अन्तरवार्ता

हो, त्यो हाम्रो गल्ती थियो

साप्ताहिक संवाददाता , वैशाख १२, २०७५

फेसबुकको सुरुवातदेखि नै धेरै गल्ती भएका छन् । हामीले यस्ता गल्ती समयसँगै सच्याइरहेका छौं, तर अहिलेको समस्याजस्तै ठूला गलत समाचार, बाहिरी देशको प्रभाव, चुनावमा पर्ने प्रभावमाथि चाहिँ अझै केही ठूला कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि हामीले प्रशस्तै काम गर्नुपर्नेछ । आउने दिनमा प्रयोगकर्ताहरूले केही राम्रा चीज देख्न पाउनु हुनेछन् । पुरा पढ्नुहोस्

मसँग गीतको भकारी नै छ

कृष्ण भट्टराई, चैत्र २७, २०७४

त्यसपछि खोजी भयो उक्त गीतका स्रष्टाको । उनी थिए युवा संगीतकर्मी राजनराज शिवाकोटी । आफ्नै शब्द तथा संगीतको उक्त गीतमा शिकोवोटीलाई गायिका अञ्जु पन्तले साथ दिएकी थिइन् । उक्त गीतको सफलतासँगै संगीतकर्मी शिवाकोटीले पछाडि फर्किएर हेर्नु परेन । २०७३ साल जेठ २५ गते यूट्युबमा अपलोड भएको चलचित्र छक्का पञ्जाको पूर्व–पश्चिम रेलले राजनराजको उचाइ अझ बढायो । पुरा पढ्नुहोस्

पत्रकारिताको हिरो नै हुँ !

साप्ताहिक संवाददाता , चैत्र १८, २०७४

यो देशका नेताहरू एकपटक मात्र सोध्यो भने त प्रश्न नै नबुझेजस्तो गर्छन्, त्यसैले प्रश्न बुझाउन र जनताको जिज्ञासाको उत्तरका लागि म बारम्बार एउटै प्रश्न सोध्छु । त्यसैले म बढी हाबी भएजस्तो देखिन्छ । यसमा आलोचना गर्नुपर्ने कुरा के छ र ? जसको जति क्षमता हुन्छ, उसले उति बढी स्पेस लिने हो । पुरा पढ्नुहोस्

प्रचण्डसँग पारिवारिक रूपमा जोडिदिने विषयले पीडाबोध गर्छु

जनक तिमिल्सिना, भिषा काफ्लेचैत्र १०, २०७४

दाहालका एकमात्र पुत्र स्व. प्रकाश दाहालकी श्रीमती बिनाले चुनावी अभियानकै क्रममा पतिवियोगको बज्रपात बेहोर्नुपर्‍यो । अझै पनि बिनाको अनुहार सामान्य अवस्थामा फर्कन सकेको छैन । पति दिवंगत भएको तीन महिना बितिसके पनि बिना प्रकाशको प्रसंग आउँदा आकाशतिर फर्किएर रुन्छिन् । पुरा पढ्नुहोस्

के महिलाहरू मेसिन हुन् ?

मनोज पौडेल, चैत्र ७, २०७४

चलचित्रको छायांकनका क्रममा १६/१७ वर्षको उमेरमा गाउँतिर पुग्दा मलाई बालबालिकाहरूको पीडाले पोल्यो । काठमाडौं नजिक बालाजुमाथिको एउटा गाउँमा मैले १८ वर्षमै ३ वटा सन्तान जन्माइसकेकी किशोरीलाई देखें । उनी बिहान ४ बजे उठेदेखि राति ९ बजेसम्म कामै मात्र गरिरहन्छिन् भन्ने कुरा सुनेपछि मलाई असह्य भयो । के महिलाहरू मेसिन हुन् ? मैले उनको अनुहारमा पीडा र समस्या मात्र थोपरिएको देखे । पुरा पढ्नुहोस्

