दसैं विशेष

महत्वपूर्ण केही शक्तिपीठ

साप्ताहिक संवाददाता , आश्विन १४, २०७४

पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको महादेव स्थान गाविसमा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ । खोटाङको सदरमुकाम दिक्तेलबाट तीन घण्टाको पैदल यात्रापछि हलेसी गुफा पुग्न सकिन्छ । बर्षा नभएको समयमा स्थानीय सवारी साधनहरू पनि उपलब्ध हुन्छन् । पुरा पढ्नुहोस्

उपत्यका बाहिरका शक्तिपीठ

साप्ताहिक संवाददाता , आश्विन १३, २०७४

चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेलबाट सहजै गाडी पाउन सकिन्छ । प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्व छ । पुरा पढ्नुहोस्

नेपाली बजारमा महँगा रक्सी

साप्ताहिक संवाददाता , आश्विन १२, २०७४

ड्रिङ्क्स्का सौखिनहरू विभिन्न स्वादका रक्सी खोज्दै हिँड्छन् । अझ चाडपर्वमा त धेरैले यसलाई आफ्नो प्राथमिकतामै राखेका हुन्छन् । ड्रिङ्क्स्का पारखीहरूलाई ध्यानमा राख्दै नेपाली बजारमा विभिन्न प्रकारका स्वदेशी तथा विदेशी ब्रान्डका रक्सी उपलब्ध छन् । पुरा पढ्नुहोस्

कडा ककटेलहरू

साप्ताहिक संवाददाता , आश्विन १२, २०७४

‘दूध पिए कहिले लाग्छ कुन्नी ? रक्सी पिए अहिल्यै लाग्छ ’ भन्ने नेपाली पियक्कडहरूको भनाईलाई मान्ने हो भने पिएपछि लाग्नैपर्छ । पिएपछि मज्जाले मात्न मदिराको मात्रामा पनि भरपर्छ । यद्यपि यहाँ केही विश्वप्रसिद्ध कडा ककटेल्सको चर्चा गरिएको छ, जसलाई पिएको एकैछिनमा झ्याप्पै मातिन्छ । पुरा पढ्नुहोस्

दसैंका प्रमुख आकर्षण र विशेषता

युवराज गौतम, आश्विन १०, २०७४

वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैंलाई उल्लासका साथ मनाउने चलन छ । दसैंलाई मीठो खाने, राम्रो लगाउने तथा मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मानिन्छ । नाता सम्बन्धलाई प्रगाढ बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैंले नै प्रदान गर्छ । पुरा पढ्नुहोस्

दसैंका शक्तिपीठ

साप्ताहिक संवाददाता , आश्विन १२, २०७४

गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने नेपाली कमै भेटिन्छन् । काठमाडौंबाट १ सय २ किलोमिटर लामो यात्रा गरेर कुरिनटारबाट केबुलकार चढी सहजै मनकामना पुग्न सकिन्छ । पैदल जानेहरूले आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गर्नुपर्छ । यो मन्दिर विशेष गरेर पशु बलिका लागि प्रख्यात छ । दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने चलन छ । पुरा पढ्नुहोस्

लामो छुट्टीमा अन्तरंग पल

साप्ताहिक संवाददाता , आश्विन ११, २०७४

चाडबाड त्यसै रमाइलो हुन्छ । दसैंमा लामो बिदा पनि हुन्छ । यही अवसर उपयोग गर्दै घरभन्दा बाहिर कतै रमणीय स्थानमा गएर बिदा उपयोग गर्नेे सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने योजना बनाउँदा थोरै आफ्नो यौन क्रियाकलापको पाटोलाई पनि समट्नुभयो भने बिदाको उपयोग थप अविस्मरणीय हुन्छ । लामो छुट्टी पनि हुने हुँदा घुमफिरसँगै यौन आनन्दलाई अविस्मरणीय बनाउनु आफैंमा रोमाञ्चक हुन्छ । पुरा पढ्नुहोस्

कम छैन नेपाली मदिरा

साप्ताहिक संवाददाता , आश्विन १०, २०७४

ग्लोबल ब्रान्डहरूले नेपालका स्थानीय स्वादहरूलाई विस्थापन गर्दै लगेका छन् । सडकको पहुँच, सञ्चार, बसाइँसराइजस्ता कारणले स्थानीय पेयपदार्थहरू पनि संकटमा पर्न थालेका हुन् । बढ्दो सहरीकरण एवं आधुनिकीकरणको मार नेपाली मौलिक परिकारहरूमा समेत पर्न थालेको छ । पुरा पढ्नुहोस्

दसैं र देवी दुर्गाका शक्तिपीठ

साप्ताहिक संवाददाता , आश्विन ११, २०७४

तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवतीको मन्दिरको बेग्लै धार्मिक महत्व छ । मन्दिरको मध्यभागमा रणउजेश्वरी भगवतीको मूर्ति छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुन्छ । अग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ नेपाली सैनिकहरूले पूजाआजा गरेको बताइन्छ । पुरा पढ्नुहोस्

दसैं विशेष केहि शक्तिपीठ

साप्ताहिक संवाददाता , आश्विन १०, २०७४

पशुपतिनाथ मन्दिरनजिकैको गुहेश्वरी बागमती नदीको दक्षिणी किनारमा छ । सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पत्ति भएकी देवी भएकाले यहाँ कुनै मूर्ति छैन । मन्दिरभित्र एउटा सानो प्वाल मात्र छ र त्यहाँ कलश राखिएको छ । यहाँ दसैंको घटस्थापना देखि नै विशेष पूजा हुन्छ । पुरा पढ्नुहोस्

दसैंमा देवीका शक्तिपीठ दर्शन

साप्ताहिक संवाददाता , आश्विन ९, २०७४

पाटन दरबारबाट उत्तरमा अवस्थित बगलामुखी मन्दिरमा नवरात्रका दिन विशेष पूजा आराधना गरिन्छ । बिहीबारका दिन विशेष भीडभाड हुने यो मन्दिरलाई ठूलो शक्तिपीठका रूपमा लिइन्छ । तन्त्रशास्त्रका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् भन्ने विश्वास गरिन्छ । पुरा पढ्नुहोस्