प्रतिक्रिया

जुवाघरका बारेमा बुझ्ने मौका मिल्यो

साप्ताहिक संवाददाता , मंसिर १, २०७५

जुवाघर कसरी मौलाउँदै गएको छ भन्ने कुरा यो आलेखले बुझ्न सघायो (फ्रन्टपेज : घुम्ती जुवाघर करोडौंको खाल) । नेपालमा जुवाको ट्रेन्ड र जुवाडेहरूको गतिविधिका सम्बन्धमा धेरै कुरा थाहा भयो । जुवाघरको सञ्चालनमा कमी ल्याउन प्रहरी–प्रशासन त्यति सक्रिय नभएजस्तो लाग्यो । पुरा पढ्नुहोस्

डेलिभरीजस्तो संवेदनशील कुरालाई थप जोखिमपूर्ण बनाएको छ

साप्ताहिक संवाददाता , कार्तिक १७, २०७५

ज्योति मगरलाई धेरैले छाडा भनेर गाली गर्छन्, तर म त्यसरी गाली गर्ने पक्षमा छैन् (कोमल वली–२ पनि हुन सक्छु) । उनी जे बोल्छिन् र जे गर्छिन् स्पष्ट रूपमा गर्छिन् । त्यसैले उनी कपटी छैनन् । ज्योतिको यही स्वभावका कारण म उनको प्रशंसक भएको हुँ । साप्ताहिकको प्रश्न र ज्योतिको जवाफ रमाइलो लाग्यो । पुरा पढ्नुहोस्

साप्ताहिकले मदिरालाई नै किन प्राथमिकता दिएको हो

साप्ताहिक संवाददाता , कार्तिक ९, २०७५

बिदा कटाउनु देश विकासका लागि राम्रो हो, तर निजी तथा सरकारी कार्यालयले पनि आफ्ना कर्मचारीलाई असर नपर्ने गरी मासिक तथा वार्षिक बिदा दिनुपर्छ । यति गरे कामबाट फ्रेस पनि भइन्छ । (सरकारले दसैं बिदा छोट्याएको तपाईंलाई कस्तो लाग्यो ?) पुरा पढ्नुहोस्

आमयुवाले यसबाट केही सिक्नुपर्छ

साप्ताहिक संवाददाता , आश्विन २६, २०७५

सिंगो देशले प्रश्न उठाएको छ, तैपनि हत्यारा पत्ता लाग्दैन (यात्रा सन्दर्भ : यस्तै हो भने पूरै देश तात्नेछ) । बोल्न नसक्ने, आवाज उठाउन नसक्नेहरूको अवस्था कस्तो होला ? कानुन कमजोर र निर्धाहरूका लागि मात्र हो कि ? दोषीलाई किन कानुनको दायरामा ल्याइँदैन ? पुरा पढ्नुहोस्

मदनकृष्ण श्रेष्ठको अन्तरवार्ताले भावुक बनायो

साप्ताहिक संवाददाता , आश्विन २०, २०७५

फरक क्षेत्रमा स्थापित युवाहरूका सम्बन्धमा विशेष सामग्री पढेर खुसी लाग्यो (फ्रन्टपेज : सेलिब्रेटी अन्डर ३०) आ–आफ्नो क्षेत्रमा क्रियाशील यी युवाहरू धेरैका लागि प्रेरणाको स्रोत हुन् । साप्ताहिकमा अन्य क्षेत्रका प्रतिभाशाली युवाहरूलाई समेत यस्तै विशेष स्थान दिइयोस् । पुरा पढ्नुहोस्

रेडलाइट एरियाको इतिहास, समाजको यथार्थ

साप्ताहिक संवाददाता , आश्विन १४, २०७५

लामो समयदेखि नेपालमा रेडलाइट एरिया तोक्ने कि नतोक्ने भन्ने बहस चलिरहेको छ (फ्रन्टपेज : मुख्यमन्त्रीले छेडेको बहस) । कतिपयले लुकिछिपी यस्तो धन्दा चलाइरहेका छन् । कतिलाई जीवन गुजारा गर्न पनि आफ्नो शरीर बेच्नुपर्ने बाध्यता छ । उच्च स्तरबाटै यो समस्याको टुंगो लगाउनुपर्छ । पुरा पढ्नुहोस्

सम्बन्ध सुध्रिएको खबरले खुसी बनायो

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

सम्बन्ध सुध्रिएको खबरले खुसी बनायो (फ्रन्टपेज : सम्बन्ध सुधार्दै पारस–हिमानी) । कसैको पनि घर बिग्रनु हुँदैन । त्यसले समाजमा राम्रो सन्देश जाँदैन । लामो समयदेखि पारस–हिमानीको सम्बन्धमा आएको चिसोपन सुध्रिएको छ । अब फेरि नब्रियोस्, नभत्कियोस् । पुरा पढ्नुहोस्

परदेशमा प्राय नेपालीको अवस्था दु:खद

साप्ताहिक संवाददाता , भाद्र ३१, २०७५

अस्टेलियामा मात्र होइन, अन्य देशमा पनि नेपालीहरू यस्तो खालको समस्यासँग जुधिरहेका छन् (फ्रन्टपेज : डिप्रेसनले डुबाउँदैछ अस्टेलियामा नेपालीलाई) । ठूलो महत्वाकांक्षा अनि पूरा नहुने सपनाले मानिसलाई मानसिक रोगी बनाउँछ । अभिभावकहरूले आफ्ना सन्तानलाई राम्रो काउन्सिलङ गर्न जरुरी छ । पुरा पढ्नुहोस्

मृत्युदण्डले मात्रै बलात्कारका घटना कम हुन्छन्

साप्ताहिक संवाददाता , भाद्र २२, २०७५

बलात्कारका घटनाहरू क्रमिक रूपमा बढिरहेका छन् (फ्रन्टपेज : गिद्धे नजर) । यस्ता घटनामा कमी ल्याउन घर, परिवार तथा स्कुलस्तरबाटै शिक्षा दिनु जरुरी छ । मृत्युदण्ड मात्र समस्याको समाधान होइन र हुन पनि सक्दैन । पुरा पढ्नुहोस्

ओलीका उखान टुक्काहरूको कलेक्सन रमाइलो

साप्ताहिक संवाददाता , भाद्र १६, २०७५

कयौ नेपाली युवा छडके हान्न नसकेर हिंसात्मक आन्दोलनको सिकार भएँ (हिंसात्मक आन्दोलनलाई छडके हानेर) । पवित्रा खड्काले छडके हान्दै काठमाडौं आएर राम्रो गरिन् । किशोर नेपालले सरल भाषा र सुन्दर तरिकाले द्वन्द्व कालको पुनर्ताजगी गराइदिनुभयो । पुरा पढ्नुहोस्

युट्युबले समाज रूपान्तरणका लागि भूमिका खेलोस्

साप्ताहिक संवाददाता , भाद्र ९, २०७५

कर मात्र लिने, नागरिकप्रतिको कर्तव्य निर्वाह नगर्ने हो भने त्यसको के अर्थ ? (कर तिर्ने रहर) मनोज गजुरेलको जनताले कर लगाइदिने कुरा मलाई मन पर्‍यो । गजुरेल रमाइलो तरिकाले गम्भीर विषय पनि उठान गर्नुहुन्छ । मलाई उहाँको यही शैली मन पर्छ । पुरा पढ्नुहोस्