विशेष

मानव जीवनमा पानीको महत्व र उपयोगिता

चैत्र ८, २०७५

संसारमा कुल जल भण्डारमा ९७ दशमलव ५ प्रतिशत समुद्रको नुनिलो पानी छ । यो पानी पिउन, सिँचाइ तथा जलविद्युत् कुनैमा पनि प्रयोग गर्न सकिँदैन भने बाँकी २ दशमलव ५ प्रतिशत मात्र सबैखाले प्रयोजनका ल्याउन सकिन्छ । अझ यसमा पनि १ दशमलव ७२ प्रतिशत पानी हिमालहरू तथा पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा हिउँका रूपमा रहेको छ पुरा पढ्नुहोस्

ब्राण्ड नेम राते काइँला

रामजी ज्ञवाली, फाल्गुन १३, २०७५

सन् १९७५ मा प्रदर्शन भएको बलिउड चलचित्र सोले अहिले पनि धेरैको मानसपटमा ताजा छ । यो चलचित्रको व्यापारले चलचित्रका निर्माता मख्ख भए । दर्शकमाँझपनि राम्रो छाप छोड्यो । अमजद खान चलचित्रमा मुख्य भूमिकामा थिए – गब्बर सिंहको क्यारेक्टरमा । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको लयलाई एकाएक परिवर्तन गरिदिएको भारतीय चलचित्र पण्डितहरुको बुझाइ छ । उक्त चलचित्रपछि पनि अमजदले धेरै चलचित्रमा काम गरे, फरक–फरक भुमिकामा तर उनले गरेका सबै क्यारेक्टर गब्बर सिंहको सामु ओझेलमा परे । वास्तबमा अमजदले आफुलाई अनेक भुमिकामा बलिउडमा स्थापित गराउन खोजेका थिए तर जतिसुकै भुमिकामा स्थापित हुन खोजेपनि गब्बर सिंह ब्राण्ड नेम बन्यो । पुरा पढ्नुहोस्

चर्चित अविवाहित महिलाहरु

कृष्ण भट्टराई, फाल्गुन ८, २०७५

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ । पुरा पढ्नुहोस्

चर्चित अविवाहित पुरुषहरु

कृष्ण भट्टराई, फाल्गुन ७, २०७५

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो । विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । पुरा पढ्नुहोस्

हिउँको सर्वाधिक ग्ल्यामरस खेल

साप्ताहिक संवाददाता , माघ २५, २०७५

विश्वमा हिउँसँग सम्बन्धित खेलको अवधारणा आएको एक शताब्दी भैसकेको छ । सन् १९२४ मै हिउँदे ओलम्पिकको पहिलो प्रतियोगिता फ्रान्सको चोमोनिक्समा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता भएको ७८ वर्षपछि नेपाल पहिलो पटक सन् २००२ मा अमेरिकाको साल्टलेक सिटीले आयोजना गरेको १९ औं हिउँदे ओलम्पिकमा सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालका तर्फबाट जयराम खड्काले क्रसकन्ट्री रेसमा सहभागिता जनाएका थिए । पुरा पढ्नुहोस्

स्वास्थ्यका लागि सेकुवा हानिकारक

साप्ताहिक संवाददाता , माघ ११, २०७५

नेपालका हरेकजसो सहरमा कोइलामा पोलेको मासु (सेकुवा) बेचिएको पाइन्छ । होटलहरूको बाहिर नै खुला ठाउँमा मगमग बासना आउने गरी पोलिएका यस्ता सेकुवा खान मासु पारखीहरूको भीड लागेको देखिन्छ । यद्यपि यसरी तयार पारिएको मासुको सेवनले धेरै किसिमका सरुवा रोगदेखि प्राणघातक क्यान्सरसम्म लाग्ने सम्भावना भएको चिकित्सकहरू दाबी गर्छन् ।  पुरा पढ्नुहोस्

सेकुवा कथा

साप्ताहिक संवाददाता , माघ ९, २०७५

आजभोलि नेपालमा लोकप्रिय खाजाका रूपमा परिचित सेकुवासँग मिल्दोजुल्दो अनेक थरीका परिकार पाइन्छन् । कुरा, सेकुवा नेपालमा कसरी भित्रियो भन्ने हो । एकथरी मानिसका अनुसार भारत–पाकिस्तान विभाजन (सन् १९४७) तथा बंगलादेशको स्वतन्त्रता संग्राम (सन् १९७१) का बेला नेपाल पसेका बंगाली शरणार्थीहरूले सेकुवालाई नेपाल भित्र्याएका हुन् । पुरा पढ्नुहोस्

थरी–थरीका सेकुवा

साप्ताहिक संवाददाता , माघ ८, २०७५

सेकुवा नेपालको मौलिक खानेकुरा होइन । यो परिकार मूलत: मुस्लिम मुलुकबाट आयातित मानिन्छ । यद्यपि नेपालमा सेकुवाले पाएको लोकप्रियता हेर्ने हो भने यो नेपालको मौलिक परिकार जत्तिकै छ । सेकुवा मूलत: मासुलाई विभिन्न मसलामा मोलेर झिरमा उनी गोलको रापमा पोलेर तयार पारिन्छ । पुरा पढ्नुहोस्

सेकुवा सेन्सेसन

साप्ताहिक संवाददाता , माघ ६, २०७५

सेकुवा नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये एक हो । त्यसैले त अहिले राजधानीका अधिकांश सेकुवा कर्नरहरू सफलताको कथा भनिरहेका छन् ।  पुरा पढ्नुहोस्

कलाकारको न्यू इयर

रामजी ज्ञवाली, पुस १७, २०७५

अभिनेता प्रदीप खड्का अहिले अस्ट्रेलिया घुमघाममा व्यस्त छन् । केही साताअघि अस्टे«लिया पुगेका खड्काले उतै न्यू इयर मनाउने छन् । चलचित्र लभ स्टेसनको सुटिङ सकेर त्यता लागेका खड्का नेपाल फर्किएसँगै चलचित्र लभस्टेसनको रेकर्डिङ र दुईवटा गीतको छायांकनमा व्यस्त हुनेछन् । पुरा पढ्नुहोस्

यो वर्ष बन्द भएका सेवा

साप्ताहिक संवाददाता , पुस १४, २०७५

फेसबुकले आफ्नो भर्चुअल असिस्टेन्ट एम बन्द गर्ने घोषणा गरेको छ । ठूलो प्रयासपश्चात् पनि यसका प्रयोगकर्ता २ हजार मात्र थिए, त्यो पनि अमेरिकी मात्र । कुनै इभेन्टको सूची तयार पार्न यसको प्रयोग गरिन्थ्यो । त्यसैगरी पेमेन्टका लागि पनि यसको प्रयोग गर्न सकिन्थ्यो । पुरा पढ्नुहोस्