लघुकथा

म्यासेज ब्लक

प्रदिप सुवेदी, आश्विन २१, २०७४

६ वर्ष पहिले बागबजारको एउटा ट्युसन सेन्टरमा भएको हाम्रो भेट भावनात्मक रूपमा झाङ्गियो । हल्का मस्कामस्की, चुस्काचुस्की, मुक्कामुक्की हुँदै ‘सेयरिङ एन्ड केयरिङ’ को दर्शन फलो हुन थाल्यो । पुरा पढ्नुहोस्

पोइटिङ्ग्रे

डा. रवीन्द्र समीर, जेष्ठ २१, २०७४

शिक्षा एवं पेसामा समान स्तर भएकाले म र मेरी श्रीमती एक–अर्कालाई कहिले ‘तपाईं’ त कहिले ‘तिमी’ भनेर सम्बोधन गथ्र्यौं । हामी खाना पकाउने, कपडा धुने, घर सफा गर्ने तथा भाँडा माझ्ने काम सँगै गथ्र्यौं । ‘ल हेर ! स्वास्नीलाई पनि तपाईं भन्ने ? आइमाइले गर्ने काम आफैं गर्ने ? पुरा पढ्नुहोस्

परिवर्तन

मुक्तिनाथ घिमिरे, वैशाख २३, २०७४

धेरै समयपछि विजयले फोन गर्‍यो । सम्बोधनको भाषा, लवज र तरिका अत्यन्त सौम्य, संयमित एवं सम्मानजनक थियो । सात वर्ष लामो सहवासमा जहिल्यै अनौपचारिक र कहिल्यै श्लील प्रतीत नहुने विजय यतिबेला पूरै फेरिएको थियो । पुरा पढ्नुहोस्

मेरी छोरी

मुक्तिनाथ ३िमिरे, वैशाख १६, २०७४

शनिबार सबेरै सधैंझैँ ऊ तयार भई । आज बिदाको दिन स्पेसल क्लास छ, —कसैले सोध्नुअगावै उसले प्रत्युत्तर शैलीमा सूचना दिई । पुरा पढ्नुहोस्

फेसबुक

प्रदीप सुवेदी, फाल्गुन १५, २०७२

बिउँझिदा ‘म त हारेको मान्छे...’ गीत बजिरहेको थियो । मन अमिलो भयो अनायासै । अतीत रिल बनेर आँखाअगाडि घुमे, अनि चस्स मुटुमा घोचे । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक हो, ’ अमिलो मनलाई सम्हालें । ‘माघ २१’ यो मितिले मेरो दिमागमा खुब घोचिरहेको छ । अब हप्ता दिन बाँकी छ । पुरा पढ्नुहोस्

तीन पत्र डायरीका

हिमाल घिमिरे, मंसिर २८, २०७२

मैले तिमीलाई बिर्सिनुपथ्र्यो/पर्छ । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगोजस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगोजस्तै लाग्छ । पुरा पढ्नुहोस्

परिचय

आरआर चौलागाईं , मंसिर १, २०७२

एकपटक अमेरिकाको न्युयोर्कमा संसारका सबै देशका नागरिकको जमघट भयो । त्यो भेलामा नेपालबाट पनि २० जनाको टोली गयो । उक्त कार्यक्रमको आयोजना संयुक्त राष्ट्रसंघले गरेको थियो । अनि विषय थियो— ‘संसारबाट गरिबी कसरी हटाउने ?’ भेलाको थालनी परिचयात्मक कार्यक्रमबाट सुरु भयो । पुरा पढ्नुहोस्

हाफटाइम

सुरेश बादल, कार्तिक ९, २०७२

हाफ टाइमको घन्टी बज्नासाथ सदाझैँ मेरी बैनी दगुर्दै मेरो कक्षाको ढोकामा आएर उभिई । यो उसको नियमित रुटिन थियो । मैले देखें, बिहान मिलाइवरी लगाएका स्कुल पहिरन मैलो बनाइ सकिछ । कोरेको कपाल पनि जिङ्ग्रिङ्ग बनाइसकिछ । पुरा पढ्नुहोस्

बाध्यता

जेबी खत्री, आश्विन ६, २०७२

वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर, छर–छिमेकका प्राय: सबै युवा–युवती रोजगारीका लागि विदेश आउजाउ गर्छन् । कसैको गलामा बिदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुबईबाट फर्किएको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो । पुरा पढ्नुहोस्

आमाको माया

श्रावण २८, २०७२

एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो पुरा पढ्नुहोस्