बहस

कस्ता चलचित्र मन पराउँछन् युवा ?

लक्ष्मी भण्डारी थापा, वैशाख १९, २०७५

दयाहाङ राई, निश्चल बस्नेत अनि सुनिल रावलहरूले अभिनय तथा निर्माण गरेका नेपाली चलचित्रले पनि युवाका लागि उपयुक्त खुराक दिएका छन् । यस्ता चलचित्र जति धेरै बन्छन् त्यति नै नेपाली चलचित्रको क्रेज पनि बढ्दै जान्छ । पुरा पढ्नुहोस्

के प्रेममा यौन अपरिहार्य छ ?

नरेन्द्र रौले, चैत्र ७, २०७४

प्रेममा सेक्स आवश्यक छ । सम्बन्धमा जति माया आवश्यक हुन्छ, त्यति नै यौन पनि आवश्यक हुन्छ । मलाई लाग्छ, यो माया देखाउने, दर्साउने माध्यम पनि हो । हामी जसलाई माया गर्छाैं, जोसँग जीवन बिताउने योजनामा हुन्छौं, उसप्रति माया पनि दर्शाउनुपर्छ । त्यसमा यौनसम्बन्ध राख्दा फरक पर्दैन । पुरा पढ्नुहोस्

बदलिएका युवा रंगहरू

अविरल थापा, फाल्गुन १५, २०७४

समाज त्यति खुला पनि थिएन । केटाहरूले केटीहरूलाई लोला हानेर नि:कृष्ट प्रकारले मनोरञ्जन गर्थे वा आफ्नो यौनकुण्ठा मेट्न युवतीका संवेदनशील अंगहरूमा ताकीताकी लोला प्रहार गर्थे । केटा र केटीको भेट हुने र अन्तक्र्रिया हुने वा सम्पर्क स्थापित गर्ने माध्यमहरू पनि त्यति थिएनन् । पुरा पढ्नुहोस्

होली विभेदविरुद्धको पर्व हो

साप्ताहिक संवाददाता , फाल्गुन १४, २०७४

विगतका वर्षहरूमा महिलाहरूविरुद्ध यौन दुव्र्यवहार, बालबालिकाहरूसँग दुव्र्यवहार गर्ने जस्ता कार्यहरू पनि भएको पाइन्छ । त्यस्ता घटना नहुन भनेर हामी विशेष सतर्क छौं । यदि कहीं त्यस्ता घटना भएको पाइए तत्काल पक्राउ गरी मुद्दा दायर गरिनेछ । समग्रमा भन्ने हो भने कुनै मानिसको इच्छाविपरीत कसैले अधिकार हनन गर्ने मनसाय राख्छ भने प्रहरी त्यसका विरुद्धमा तत्कालै लाग्छ । पुरा पढ्नुहोस्

कर्पोरेट होलीले सभ्य हुन सिकाएको छ

प्रभात रिमाल, इभेन्ट म्यानेजरफाल्गुन १२, २०७४

कतिपयले कर्पोरेट होलीले संस्कृतिलाई विकृत बनाउँदै लग्यो पनि भन्छन्– तर मेरो विचारमा यसले विकृति होइन संस्कृतिको संरक्षण गर्दै सभ्यता भित्र्याउँदैछ । यसले जथाभावी रूपमा खेलिने होलीलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवस्थित होली मनाउने नयाँ संस्कारको सुरुवात गरेको छ । कुनै पनि कर्पोरेट हाउसले आयोजना गर्ने होली उत्सवमा एउटा निश्चित मापदण्ड हुन्छ । पुरा पढ्नुहोस्

युवाहरूमा सामाजिक सञ्जाल मोह

लक्ष्मी भण्डारी थापा, मंसिर १९, २०७४

परीक्षाका बेलाबाहेक आम समयमा मेरा अभिभावकले सामाजिक सञ्जाललगायत शिक्षा, समाचार तथा मनोरञ्जक च्यानलसँग जोडिने कुरामा रोक लगाउनुभएको छैन । यसका नकारात्मक पक्षमा भने शिक्षक तथा अभिभावकहरूले गाइडेन्स गर्नुपर्छ र हामी युवाले पनि उहाँहरूको मार्गनिर्देशनलाई बुझेर अघि बढ्नुपर्छ । पुरा पढ्नुहोस्

तीजका सम्बन्धमा युवा महिला

लक्ष्मी भण्डारी थापा, भाद्र ६, २०७४

समयसँगै पहिरन र खानपान मात्र होइन, रीतिरिवाज, चाडपर्व, संस्कार एवं संस्कृतिमा समेत परिमार्जन हुँदै जानुपर्छ भन्ने अवधारणाअनुरूप अहिलेको पुस्ता चाडपर्वमा पनि परिवर्तन चाहन्छ । संस्कृतिलाई निरन्तरता दिनुपर्छ तर जस्ताको तस्तै होइन, लचिलो हुँदै त्यसलाई परिष्कृत गर्दै लानुपर्छ भन्ने धारणा पछिल्लो पुस्तामा व्यापक देखिन्छ । पुरा पढ्नुहोस्

कस्तो हुन्छ कलेज लाइफ ?

लक्ष्मी भण्डारी थापा, असार २९, २०७४

एकै जना धेरै कुरामा अब्बल हुनु सहज कुरा होइन तर उ जेमा प्रखर छ त्यो क्षमता बुझेर शिक्षकहरूले पनि सल्लाह–सुझाव दिँदै उसलाई अघि बढ्ने वातावरण तयार पारिदिनुपर्छ अर्थात् बाटो देखाइदिनुपर्छ । मुख्य कुरा त शिक्षा शुद्ध हुनुपर्छ, व्यापार होइन् । पुरा पढ्नुहोस्

कस्ता कलेज रोज्ने ?

लक्ष्मी भण्डारी, असार २, २०७४

एसईई वा प्लस टु उत्तीर्ण विद्यार्थीलाई कस्ता शैक्षिक संस्था रोज्ने द्विविधा हुन्छ नै । आफ्नो रुचि, दक्षता एवं आर्थिक क्षमता विचार नगरी साथीसंगीहरूसँग लाग्दा कतिपयले केही महिनामै त कतिले वर्ष दिनपछि नै कलेज ड्रपआउट गर्छन् । पुरा पढ्नुहोस्

पहिलो पटक मतदान गर्नेहरु

नरेन्द्र रौले, जेष्ठ १३, २०७४

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बित्तिकै धेरैले त्यसमा विश्वास गरेनन् । कतिले क्यालेन्डर हेर्दै वैशाख ३१ गते खोज्न थाले । मिति नजिकिँदै जाँदा पनि एक प्रकारको अन्यौल कायमै थियो । पुरा पढ्नुहोस्

समाजसेवामा विद्यार्थीहरू

नरेन्द्र रौले, वैशाख २८, २०७४

गत वर्षको होलीमा अरू अबिरले रंगिँदा सामाखुसीस्थित लिंकन कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सोसल वर्कका विद्यार्थीहरू भने गोरखातिर हुइँकिँदै थिएँ । हिलाम्मे बाटोमा डेढ घण्टा गाडी फस्दा पनि छात्र–छात्राहरू आत्तिएनन् । बरु गोरखाका स्कुलहरूमा स्वंयसेवा गर्न हिँडेका उनीहरू उत्साहित थिए । पुरा पढ्नुहोस्