तीज बिशेष

सबै जातिमाझ लोकप्रिय तीज

सिर्जना दुवाल श्रेष्ठ, भाद्र १८, २०७३

बाहुन–क्षेत्री महिलाहरूले विशेष पर्वका रूपमा मनाउँदै आएको तीज अहिले आएर सबै जातजातिका महिलाले उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । विगत पाँच–छ वर्षयता नेवार, मगर, लिम्बू, गुरुङ आदिले पनि तीजलाई आत्मसात् गर्न थालेका छन् । पुरा पढ्नुहोस्

कर्पोरेट तीज

विदुर खतिवडा, भाद्र १८, २०७३

राज्यले अवैधानिक मानेको ढुकुटी खेलमा संलग्न हुनेहरूले मनाउने तीज अझ तडकभडक पूर्ण हुने विश्लेषकहरू बताउँछन् । तीज कार्यक्रमलाई नजिकबाट नियालेका दुर्गा पंगेनीका अनुसार तीज पार्टीमा २०–२५ जना मोटाघाटा महिला रातो साडीका साथ भरिभराउ गहना लगाएर हिन्दी गीतमा बेतालसँग नाचिरहेको देखियो भने त्यो ढुकुटी खेल्ने समूहको तीज भनेर बुझ्नुपर्ने हुन्छ । पुरा पढ्नुहोस्

स्वादिलो दरका लागि विशेष परिकार

साप्ताहिक संवाददाता , भाद्र १७, २०७३

दरमा यही नै हुनुपर्छ भन्ने कुनै नियम छैन, तर ढकनी चाहिँ हुनैपर्छ भन्छन् बुढापाकाहरू । घिउ र दूधमा विशेष खालको चामललाई पकाउँदै, दूध घट्दै गएपछि फेरि दूध थप्दै काजु, किसमिस, बदाम आदि हालेर पकाइसकेपछि त्यसलाई पित्तलको कचौरामा छोपेर राख्ने र सेलाएपछि खाइने परिकार हो— ढकनी । पुरा पढ्नुहोस्

नेपाली नारीहरूको महान् चाड तीज

सरस्वती कटुवाल, भाद्र १७, २०७३

तीजमा गहना चोरी भएका अनेकन घटना सुनिन्छन् । तीजमा महिलाहरू भएभरका गहना लगाई मन्दिर जाने तथा नाचगानमा सरिक हुने हुँदा चोरीका घटना धेरै हुन्छन् । यसकारण मन्दिर जाँदा विशेष सजग हुनुपर्छ । मन्दिर तथा भीडभाडमा बहुमुल्य गहना नलगाएकै जाती हुन्छ । पुरा पढ्नुहोस्

कसको तीज कस्तो ?

कृष्ण भट्टराई, भाद्र १७, २०७३

नायिका रिस्ता बस्नेत तीज आउनेबित्तिकै आफ्नी ठूली आमाको घर पुग्छिन् । तीजको वातावरण राम्रो हुने भएकाले उनी हरेक वर्षझैं यो वर्ष पनि तीज मनाउन ठूली आमाको घर पुग्न लागेकी हुन् । रिस्ता भन्छिन्— ‘म तयसपटक पनि पानी समेत नखाई व्रत बसेर तथा नाचगान गरेर तीज मनाउँदैछु ।’ पुरा पढ्नुहोस्

समर्पणको चाड तीज

झरना नहर्की, भाद्र १७, २०७३

तीज आउनुभन्दा एक महिना अघिदेखि नै महिलाहरूको किनमेल सुरु हुन्छ । अरू बेलाको दाँजोमा तीजमा महिलाहरूले आफ्ना लागि बढी किनमेल गर्छन् । यति बेला केवल आफ्ना लागि मात्र होइन, आफ्ना नातेदार तथा साथीसंगीका लागि पनि सौभाग्यका सामग्रीहरू आदान–प्रदान हुन्छ । पुरा पढ्नुहोस्

