प्रसंग

तपाईंले अविस्मरणीय फुटबल कहिले र कहाँ खेल्नुभएको थियो ?

साप्ताहिक संवाददाता , असार १९, २०७५

रसियामा जारी विश्वकप फुटबल–२०१८ रोमाञ्चक मोडमा पुगेको छ । ३२ राष्ट्र सहभागी विश्वकपको उत्कृष्ट १६ मा पर्न सफल देशहरूको छनोट भैरहेको छ । खेल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेपछि विश्वकपको रोमाञ्चकता अझ बढ्ने निश्चित छ । पुरा पढ्नुहोस्

लुट–२ टर्निङ प्वाइन्ट

साप्ताहिक संवाददाता , असार ३, २०७५

म हरेक ठाउँमा नृत्य गर्थे । यही क्रममा मैले करिब ४ वर्ष अघि नितिन चन्दको एउटा म्युजिक भिडियोमा अभिनय गरेँ । उक्त भिडियो खासै चर्चामा आएन । त्यसका साथ–साथै म नितिनकै कम्पनीको डेट इन यूएन पार्क शीर्षकको लघुचलचित्रमा अभिनय गर्न थालेँ । उक्त लघुचलचित्र सबैले मन पराएपछि युट्युबको ट्रेन्डिङमा पर्न थाल्यो र म त्यहीँबाट चर्चामा आएँ । पुरा पढ्नुहोस्

अभिनेता बन्न चाहने नेताहरू

रामजी ज्ञवाली, वैशाख २२, २०७५

१ पुस ०१७ मा राजा महन्द्रले ‘कु’ गरेपछि कोइरालाको सपनामाथि बज्रपात भयो र हिरो बन्न तम्तयार यी नेता राजनीतिमा होमिए । उनलाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिनापछि मात्र ‘कु’ गरेका भए सुशील अमेरिका पुगिसकेका हुन्थे र, सम्भवत: हलिउडमा जमिरहेका हुन्थे । पुरा पढ्नुहोस्

वन्डरफूल अप्रिल फूल

कृष्ण भट्टराई, चैत्र १९, २०७४

अभिनेता तथा निर्देशक दीपकराज गिरीसँग अप्रिल फूलसम्बन्धी थुप्रै अनुभव छन् । ‘मलाई धेरैले धेरै पटक अप्रिल फूल बनाए,’ दीपकराज भन्छन्— धेरैजसो अप्रिल फूलमा दुर्घटना भयो भन्ने समाचार सुनाएर अस्पतालसम्म दौडाएका छन् । अस्पताल पुगेर बिरामी खोज्दा नभेटेपछि आफू अप्रिल फूल बनेको उदाहरण पनि छन् ।’ पुरा पढ्नुहोस्

मिस नेपाल–२०१७ : विजेताहरूको फरक अनुभव

कृष्ण भट्टराई, चैत्र १२, २०७४

‘जसरी जीवनमा थुप्रै उतार–चढाव आउँछन्, उपाधिपछि मैले पनि त्यस्तै अनुभव गरें । मिस नेपालको उपाधि मेरा लागि उपलब्धि थियो भने मिस वल्र्डमा कुनै उपाधि जित्न नसक्नु मेरो असफलता थियो । मिस नेपाल बन्नेबित्तिकै कतिपय मानिसले गरेको आलोचनाले मलाई केही कमजोरसमेत बनाएको थियो । पुरा पढ्नुहोस्

दुई महिनामा १३ चलचित्र

साप्ताहिक संवाददाता , माघ २४, २०७४

यो अवधिमा कुनै साता दुई–तीनवटा चलचित्रसमेत प्रदर्शन भए भने कुनै साता एउटा पनि चलचित्र प्रदर्शन भएनन् । समग्रमा यो वर्षको अघिल्लो १० महिनामा प्रदर्शन भएका अधिकांश चलचित्र औषत भन्दा तलै रहे । अब यो वर्ष पूरा हुन दुई महिना मात्र बाँकी छ । यी दुई महिनामा झन्डै १२ वटा चलचित्र प्रदर्शन हुँदैछन् । पुरा पढ्नुहोस्

टेलिभिजनमा फर्कंदैछन् पुराना कार्यक्रम

कृष्ण भट्टराई, भाद्र २४, २०७४

दीपकराज गिरी, जितु नेपाल, नारायण त्रिपाठी, दमन रुपाखेतीसहित अहिलेका लोकप्रिय हास्य अभिनेताहरूलाई कुनै बेला नेपाल टेलिभिजनमार्फत दर्शकमाझ पुर्‍याउने श्रेय हास्य कार्यक्रम ट्वाक्क टुक्कलाई जान्छ । सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीद्वारा निर्देशित उक्त कार्यक्रमबाटै थुप्रै कलाकार जन्मिए, हुर्किए र लोकप्रिय भए । पुरा पढ्नुहोस्

इन्स्टा लभर्स अभिनेत्री

साप्ताहिक संवाददाता , भाद्र १६, २०७४

‘खासमा मलाई फेसबुक र इन्स्टाग्रामबाट टाढा भाग्न मन छ, तर सक्दिनँ,’ –केही समयअघि अनौपचारिक गफका क्रममा अभिनेत्री केकी अधिकारी भन्दै थिइन् । फुर्सद भयो कि मोबाइलमा इन्स्टा स्टोरी अपलोड गरिहाल्ने उनको बानी छ । त्यही बानी अर्की अभिनेत्री प्रियंका कार्कीमा पनि छ । पुरा पढ्नुहोस्

अभिनेत्रीहरूको तीज

सुव्रत आचार्य, भाद्र ७, २०७४

छक्कापन्जापछि सबैको प्रिय भएकी अभिनेत्री वर्षा राउतलाई तीज धेरै नै मन पर्ने पर्व हो । वर्षा तीजमा दिनभर पानी नपिई व्रत बस्छिन् । चार वर्ष मात्र भयो, वर्षाले तीजको व्रत लिन थालेको । वर्षा भन्छिन्– ‘हरेक व्रतको आ–आफ्नै गरिमा तथा नियम हुन्छन् । पुरा पढ्नुहोस्

कलाकारहरू कहाँ, के गर्दैछन्?

सुव्रत आचार्य, भाद्र १, २०७४

वि.सं.२०५० को दशकमा राजेश हमालको माग यति धेरै थियो कि उनी एकै दिन तीन सिफ्टमा काम गर्थे । बिहान एउटा चलचित्रको छायांकनमा भेटिने राजेश हमाल साँझ अर्को चलचित्रको सेटमा हुन्थे भने राति फेरि अर्को चलचित्रको सेटमा । उनी यति व्यस्त रहन्थे कि सम्भवत: त्यसैले आफ्ना लागि जोडी खोज्नेसम्म फुर्सद पाएनन् । पुरा पढ्नुहोस्

घटेको हो त हास्य क्रेज ?

साप्ताहिक संवाददाता , श्रावण २४, २०७४

नेपाली टेलिभिजनमा पनि अचेल हास्य टेलिश्रृंखलाहरूको क्रेज घट्दो छ । सन्तोष पन्तले नेपाल टेलिभिजनबाट आजभोलिका कुरा र हिजोआजका कुराबाट बसालेको हास्य टेलिश्रृंखलाको जगमाथि घर बनाउने काम उनका चेला दिनेश डिसीले ट्वाक्क टुक्कबाट गरे । ट्वाक्क टुक्कबाटै करियर आरम्भ गरेर दीपकराज गिरी, जितु नेपाल, दमन रुपाखेती आदिले त्यो घरलाई महल बनाए । पुरा पढ्नुहोस्