बीपी महामूर्ख अनि मनमोहन, कृष्णप्रसाद र गणेशमान पटमूर्ख हुन्

जनक तिमिल्सिना, भिषा काफ्लेफाल्गुन २९, २०७४

राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर–२ बाट राष्ट्रियसभा सदस्य निर्वाचित वृषेशचन्द्रलाल नेपाली कांग्रेसको राजनैतिक पृष्ठभूमिबाट आएका हुन् । मैथिली भाषा–साहित्यमा पनि योगदान पुर्‍याइरहेका लाल होलीका अवसरमा मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रदान गर्ने महामूर्खको उपाधिबाट विभूषित भए । लालसँग महामूर्ख उपाधिको सुरुवात, यसको महत्त्व आदि विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना र भिषा काफ्लेले गरेको कुराकानी : पुरा पढ्नुहोस्

मलाई सम्झेर अमेरिकामा रातभरि बर्बराउँछन्

जनक तिमिल्सिना, भिषा काफ्लेफाल्गुन २२, २०७४

काठमाडौंमा मैले देखिरहेको छु, गाई पाल्ने दूध आफू खाने, गाईवस्तु सडकमा छाड्ने । यो काम सरकारको हो भनेर सडकमा फोहोर फ्याँक्नेहरूलाई त डन्डा लगाएर भए पनि ठीक गर्नुपर्छ । किनभने, त्यो फोहोरी काम हो, फोहोर गर्नेहरू फोहोरी हुन् । केहीले ४०/५० हजारको कुकुर पाल्छन्, त्यसको घाँटीमा लगाइएको डोरी नै १० हजारको हुन्छ । उनीहरू सानले कुकुर डोर्‍याउँदै हिँड्छन् र सडकमा फोहोर गराउँछन् । पुरा पढ्नुहोस्

काठमाडौंसम्म दौडेरै आउने इच्छा छ

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७४

शारीरिक व्यायामलाई जीवनशैलीकै एक हिस्सा बनाउनु स्वस्थ हुनु हो भन्ने चेतना सबै पुरुषमा नआइरहेका बेला महिलाहरूमा त्यस्तो चेतना झनै कम छ । त्यसैलाई चुनौती दिँदै स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु तथा महिलालाई चुलोचौकाबाट बाहिर निकालेर सामूहिक दौडमा सहभागी गराउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो । पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा भेडाहरूको भीड छ

कृष्ण भट्टराई, माघ २२, २०७४

सबैभन्दा पहिले धोका भनेको के हो भन्ने डिफाइन हुनु जरुरी छ । कसैले सोचे जस्तो नहुनु, त्यो सोच्ने मानिसका लागि धोका हो भन्ने बुझाइ नै गलत हो । जहाँ मैले मेरा सपना समाहित गरिसकेकी छु, त्यहाँ धोका भन्ने कुरै हुँदैन । त्यो त आफ्नै सपनाको हत्या गर्नु सरह हो । पुरा पढ्नुहोस्

अब चलचित्रमा गाउँदिन

कृष्ण भट्टराई, माघ १६, २०७४

केही वर्षको अवधिमा झन्डै ५० भन्दा बढी चलचित्र गीत गाएपछि मलाई उक्त क्षेत्रप्रति विरक्त लागेर आयो । उपस्थिति जनाउनमात्र चलचित्रको गीत गाइरहनुपर्छ जस्तो लागेन । संगीतकारहरूसँग पातलो भेटघाटका कारण पनि म चलचित्रमा कम सुनिन थालें । पुरा पढ्नुहोस्

नेपालमा पुरुषहरू पनि बलात्कृत हुन्छन्

जनक तिमिल्सिना, भिषा काफ्लेमाघ ९, २०७४

नेपालको कानुनले नै पुरुषहरू बलात्कृत हुन्छन् भनेर मानेकै छैन अनि कहिल्यै यस्तो हुन्छ भनेर सोच्न सकिन्छ ? हामी दिदी–बहिनीहरूलाई भन्छौं, यस्तो लुगा नलगाऊ, राति ढिलासम्म नबस, कसैले छोरालाई भन्छ र ? भन्दै भन्दैन, सोच्दै सोच्दैन, हाम्रो सोचाइ नै त्यहाँ पुगेको छैन । पुरा पढ्नुहोस्