सन्दर्भ

अमर प्रेमकथा

अधिकारी रवीन्द्र, फाल्गुन ५, २०७५

जस्तै प्रगाढ प्रेम भए पनि वियोगपछिको पीडामा जीवन गुजार्ने सर्त अब हामीलाई मञ्जुर छैन, किनभने यो संसारमा रोदन र आँसुको कमी छँदै छैन । यहाँ हाँसो चाहिएको छ, संयोग र पुनर्मिलनका कथाले भित्र्याउने खुसी चाहिएको छ । अनि चाहिएको छ कुम जोडेर यात्रामा निस्कने र वर्तमानमा सँगै बाँचिरहने असंख्य नरनारीको भीड, जसले वियोगलाई बिर्साउनेछ । पुरा पढ्नुहोस्

पर्यटक होइन यात्री

अधिकारी रवीन्द्र, माघ १९, २०७५

हामी सबैसँग आजको रात त्यहाँ बसेर भोली बिहानै त्यो बाटो काट्नुको विकल्प थिएन । साँझपख दुई भान्छा हुने भयो । घरमा परिज, स्पगेटी, ओटमिल अनि छेउतिरको गोठमा गुन्द्रुक र भात । पेटमा इली न मिली हुने गोरा जातिको खाना खाएर रातभर दोब्रिएर बस्नु भन्दा तातो गुन्द्रुकको झोल र भातले बढी आकर्षित गर्‍यो । पुरा पढ्नुहोस्

अमान्डासँग यात्राको अर्को चरण

अधिकारी रवीन्द्र, माघ ५, २०७५

अमान्डाहरूले यात्राको मजालाई अझ उचाइमा पुर्‍याइदिन्छन् । मानव बथानको अग्रता लिँदै अमान्डा लम्की । हामी उसलाई भेट्न हतारियौं । उसको रफ्तारमा हिँडिरहन ठूलै इच्छाशक्ति चाहिन्छ । उसकै संगतको लोभले मलाई त्यो शक्ति आएजस्तो भयो । पुरा पढ्नुहोस्

नयाँ वर्ष नयाँ ऊर्जा

अधिकारी रवीन्द्र , पुस २१, २०७५

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल आयो । नयाँ वर्षको शुभकामनास्वरूप उसले मिठाई पठाएकी रै’छ । यसपालि ऊ फिजीमा छे । मिठाई चपाउँदा–चपाउँदै उसँगको भेट ताजा भएर आउँछ । मेरा धेरै शोखमध्ये एक हो— नयाँ वर्षमा नयाँ साथी बनाउने । पुरा पढ्नुहोस्

मेरो महान् भुँडी

अधिकारी रवीन्द्र, बनेपापुस ४, २०७५

औसत आयु ६५ वर्ष हिसाब गर्ने हो भने प्रत्येक व्यक्तिले जीवनभरमा लगभग ४४ टन स्वाहा पार्ने रहेछ । ४४ टन धान एकै बालीमा उमार्न कति हेक्टर जग्गा चाहिन्छ, सोच्दासमेत पागल भइन्छ । हिसाबमा आउँछ कमसेकम ४ हेक्टर, जसमा हुन्छ— ४० हजार वर्गमिटर । हो, क्विन्टलका क्विन्टल प्राकृतिक स्रोत हामी पेटभित्रै हालेर सिध्याउछौँ । पुरा पढ्नुहोस्

वृद्ध नेतृत्वले थलिएको देश

अधिकारी रवीन्द्र, मंसिर २३, २०७५

त्यो व्यक्ति पनि कुनै सुपरम्यान नभै मानव नै हो, जसले अरूजस्तै उमेर अनुसार बिर्सिने रोग (सेनाइल डेमेन्सिया) वा अन्य अनेकन शारीरिक दुर्बलता तथा मानसिक समस्याको सिकार हुन सक्ने प्रबल सम्भावना बोकेको हुन्छ । समय छउन्जेल प्रयास गर्ने हो, समय गुज्रिएपछि अरूलाई अवसर दिनुपर्छ । पुरा पढ्नुहोस्

