सन् २०१६ लाई फर्केर हेर्दा

२०१६ का टपटेन फेसबुक सेलिब्रेटी

रामजी बलामी, माघ १, २०७३

व्यवहारिक सेलिब्रेटी र फेसबुक सेलिब्रेटी भिन्न कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा खासै चर्चामा छैनन् तर कतिपय भने सोसियल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल भएका छन् । नेपालका सेलिब्रेटीहरू पनि सोसियल मिडिया क्रेजी छन् । पुरा पढ्नुहोस्

अभिनेत्रीहरूको स्कोरकार्ड

साप्ताहिक संवाददाता , पुस २७, २०७३

बलिउडमा नायकप्रधान चलचित्रहरू नै बन्छन् । वर्ष २०१६ मा पनि त्यस्तै भयो, नायकप्रधान चलचित्रहरू आए, चल्ने वा नचल्ने जे भए पनि क्रेडिट जति नायकले नै लगे, तर केही यस्ता चलचित्र पनि आए, जसमा नायिका ‘हिरो’ थिइन् वा नायकप्रधान भएर पनि चलचित्रमा उनीहरूले आफ्नो भूमिकामा न्याय गरेका थिए । पुरा पढ्नुहोस्

असफल स्टार

साप्ताहिक संवाददाता , पुस २५, २०७३

यो पुस्ताका सर्वाधिक राम्रा खेलाडी लियोनल मेसीका लागि सन् २०१६ राम्रो रहेन । उनले बार्सिलोनाका लागि लिग त जिते, तर आफ्नो देश अर्जेन्टिनाका लागि केही जित्न नसकेको क्रम यसपल्ट पनि जारी रह्यो । पुरा पढ्नुहोस्

वर्षका उत्कृष्ट पहिरन

साप्ताहिक संवाददाता , पुस २६, २०७३

यो वर्ष भारतीय अभिनेत्री प्रियंका चोपडाले एमी एवार्डका अवसरमा रेड कार्पेटमा लगाएको रातो रंगको गाउनले वर्षकै उत्कृष्ट पहिरनका रूपमा चर्चा पायो । चोपडाले लगाएको उक्त रातो गाउन यो वर्षको उत्कृष्ट पहिरन मात्र नभै सेक्सी पहिरन समेत ठहरियो । पुरा पढ्नुहोस्

फल्प अफ दि इयर

एजेन्सी, पुस २५, २०७३

एप्पलले आइफोन सेभेनलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउने प्रचार थाल्नु पूर्व निकटतम प्रतिद्वन्द्वी सामसङले ग्यालेक्सि नोट सेभेनलाई केही महिनाअघि नै बजारमा उतार्‍यो । बजारमा आएको एक महिनापछि नै उक्त सेटमा ब्याट्री पड्किने समस्या देखा पर्न थाल्यो । पुरा पढ्नुहोस्

जहाँ सबैभन्दा बढी पर्यटक पुगे

साप्ताहिक संवाददाता , पुस २५, २०७३

बितेका केही वर्षयता संसारका प्राय: सबैजसो देशले पर्यटन व्यवसायमा ठूलो लगानी गर्दै आएका छन् । कुनै बेला राजनैतिक तथा व्यवसायिक उद्देश्यका लागि घुमफिर गर्नेहरू बढी हुन्थे । अहिले त्यो ट्रेन्डमा व्यापक परिवर्तन आएको छ । पुरा पढ्नुहोस्

अभिनेताहरूको स्कोरकाड

साप्ताहिक संवाददाता , पुस २५, २०७३

बलिउडमा यो वर्ष पनि सलमान खानले रजाईं गरे । अघिल्लो साता प्रदर्शित आमिर खानको ‘दंगल’ले प्राप्त गरिरहेको उच्चतम सफलताले सलमानको यो वर्षको ब्लकबस्टर ‘सुल्तान’लाई चुनौती दिँदैछ । अब ‘दंगल’ले ‘सुल्तान’को बक्सअफिस कलेक्सनलाई मात दिन्छ कि दिँदैन, त्यो एक–दुई सातामै थाहा हुनेछ । पुरा पढ्नुहोस्

यिनले जिते सबैको मन

एजेन्सी, पुस २४, २०७३

विण्डो १० सहित म्याग्नेसियम धातुको कभरमा उपलब्ध सर्फेस बुकमा बढी ब्याट्री क्षमता तथा ग्राफिक्स कार्ड पनि थियो । टच स्क्रिन, पेन र कि प्याड सहितको उक्त नोटबुकले धेरैको मन जित्यो । पुरा पढ्नुहोस्

सर्वाधिक खोजिएका विषयवस्तु

एजेन्सी, पुस २४, २०७३

विश्वभर चर्चित सर्च इन्जिन गुगलले वर्ष २०१६ मा सर्वाधिक खोजिएका विषयवस्तुहरूको सूची सार्वजनिक गरेको छ । गुगलले यो वर्ष सबैभन्दा बढी खोजिएका समाचार, प्रविधि, घटना, खेलकुद, फिल्म, व्यक्ति आदि यो सूचीमा समावेश छन् । पुरा पढ्नुहोस्

आएनन् जसका चलचित्र

साप्ताहिक संवाददाता , पुस २३, २०७३

वर्ष २०१६ मा कुनै पनि हिन्दी चलचित्रले ‘ब्लक बस्टर’ को विशेषण पाएनन् । शाहरूख खान, अजय देवगण, ऋत्विक रोशनजस्ता सुपरस्टारका चलचित्रले समेत बक्स अफिसमा धमाका गर्न सकेनन् । वर्ष २०१६ मा पाँच जना त्यस्ता कलाकार पनि भेटिए जसका कुनै पनि चलचित्र यो वर्ष प्रदर्शन भएनन् । पुरा पढ्नुहोस्

नोटबन्दीसँग यसरी जुध्यो बलिउड

साप्ताहिक संवाददाता , पुस २३, २०७३

भारत सरकारले ५ सय तथा १ हजारको नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बलिउडमा समेत पर्‍यो । नोटबन्दीका कारण केही चलचित्रको छायांकन रोकिएको खबर सार्वजनिक भएपछि सञ्चारमाध्यमले विभिन्न चलचित्रकर्मी, निर्माता, निर्देशकसँग प्रतिक्रिया लियो । पुरा पढ्नुहोस्