अपराध

मार्नकै लागि दुबईबाट नेपाल

कुम्भराज राई, आश्विन २२, २०७५

सन्जितले सन्तोषमाथि यति धेरै छुरा प्रहार गरे कि उनी मरे–बाँचेको समेत सन्जितलाई होस भएन । त्यसपछि त्यहाँबाट भागेर उनी दुई दिनजति ककनीको जंगलमा बास बसे । तेस्रो दिन मोलुङ खोला झरेर त्यसको किनारैकिनारको बाटो हुँदै घुर्मी पुगे । घुर्मीबाट उनी कटारीतर्फ लागे । सन्जित कटारीबाट बस चढेर दाङ पुगे अनि फेसबुक स्टाटस पोस्ट गर्दै सन्तोषको हत्या गरेको कुरा लेखे । पुरा पढ्नुहोस्

सार्प सुटरबाट फिल्मी शैलीमा हत्या

अनिल श्रेष्ठ, आश्विन १६, २०७५

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा खुर्सिद हत्यामा तालिमप्राप्त सार्प सुटर प्रयोग भएको पत्ता लागेको छ । चार जना सुटर भारतीय नम्बर प्लेटको एउटा कालो पल्सर र अर्को सेतो अपाचे मोटसाइकलमा आएका थिए । उनीहरू खुर्सिदको हत्यालगत्तै भारतर्फ फरार भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन । पुरा पढ्नुहोस्

आफ्नै साझेदारबाट व्यवसायी मारिए

अर्जुन राजवंशी, आश्विन ११, २०७५

हुसेनले प्रहरीसँगको बयानमा पौडेलले सार्वजनिक स्थानमा आफ्नो बेइज्जत गरेकाले हत्या गरेको बताएका छन् । पैसा उठाउने क्रममा करिब ३ महिना अघि गौरादह बजारमा पौडेलले हुसेनलाई हप्काएका थिए । तिर्नुपर्ने भन्दा निकै कम रकम दिएपछि ‘यस्तो पाराले हुँदैन । यति पैंसाले तिम्रो ऋण तिरिँदैन’ भन्दै पौडेलले हुसेनलाई गाली गरेका थिए । पुरा पढ्नुहोस्

अमेरिकामा आठ गोली खाएर बाँचेकी रचना

शिव शर्मा, आश्विन ४, २०७५

एउटै गोलीले धेरैको ज्यान गएको सुनेकी थिएँ, रचना भन्दै थिइन्– आठवटा गोली खाएर पनि कसरी बाँचें, थाहा छैन । भाग्यले मलाई नयाँ जीवन दिएको छ । उपचारमा खटिने चिकित्सकको उपचारकै कारण सास धानिएकोमा उनले आफूलाई भाग्यमानी सम्झिएकी छिन् । घटनापछि सहयोग गर्ने स्वदेशी तथा विदेशी सबैलाई आफूले कहिल्यै बिर्सन नसक्ने रचनाले बताइन् । पुरा पढ्नुहोस्

मायाले मार्‍यो

अनिल श्रेष्ठ, भाद्र १२, २०७५

पूर्वी नेपालको मोरङमा एकजना प्रेमीले लामो समयदेखि प्रेममा रहेकी आफ्नी प्रेमिकामाथि छुरा रोपेका छन् । गत वैशाखमै २२ वर्षीया शिखा घिमिरेसँग ‘कोर्ट म्यारिज’ गरिसकेका ३० वर्षीय दिनेश भट्टराईले भदौ १ गते नाटकीय रूपमा आफ्नी प्रेमिकाको विभत्स हत्या गरेका हुन् । पुरा पढ्नुहोस्

मिटरब्याजको महाजाल

डीआर पन्त, श्रावण २७, २०७५

चटकपुर धनगढीकी देवीमायाले पनि यसरी नै सर्वस्व गुमाएपछि मृत्युको बाटो रोजिन् । यसरी मिटरब्याज तथा ढुकुटी कारोबारमा सर्वस्व गुमाएपछि आत्महत्या गर्ने महिलाहरूको संख्या निकै छ । पुरा पढ्नुहोस्

बनारसमा बन्धक बनाइएका केही नेपाली महिला अझै सम्पर्कविहीन

कमल पन्थी, श्रावण २१, २०७५

नेपाली महिलाले बनारसमा मानव बेचबिखनविरुद्ध मुद्दा दिएको यो पहिलो घटना भएको बनारस प्रहरीले बतायो । केही महिला बन्धक बनाइएको आशंकामा बनारस, नटकनियादाइस्थित भारतीय जनता पार्टीका पूर्व महासचिव एंव युवा मोर्चाका अध्यक्ष पप्पु भनिने जयसिंहको घरमा छापा मारिएको थियो । बन्धक बनाइएको घरबाट प्रहरीले दुई महिला तथा तीन पुरुष सहित पाँच भारतीयलाई पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा दायर गरेको छ । पुरा पढ्नुहोस्

चिट्ठाको चंगुल चिट्ठाको नाममा ठग्ने पक्राउ पर्छन्, ठगी रोकिँदैन, किन ?

शंकर आचार्य, असार २७, २०७५

प्रहरीले ठगिमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालेपछि उनीहरूबाट ठगिनेहरूको लामै फेहरिस्त तयार भएको छ । प्रहरी आफैंले मनी ट्रान्सफरहरूबाट रकम झिकेको प्रमाणका आधारमा पीडितहरूसँग सम्पर्क गर्न थालेको छ । ठगीमा संलग्नहरूलाई पक्राउ गर्न सहज होस् भनी प्रहरीले कतिपय पीडित आफ्ना परिवारका सदस्यलाई नबताइदिने सर्तमा आफूहरू ठगिएको पीडा व्यक्त गर्न थाल्छन् । पुरा पढ्नुहोस्

बलात्कारपछि पोल खुल्ने डरले हत्या

अनिल श्रेष्ठ, असार २५, २०७५

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । ‘घटनामा संलग्न पक्राउ परेपछि बलात्कारपछि महिलाको हत्या गरिएको पत्ता लाग्यो,’ एसपी केसीले भने । मिक्लाजुङ – ७ कै कमल बोहराको घरमा राखिएको चिन्ता (धामी) हेरेर राति घर फर्कने क्रममा महिलाको बलात्कारपछि हत्या गरिएको एसपी केसीले बताए । पुरा पढ्नुहोस्

फरार अभियुक्त सुटुक्क अदालतमा

अनिल श्रेष्ठ, जेष्ठ २७, २०७५

खत्रीले अदालतमा दिएको बयानमा आफूलाई विमानस्थलबाट सुन तस्करी हुने कुनै जानकारी नै नभएको बताएका छन् । करिब ५ घण्टा चलेको बयानमा खत्रीले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन् । उनले सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उल्लेख गरेका छन् । पुरा पढ्नुहोस्

सुन तस्करीमा राजनैतिक संलग्नताको आरोप

अनिल श्रेष्ठ, जेष्ठ २१, २०७५

३८ क्विन्टलले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनैतिक दलका ठूला नेताहरू पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने आफ्नो बयानमा बताएका छन् । पुरा पढ्नुहोस्