मन्दिरमा बलि नदिऊँ

रवीन्द्र अधिकारी, कार्तिक १, २०७५

बलि प्रथाका अनुयायी प्राय: हिन्दू धर्मको पनि शाक्त सम्प्रदायका हुन्छन्, जसले देवीको उपासनाको अन्तिम रूप नै बलि हो भन्ने विश्वास राख्छन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्नेहरूले पनि बलिको परम्परालाई अङ्गीकार गर्दै आएको पाइन्छ । दसैंमा हिन्दूहरूले बलि दिन्छन् तर हिन्दू धर्मका मूल ग्रन्थहरूलगायत अन्य थुप्रै पुराणमा बलिलाई निषिद्ध गरिएको छ । पशुबलि एउटा ठूलो अनुष्ठान् भएकाले यसका लागि मेहनत र खर्च पनि ठूलै चाहिन्छ । पुरा पढ्नुहोस्

अब के नेपाली चैँ बिर्सने ?

रवीन्द्र अधिकारी, आश्विन २६, २०७५

त्यस्तै वस्तुबाहेकका बोलीचालीमा समेत अंग्रेजीले स्थान पाउन थाल्यो । कसैले गूड मर्निङ छोडेर शुभ प्रभात भनेको मैले सुनेको छैन, गुड इभिनिङको सट्टा शुभ सन्ध्या पनि भनेको सुनिएको छैन । नमस्तेको सट्टा अहिले हेलो र हाई नै बढी हिट छन् । तिम्रो उडान कति बजे अनि उडानविश्राम कहाँ हो भनेर सोध्यो भने पक्कै दोहोर्‍याएर सोध्नैपर्छ, ‘तिम्रो फ्लाइट कति बजे अनि ट्रान्जिट कहाँ हो ?’ पुरा पढ्नुहोस्

उफ्, के यो माया हो ?

अधिकारी रवीन्द्र, आश्विन १३, २०७५

एउटै घर–आँगनमा बस्ने श्रीमान्–श्रीमतीबीच फेसबुकका त्यही पोस्टमुनिका कमेन्टमा लभ यू तथा लभ यू टु अनि मुटु, माया र किसका इमोजीहरू टनाटन हुनु । लाग्छ, वास्तविक जीवनमा त उनीहरूको बोलचालसमेत हुँदैन वा फुर्सदै छैन । एउटै कमेन्टका हजारौं रिप्लाई हेर्दा लाग्छ, ‘किचेनमा भात डढ्यो जस्तो छ, म कुचो लगाउँदै छु, एकपटक गएर हेरिदिनु न’ भन्नसमेत मुख फोर्दैनन् श्रीमतीहरू, सीधै फेसबुक लग–इन गर्छन् । श्रीमान्हरू पनि कम छन् भन्न खोजेको होइन । पुरा पढ्नुहोस्

तीजको तिथि र थिति खै ?

अधिकारी रवीन्द्र, भाद्र २४, २०७५

यो महिनौसम्म मनाइने तीजको अरू कुनै विशेषता छैन, सिवाय दर खाने र गहनागुरियामा ठाँटसँग सजिएर हिंड्ने । यही समयमा हो सबै महिलाहरू महिला अधिकारवादी हुने अनि यही समयमा हो पुरुषचरित्रहरू घरमा पनि र कार्यालयमा पनि डबल ड्युटी गरेर लखतरान पर्ने । महिला महानुभावहरूको त यो समयमा घरमा बासै कहाँ हुन्छ र ? दर भ्याउने पनि मेलो हुने रहेछ । पुरा पढ्नुहोस्

पाँचपोखरीको यात्रा

अधिकारी रवीन्द्र, भाद्र १४, २०७५

आखिर आपत परेका बेला आत्मविश्वास बाहेक केहीले काम नगर्दोरहेछ । अँधेरीमा हिँउको यात्रा अतिनै जोखिमपूर्ण हुँदो रहेछ । कहाँ टेक्दा के हुन्छ टेकिसकेपछि मात्र थाहा हुने । कि चिप्लिने, कि ग्वाम्राङ्ग भड्खाराँ फसिने । जुत्तामोजा र जिउभित्र पूरै हिउँ पसेको छ । पुरा पढ्नुहोस्