आगामी बिहीबार अर्थात् फागुन १२ गतेदेखि २१ गतेसम्म पोखरामा ‘जंगल फेस्टिभल’ को तेस्रो संस्करणको आयोजना हुँदैछ । परिचय नेपालले आयोजक रहेको यो महोत्सव स्थानीय शान्ति वनवाटिकामा सञ्चालन हुँदैछ, जहाँ ६ वटा फेसन शोसहित नेपाल तथा भारतका खेलाडीहरूको रेस्लिङ, लोकप्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, नाटक तथा गजल वाचनसमेत हुनेछ । मानिस र प्रकृतिबीचको सम्बन्धलाई अझ नजिक ल्याउने उद्देश्यले आयोजित यो महोत्सवका क्रममा मोडलहरूले जंगल थिममै फेसन शोसमेत प्रस्तुत गर्दैछन् ।
त्यसक्रममा मोडलहरूले विभिन्न रूखका पात, फूल, बिरुवाका लहरा आदिबाट तयार पारिएका पहिरनहरू प्रदर्शन गर्नेछन् । जंगल फेसन शोमा क्याटवाक गर्ने एक दर्जन मोडलमध्येकी एक हुन्— मुस्कान घोताने । यसै वर्ष पोखरामा सम्पन्न नेपाल्स नेक्टस टप मोडलकी विजेता मुस्कानले आफूसहित पोखराकै मोडलहरूको एक समूह जंगल फेस्टिभलमा आयोजना हुने वाइल्ड फेसन शोमा क्याटवाक गर्न आतुर रहेको बताएकी छिन् ।
कृष्ण भट्टराई
तस्बिर : सुरज श्रेष्ठ/एसटु प्रोडक्सन
मेकअप : सदीक्षा गुरुङ
लोकेसन : शान्ति वनवाटिका, पोखरा