्रुलाई उनले होटलमा ड्रप गरेका थिए। त्यस क्रममा यात्रुले आफूसँग बोकेको झोला सिटमै छाडेर हिँडेछन्। उक्त झोला खोलेर हेर्दा उनी तीनछक्क परे। झोलामा भेटिएको रकम ३ लाख डलर अर्थात् झन्डै ३० करोड रुपैयाँ थियो। प्रहरीलाई खबर गरेपछि थाहा भयो कि त्यो पैसा एक नामी जुवाडे -पोकर प्लेयर) को थियो। प्रहरी र गेरार्डोले काम गर्ने ट्रान्सपोर्ट कम्पनीको रोहबरमा उक्त रकम ती जुवाडेलाई फिर्ता गरियो। पैसा हराएपछि जुवाडे बौलाहाजस्तै भएका थिए। उनले भने- 'त्यति धेरै पैसा हराएपछि आफैंलाई गोली ठोकेर मरौं कि जस्तो भएको थियो।' पैसा धनीको पहिचान भने खुलाइएको छैन। यति ठूलो रकम आफैं राखौंजस्तो लागेन? गाम्बाआ भन्छन्- 'त्यसो गरेको भए जीवनभरको इमान्दारी, आत्मसम्मान, परिवार, मेरो कम्पनी र यो सहरलाई ठेस पुग्ने थियो।' ५१ वर्षीय गाम्बाआ फिलोपिन्सका नागरिक हुन्। इमान्दारिताको कदर गर्दै उनलाई कम्पनीले १ हजार डलर इनाम दिएको छ भने वर्षको उत्कृष्ट कर्मचारी पनि घोषित गरेको छ।

गर्लफ्रेन्डबाट दिक्क युवकले आत्महत्या गरे

झन्डै ५ घण्टाको सपिङपछि पनि प्रेमिकाले किनमेलका लागि अर्को पसलमा जान कर गरेपछि एक युवकले आत्महत्या गरेका छन्। घटना पूर्वी चीनको एक सपिङ मलको हो। मलमा जडान गरिएको सीसीटीभी फुजेटमा देखिएअनुसार ३८ वर्षीय टाओ साओ र उनकी प्रेमिकाले झन्डै पाँच घण्टा विभिन्न पसलमा सपिङ गरेका थिए। त्यसपछि टाओले घर जाने प्रस्ताव राखे। प्रत्यक्षदर्शीहरूका अनुसार टोओले धेरै किनमेल भैसकेको भन्दै अब नथप्न प्रेमिकासँग आग्रह गरिरहेका थिए। उनकी प्रेमिकाले भने विशेष अफर भएको भन्दै जुत्तापसल जान कर गरिन्। ती युवकले टार्न खोजे, तर प्रेमिकाले उनी कन्जुस भएको आरोप लगाइन्, आफ्नो क्रिसमस बिगारेको अरोप लगाउँदै ठूलो स्वरमा कराइन्। विवादकै क्रममा टाओले ब्याग हेरे र दौडिँदै बाल्कोनीबाट हाम फाले। टाओ क्रिमसम ट्रीमा ठोक्किँदै ७ तला तल बजारिए, तत्काल आकस्मिक सेवा उपलब्ध गराइए पनि उनको ज्यान जोगाउन सकिएन।

कुमारित्व बेच्नु वेश्यावृत्ति होइन

क्याम्पस अध्ययनरत ब्राजिलीयन छात्रा कटरिना मिग्लियोरिनीले आफ्नो कुमारीत्वको लिलामीमा सहभागी हुन संसारभरका पुरुषहरूलाई आग्रह गरेकी छिन्। २० वर्षीया कटरिनाले आफ्नो कुमारीत्वको लीलामी भर्जिन्स वान्टेड टू डटकममा राखेकी छिन्। उक्त वेबसाइटका अनुसार उनको कुमारीत्व बिक्रीका लागि करिब ३ साता बाँकी छ। कटरिनाको भनाइमा एकैपटक मात्र कुमारीत्व बेच्नु वेश्यावृत्ति होइन। मैले आफूलाई दाउमा लगाएकी छु। इच्छा हुनेले मेरो कुमारित्व खरिद गर्न सक्छन्।' कटरिनाले भनेकी छिन्। उनले गरेको आह्वानमा अहिले १५ जनाले आफ्नो नाम लेखाइसकेका छन्।

यसअघि पनि कटरिनाले यसैगरी आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन्, तर उनको कुमारित्व किनेको व्यक्ति करारमा भनिएअनुसार ५३ वर्षीय नभएर २० वर्षीय जापानी युवक भएको रहस्य सिड्नीमा पुगेर खुलेपछि उनको कुमारित्व लीलामी भएर पनि भंग भएको थिएन। त्यसयता उनको चर्चा भने संसारभर भएको थियो । प्लेव्यायले कटरिनाको तस्बिर आवरण पृष्ठमा समेत प्रकाशन गरेको थियो।

प्रकाशित :पुस २६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्