अभिनयमा पुकार

अभिनयमा पुकार

पुस २६, २०७०

मोरङको उर्लावारीमा जन्मिएर चितवनमा हुर्किएका पुकार गौतम विगत तीन वर्षदेखि मोडलिङमा सक्रिय छन्। ६ फिट १ इन्च अग्ला यी मोडल होटल व्यवस्थापनमा उच्च शिक्षा हासिल गरिरहेका छन्। अग्लो कदका कारण सन् २०११ मा एउटा विज्ञापनमा मोडलिङ गर्न अाएको प्रस्ताव स्वीकार गरेपछि उनी यही विधामा सक्रिय भएका हुन्। २३ वर्षीय पुकारले एक दर्जन विज्ञापनमा अभिनय गरिसकेका छन्। पुकारले हालसम्म तीनवटा म्युजिक भिडियोमा अभिनय गरेका छन्। गायक आमिर शेखका दुई म्युजिक भिडियोबाट उनले सकारात्मक प्रतिक्रिया पाइसकेका छन्। विज्ञापन तथा म्युजिक भिडियोको अनुभवबाट उनमा चलचित्रमा डेब्यू गर्ने उत्साह बढेको छ। 'उचित अवसरको पर्खाइमा छु, पुकार भन्छन्— 'अभिनय गर्नसक्छु भन्ने प्रमाणित गरिसकेकाले पाएको अवसर सदुपयोग गर्न सक्छु भन्ने कुरामा ढुक्क छु।'

प्रकाशित :पुस २६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्