Teej banner
नेपाली चलचित्र र नेपाली राजनीतिमा किन भारतको सिको गरिन्छ?

नेपाली चलचित्र र नेपाली राजनीतिमा किन भारतको सिको गरिन्छ?

पुस २६, २०७०

नेपाली चलचित्र र नेपाली राजनीतिमा किन भारतको सिको गरिन्छ?

     - सुवानी पोखरेल

नेपाल र भारतको सिमाना जोडिएर होला। चलचित्रमा गरिएको सिकोले त खासै केही बिगार्दैन, तर राजनीतिमा सिको गर्दा हाम्रो मौलिकता भन्ने कुरै हरायो।

तपाईं दिनमा कति घण्टा फेसबुक चलाउनुहुन्छ?

     - मनोज तिमिल्सिना

हप्तामा १ घण्टा पनि चलाउँदिनँ। फेसबुक चलाउन मोबाइल चार्ज हुनुपर्छ, त्यसो गर्न बत्ति चाहिन्छ। लोडसेडिङको पीडा त तपाईंले पनि भोग्नुभएकै होला।

तपाईं सबैभन्दा बढी केमा खर्च गर्नुहुन्छ?

     - सागर पालिखे, पोखरा

लुगा र खानपिनमा। दुवै असाध्यै महँगो भए पनि यी कुरामा खर्च गरिरहन मन लाग्छ।

किन आजभोलि जीरेखुर्सानी र तीतो सत्यमा छ एकान छ को मात्र कुरा उठाइन्छ ? अरू समयमा विज्ञापन गरे हँुदैन ? कार्यक्रम एकदमै खल्लो हुन थालेको छ।

     - राजाराम+गणेश थापा

अहिले 'छ एकान छ' हलहरूमा चल्न लागेकाले प्रचार-प्रसारका लागि गरेका हौं। यो हामी सबै हास्यकलाकारको चलचित्र भएकाले यसो गरिएको हो। यदि कार्यक्रम खल्लो महसुस गर्नुभएको हो भने अब फेरि नुनिलो हुनेछ।     

राजनीतिमा लागेका नेताहरूलाई कुन रूपमा हेर्नुहुन्छ ?

     - कला याक्खा, चैनपुर

हाम्रा कुनै पनि नेता हामी जनताको मनमा बस्न सकेनन्, त्यसैले कुनै  पनि रूपमा हेर्न मन लाग्न छाड्यो।

तपाईलाई संसारमा सबैभन्दा प्यारो वस्तु कुन लाग्छ ?

     - बिन्दु कुलुङ, नयाँबस्ती

मलाई त आफ्नो घर प्यारो लाग्छ, किनभने संसरमा जहाँ गए पनि आफ्नो घर-परिवार भुल्न सकिँदैन।

शान्तिको प्रतीक परेवा भनिन्छ, के नेपालमा परेवाहरूको कमी भएको हो त ?

     - दीप मगर, कपन    

परेवाको कमी भएको होइन। परेवा त शान्तिका प्रतीक हुन नि ! तर के गर्नु, हाम्रा नेताहरू अशान्तिका प्रतीक भए।

हँसाउन गार्‍हो कि हाँस्न ?

     - सरुन महर्जन, लुभु

हँसाउन गाह्रो नि। हाँस्न त सजिलै छ, मन लागे हाँसे भो, नलागे नहाँसे भो। कसैले किन नहाँसेको भन्दैनन्।

तपाईं कलाकार बन्नुभन्दा पहिले के गर्नुहुन्थ्यो ?

     - मोहन राना, पाल्पा

कलाकार बन्नुभन्दा पहिले सानो-तिनो काम गर्दै कलाकार बन्नेसंघर्ष गर्थें।

तपाईंलाई के गर्दा धेरै खुसी लाग्छ ?

     - आयुश, मोरङ

मलाई आफ्नो प्रस्तुतिमा दर्शकहरू मजाले हाँस्दा खुसी लाग्छ भने घर परिवारलाई समय दिन पाउँदा पनि म खुसी हुन्छु।

तपाईंलाई नेपालको कुन फुटबल खेलाडी मनपर्छ ?

     - संगम बयलकोटी, नुवाकोट

मलाई मैदानमा उत्रने सबै खेलाडी मन पर्छन्, किनभने फुटबल भनेको सामूहिक खेल हो। कसैले एक्लले केही गर्न सक्दैन।

प्रकाशित :पुस २६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्