स्वास्थ्यलाई ध्यान दिएर व्रत बसौं

उपासना पाण्डे, भाद्र १७, २०७३

हाम्रो शरिरका संवेदनशील अंगहरू जस्तै मस्तिष्क, मुट, मिर्गौला आदि निरन्तर रूपमा सञ्चालन हुन तथा दैनिक क्रियाकलापका निम्ति शक्ति चाहिन्छ । उक्त शक्ति हामीले दैनिक रूपमा खाने खानाबाट प्राप्त गर्छौं । खाना नखाएको अवस्थामा यी संवेदनशील अंगको निरन्तर सञ्चालनका लागि कलेजोद्वारा हाम्रो शरीरमा भएको सञ्चित शक्ति प्रयोग हुन्छ । पुरा पढ्नुहोस्

तीज गीतको बजार

विदुर खतिवडा, भाद्र ३०, २०७२

त्यसो त भूकम्प लगत्तै तीज गीत नगर्ने भनेर घोषणा गरेका कलाकार पनि समय क्रममा तीज गीत गाउन अघि सरे । अझ रोचक त विगतका वर्षहरूमा तीज गीत गाउन छोडेका गायक गायिकाले पनि यो वर्ष तीज गीत गाए । नयाँ सर्जकहरूको प्रवेश पनि उत्साहबर्धक रहयो । पुरा पढ्नुहोस्

तीजका लागि विशेष परिकार

भाद्र २८, २०७२

तीजको दरको रुपमा खाईने परिकारहरु स्वीट राइस, साँधेको माछा, काँक्राको अचार, श्रीखण्ड, खसीको मासु, फ्राइड चिकेन, फ्रुट सलाद, दूधबरी बनाउने तरिका । तपाईहरुले यो परिकारहरु घरमै बनाएर खान पनि सक्नुहुनेछ । पुरा पढ्नुहोस्

तीज स्टारहरू

विदुर खतिवडा, भाद्र २८, २०७२

नेपाली महिलाहरू यति बेला तीज पर्वलाई उल्लासमय बनाउन र सेलिब्रेसन गर्न व्यस्त छन् । कुनैबेला तीजले निश्चित समुदायमा मात्र महत्व राख्थ्यो भने अहिले तीज सम्पूर्ण नेपालीको पर्व बन्दै गएको छ । ०६० सालपछि तीज गीतको बजारमा नयाँ मोड देखा परेको हो, त्यसभन्दा धेरै अघिदेखि तीज गीत त गाइन्थे तर तीज गीत गाउने सर्जक औंलामा गन्न सकिन्थे । ०६० को दशकको प्रारम्भमा फरक हिसाबले तीज गीत सिर्जना हुनुपर्छ भन्ने मान्यताको विकास भयो । कालक्रम सँगै विरह र जिरहका शब्दमा रुमल्लिएका पीडामिश्रित तीजका भाका र शब्दमा परिवर्तन खोजियो । माइती धेरै पर मुग्लानमा भएकाले जान नपाएको पुरानो कथालाई छोडेर सहरिया जीवनलाई आत्मसात् गर्न खोज्ने अनि गाउँले परिवेशको यथार्थपरक कथालाई उधिनेर तीज गीत बज्न थाले । पुरा पढ्नुहोस्

मौका छोप्दै गायिकाहरू

विदुर खतिवडा, भाद्र २७, २०७२

वर्षमा एकपटक आउने पर्व तीजले सिर्जना गर्ने गजबको सांगीतिक वातावरणको मौका छोप्न गायिकाहरू पछि पर्दैनन् । सबैको नाच्ने मुड बन्ने भएकाले उनीहरू त्यस्तै किसिमका तीज गीत तयार पार्न अग्रसर हुन्छन् । पुरा पढ्नुहोस्

तीजका चर्चित धार्मिक स्थल

भाद्र २७, २०७२

तीजमा पशुपतिनाथबाहेक देशभरका शिवालयमा महिलाहरूको भीड लाग्छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मकै सबै शिवालयमा महिलाहरू पुग्ने गरेका छन् । पशुपतिनाथ बाहेक अन्य मन्दिरहरूमा कति श्रद्धालुले दर्शन गरे भन्ने रेकर्ड पाइँदैन । यद्यपि तीजका अवसरमा पूर्वको पशुपतिनाथ भनिने अर्जुनधाराको जलेश्वरधाममा ठूलो मेला लाग्छ । अर्जुनधारा र शनिश्चरे गाविसमा पर्ने जलेश्वरधाममा भारतका सिक्किम, दार्जीलिङ र आसामदेखिका भक्तजन जल चढाउन पुग्छन् । पुरा पढ्नुहोस्