साहित्य

नयाँ पात्रको इन्ट्री

नवीन प्यासी, भाद्र २३, २०७५

तिमीले दिएको औँठी ठूलो भयो, तैपनि लगाएँ । कसरी किन्यौ, कहाँबाट पैसा जम्मा गर्यौ सोच्दा पनि भावुक हुन्छु, तर मैले त औँठी मात्र ल्याएको रहेछु फगत औँठी । तिमीलाई ल्याउन छुटाएँछु वा तिमी जानीजानी छुट्यौ । बस् तिमी छुट्यौ । पुरा पढ्नुहोस्

भावनाको खेती माथि परिचर्चा

साप्ताहिक संवाददाता , भाद्र १९, २०७५

गीतकार सुमन श्रापितको गीतसंग्रह ‘भावनाको खेती’ माथी पोखरामा परिचर्चा गरिएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले गत साता पोखरामा एक कार्यक्रमको आयोजना गरी भावनाको खेती माथि परिचर्चा गरेको हो । पुरा पढ्नुहोस्

जहाँ जन्नत देखाइदिने आश्वासन थियो

आशिष दुलाल, भाद्र १८, २०७५

चुरोटको धूवाँ उडाइरहेकी एउटी किशोरी नङ टोक्दै हामीलाई हेर्दै थिई, त्यही बेला छेवैमा घुँडामा मुन्टो पुर्‍याएर बसेकी अधबैसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधेपछि थाहा भयो त्यहाँ नेपाली महिलाहरू कोठी मालिक्नीको दर्जासम्म पनि पुगिसकेका रहेछन् । पुरा पढ्नुहोस्

२०७५ पछि आएका नयाँ पुस्तकहरू

नरेन्द्र रौले, भाद्र ७, २०७५

बुक हिलले ०७५ वैशाखयता विभिन्न विधाका ४ वटा पुस्तक बजारमा ल्यायो । भूपेन्द्र खड्काका अनुसार बुक हिलले यो वर्षभरि २५ वटा पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । त्यस्तै फाइन प्रिन्टले वैशाख यता जम्मा एउटा पुस्तक बजारमा ल्याएको छ । पुरा पढ्नुहोस्

साहित्यकारहरूको सवारी

नरेन्द्र रौले, श्रावण ३१, २०७५

सँगै बसेको मानिसले खाजा खाएको, पानी पिएको देख्दा र उनीसँग कुराकानी गर्दा उपन्यासको पात्र फेलापरे जस्तो लाग्छ । गाउँतिर छोटो यात्रामा पनि मानिसहरू एक–अर्काप्रति हार्दिकता देखाउँछन्, काठमाडौंमा भने बोल्दैनन् । न्यौपानेको बुझाइमा सहरका मानिसहरूको आँखामा कुनै सपना देखेजस्तो, एकोहोरो भाव देखिन्छ । पुरा पढ्नुहोस्

पोखरामा फाइनप्रिन्ट फिभर

साप्ताहिक संवाददाता , श्रावण २९, २०७५

यस उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तक ‘महको म’ का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’ का लेखक हरिबहादुर थापा, ‘माङगेना’ का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’ का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् । पुरा पढ्नुहोस्

यसरी सारियो पूर्व युवराज दीपेन्द्रको दिल

साप्ताहिक संवाददाता , श्रावण २२, २०७५

ताराको घर राणाको घरनजिकै थियो । राणाकी छोरी दिवानी ताराको काखैमा हुर्किएकी थिइन् र उनी दिवानीलाई छोरी नै भन्थे । प्रियाभन्दा धेरै सुन्दरी देखिने दिवानीसँग कुनै तरिकाले दीपेन्द्रको बनिबनाउ निकटता बढाइदिन सके परिस्थितिले कोल्टे फेथ्र्याे कि भन्ने आशा तारामा पलाएको थियो । त्यसो त स्वयम् राणासँग पनि उनले दिवानीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउनुपर्‍यो भन्ने गर्थे । पुरा पढ्नुहोस्

रोल्पामा ३ दिने साहित्य महोत्सव सम्पन्न

साप्ताहिक संवाददाता , जेष्ठ २३, २०७५

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले साहित्यले देशको भविश्य देखाउँन सक्छ देखाउने बताउँदै साहित्यकारले देखाएको बाटोमा हिँड्न सकिने समेत उल्लेख गरे । राजनीतिज्ञभन्दा एक कदम अगाडि बढेर साहित्यकारले सोच्ने भएकाले साहित्य देशको विकास र समृद्धिका लागि माध्यम हुने उनको भनाइ थियो । पुरा पढ्नुहोस्

मजदुरका कविता

साप्ताहिक संवाददाता , वैशाख १९, २०७५

मंगलबार दिनभर जसो राजधानीका सडकहरुमा विभिन्न प्लेकार्ड सहित मजदुरका पक्षमा जुलुस चलिरह्यो । विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयका कर्मचारीहरु सडक नै जाम हुने गरी जुलुसमा सरिक हुँदै गर्दा राजधानीकै एक कुनामा कवि हेमन्त विवश भने मजदुरका कविता सुनाइरहेका थिए । पुरा पढ्नुहोस्

वान्समोरमय महफिल

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

गजल पारखिको बाक्लो उपस्थिती रहेको महफिलमा दुबै गजलकारका अधिकांश गजलमा ‘वान्समोर’ सुनिएको थियो । गजललाई व्यवसायिक बनाउन टिकटमा गजलको कार्यक्रम महफिलको आयोजना गर्दै आएको कार्यक्रम संयोजक बाबु त्रिपाठीले बताए । पुरा पढ्नुहोस्

साहित्यमा वर्ष २०७४ लाई फर्केर हेर्दा

साप्ताहिक संवाददाता , वैशाख ९, २०७५

लेखक अमर न्यौपानेका अनुसार साहित्य क्षेत्रका लागी वर्ष २०७४ सुखद एवं सकारात्मक रह्यो । यो वर्ष २५ देखि ७५ वर्षसम्मका सर्जकका बिभिन्न कृति बजारमा आए । त्यसमा समालोचक कृष्ण गौतमको रानीवनदेखि विवेक ओझाको ऐलानी, निलम कार्कीको योगमाया, अर्चना थापाको कठपुतलाजस्ता पुस्तक प्रमुख थिए । पुरा पढ्नुहोस्