उपाधि

मिलन रेग्मी बने मिष्टर ह्यान्डसम नेपाल

साप्ताहिक संवाददाता , आश्विन ८, २०७५

युवाहरुको सौन्दर्यमा आधारित ‘मिस्टर ह्यान्डसम नेपाल’को पहिलो संस्करण सम्पन्न भएको छ । प्रतियोगीताको पहिलो संस्करणमा मिलन रेग्मी शिर्ष ताज उचाल्न सफल भएका छन् । उनले शीर्ष उपाधि सहित बेस्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भए । पुरा पढ्नुहोस्

मिस नेपाल नर्थ अमेरिका मोनिका घले

साप्ताहिक संवाददाता , श्रावण २९, २०७५

न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष ताज पहिरिएकी हुन् । पुरा पढ्नुहोस्

एसइइ आइकन नैना

साप्ताहिक संवाददाता , असार २६, २०७५

रेक्स फेसन होमको ब्यानरमा सम्पन्न मिस एसइइ आइकन २०१८ को उपाधि नैना खड्गीले उचालेकी छिन् । प्रतियोगीतामा मन्दिरा खड्का फस्ट रनर अप तथा प्रिति भट्ट सेकेन्ड रनर अप बन्न सफल भए । पुरा पढ्नुहोस्

रिजुले जितिन् मिस नेवा: ११३८ को उपाधि

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७५

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा खचाखच गरिएको प्रेक्षालयमा सम्पन्न मिस नेवा: को ग्राण्ड फिनालेमा उपाधि जितेसंगै रिजुले चम्किलो ताज, २० हजार रुपैयाँ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्ड समेत जितिन् । पुरा पढ्नुहोस्

भैंसी सुन्दरीको उपाधि हीरालाई

नरेन्द्र बस्नेत, जेष्ठ ६, २०७५

सुनसरीको इटहरीमा सञ्चालित भैँसी सुन्दरी प्रतियोगिताको उपाधि हीरा नाम गरेको भैंसीलाई प्रदान गरिएको छ । ३८ वटा भैंसीलाई उछिन्दै मिठुमाया कार्कीले पालेको हीरा भैंसीले उक्त उपाधि प्राप्त गरेकी हुन् । पुरा पढ्नुहोस्

प्रथम मिसेस हङ्कङ पविता

अनोज रोक्का, जेष्ठ २, २०७५

विवाहित महिलाको सौन्दर्य सम्बन्धि प्रतियोगीता ‘मिसेस हङ्कङ्’को शिर्ष उपाधि पविता पुमा राईले उचालेकी छिन् । हङकङ नेपाली महिला संघको आयोजना गरेको उक्त प्रतियोगीतामा १० प्रतिस्पर्धिलाई पछि पार्दै उनले शिर्ष उपाधि उचालेकी हुन् । पुरा पढ्नुहोस्

ट्यालेन्ट शोमा मिस नेवा : का प्रतिस्पर्धिहरु

साप्ताहिक संवाददाता , वैशाख ३०, २०७५

नेप्लीज फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा ‘मिस नेवा: ११३८’ का प्रतिस्पर्धि नेवार समुदायका युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । पुरा पढ्नुहोस्

दुई उपाधि

साप्ताहिक संवाददाता , वैशाख २४, २०७५

गत साता राजधानीमा सम्पन्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ तथा टिन ‘प्रिन्सेस् डिभा २०१८’को उपाधि नमन मित्तल र सुप्रिया महर्जनले उचालेका छन् । पुरा पढ्नुहोस्

नर्सिङ आइडल सुनिशा

साप्ताहिक संवाददाता , वैशाख १९, २०७५

नर्सिङ आइडलको यो वर्षको उपाधि सुनिशा बिष्टले उचालेकी छिन् । उनले आफ्ना १६ प्रतिस्पर्धिलाई पछि पार्दै प्रतियोगीताको शिर्ष उपाधि उचालेकी हुन् । पुरा पढ्नुहोस्

प्रकृति र प्राप्तीलाई किड्स क्यापिटलको उपाधि

साप्ताहिक संवाददाता , वैशाख १७, २०७५

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको बालबालिकाहरुको प्रतिभा तथा सौन्दर्य सम्बन्धि उक्त प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकाहरुको भाग लिएका थिए । अभिनेता एसराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा रिभा मानन्धरले पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन् । पुरा पढ्नुहोस्

आयुषा र भ्युसालोनी जुनियर ब्याटल

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

जुनियर ब्याटल २०१८ नामक स्कूलमा अध्ययनरत बालबालिका सम्बन्धीत प्रतियोगितात्मक कार्यक्रममा आयुषा थापाले उमेर समूहमा सिनियरतर्फ शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् भने जुनियर तर्फको शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् भ्युसालोनी सुब्बा । पुरा पढ्नुहोस्