प्रिया श्रेष्ठ
जीवनमा पहिलो पटक एउटा सौन्दर्य प्रतियोगितामा भाग लिएकी चाबहिलकी प्रिया श्रेष्ठले आफ्नो सहभागितालाई दुई तरिकाले मूल्यांकन गरेकी छिन् । केही साताअघि सम्पन्न उक्त प्रतियोगिताका क्रममा उनले व्यक्तित्व विकास, क्याटवाक तथा बोल्ने शैलीका बारेमा जानकारी पाइन्, जसले उनलाई भविष्यमा करियर बनाउन सहयोग गर्नेछ । अर्कातिर उनको अनुभव के पनि छ भने सौन्दर्य प्रतियोगिताका आयोजकहरूस“ग नजिक नभै, प्रशस्त टिकट बिक्री नगरी कुनै पनि प्रतिस्पर्धाको उपाधि जित्न गाह्रो छ । ‘ट्यालेन्ट शो तथा फोटोजेनिकमा सबैले मलाई नै दावेदार मानेका थिए, हालै एउटा प्रतियोगितामा सहभागिता जनाएर रित्तो हात घर फर्किनुपरेको पीडा व्यक्त गर्दै प्रिया भन्छिन्— ‘मैले आयोजकलाई फाइदा पुग्ने गरी केही पनि गरिन“, त्यसैले निराश पनि छैन ।’ केही वर्षपछि मिस नेपालमा भाग लिएर आफूलाई प्रमाणित गर्ने उनको लक्ष्य छ ।
१९ वर्षीया प्रिया बीबीएस दोस्रो वर्षकी छात्रा हुन् । ५ फिट ४ इन्च अग्ली प्रियाले केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । फोटोसेसनकी सौखिन प्रियाले केही अनलाइन मिडियाका लागि आकर्षक तस्बिर खिचाइसकेकी छिन् । यात्रा गर्न रुचाउने प्रिया फुर्सदमा चलचित्र हेर्छिन् । ‘म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै चलचित्रमा समेत अभिनय गर्ने रहर जागेको छ, अब प्रियालाई परिवारको स्वीकृति तथा राम्रो ब्यानरको प्रस्तावको खा“चो छ । नृत्यमा पारंगत प्रिया गाउनमा सजिन रुचाउ“छिन् । प्रेम तथा विवाहका बारेमा उनको कुनै योजना छैन । दुवै कुरालाई उनले भगवानको हातमा छाडिदिएकी छिन् । यद्यपि उनी भविष्यमा प्रेम विवाह नै गर्ने कुरा बताउ“छिन् ।
तस्बिर: महेश प्रधान
मेकअप: दीपा शाही
लोकेसन: फनपार्क, भृकुटीमण्डप