निर्वाचन

को होला प्रदेश ४ को मुख्यमन्त्री

भीम घिमिरे, मंसिर १७, २०७४

१० जना तेस्रोलिंगीसहित १५ लाख ६८ हजार ९ सय २४ मतदाता रहेको ४ नम्बर प्रदेशमा दोस्रो चरणका लागि १० लाख ५ हजार ९ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । दोस्रो चरणमा पर्वत, कास्की, स्याङ्जा, तनहुँ र नवलपरासी (सुस्तापूर्व) मा १० प्रतिनिधि र २० प्रदेशसभाको सिटका लागि निर्वाचन हुँदैछ । पुरा पढ्नुहोस्

तीन जिल्लामा शान्त प्रचार

प्रकाश अधिकारी, मंसिर १७, २०७४

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रदेश नम्बर ६ का दैलेख, सुर्खेत र सल्यानमा निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि सुर्खेत, दैलेखमा दुई/दुई र सल्यानमा एक क्षेत्र छन् । यी जिल्लामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादी केन्द्रको वाम गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । पुरा पढ्नुहोस्

सुदूरपश्चिमको चुनावी लेखाजोखा

डीआर पन्त, मंसिर १६, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गरिरहेका छन् । भट्ट यसअघिका दुवै संविधानसभा निर्वाचनमा देउवाबाट पराजित भएका हुन् । स्थानीय निर्वाचनको मत परिणामअनुसार डडेलधुरामा वाम गठबन्धन ९ हजार मतले अघि छ । वाम गठबन्धन जसरी पनि यस पटक निर्वाचन जित्ने दाउमा छ । प्रधानमन्त्री देउवालाई पार्टी भित्रबाट असहज नभए पनि प्रदेश सभामा भने कांग्रेसको स्थिति कमजोर देखिएको छ । पुरा पढ्नुहोस्

कालीप्रसाद इन कन्सर्ट

राजाराम पौडेल , मंसिर १६, २०७४

साँझ ६ बजे सुरु हुने यो विशेष सांगीतिक कार्यक्रममा पोखरासँगै देशभरका कर्पोरेट क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजक एएसएपी इभेन्ट कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष अधिकारीले जानकारी दिए । पुरा पढ्नुहोस्

मैदानमा चर्चित नेताहरू

माधव घिमिरे, मंसिर १६, २०७४

पार्टी प्रमुखदेखि पूर्वप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धाले दोस्रो चरणमा हुने निर्वाचन रोचक हुने देखिएको छ । यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, कांग्रेसका केन्द्रीय नेताहरू शेखर कोइराला, विजयकुमार गच्छदार, महेश आचार्य, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौलालगायत चुनावी मैदानमा छन् । पुरा पढ्नुहोस्

चितवनमा दाहाल–पाण्डे टक्कर

विमल खतिवडा, मंसिर १५, २०७४

अन्य जिल्लामा भन्दा चितवनको चुनावी चर्चा बढी छ । ११ वर्षपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला फर्किएसँगै चुनावी रन्को बढेको छ । जिल्लाको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका दाहालका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे छन् । पुरा पढ्नुहोस्

हेभीवेटको अग्निपरीक्षा

साप्ताहिक संवाददाता , मंसिर १५, २०७४

देशको राजधानीसमेत रहेको प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर र चितवनमा दोस्रो चरणमा निर्वाचन हुँदैछ। दोस्रो चरणको यो निर्वाचनबाट यही प्रदेशमा उम्मेदवार भएका दुईपूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहालको पनि जनमत मापन हुँदैछ । पुरा पढ्नुहोस्

साम्प्रदायिक भावनाबाट माथि उठ्दै मतदाता

जितेन्द्र साह, मंसिर १२, २०७४

अहिलेको समयमा मतदाताले जाति र समुदाय हेरेर उम्मेदवार छनौट गर्छन् भन्ने कसैले पनि भ्रम नराखे हुन्छ, २६ वर्षीय विक्की कुमार पासवानले भने— शिक्षा एवं चेतनासँगै सोच फेरिएको छ, जातीय मतका आधारमा कसैको हारजितको अनुमान गर्नु अब पूर्वाग्रही वा परम्परावादी सोच ठहरिनेछ । पुरा पढ्नुहोस्

प्रदेश नम्बर–२ मा त्रिपक्षीय भिडन्त

श्यामसुन्दर शशि, मंसिर १०, २०७४

अढाई महिनापूर्व सम्पन्न स्थानीय तहको निर्वाचनको मतादेशलाई आधार मानी राजनीतिक दलहरू मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा आउने विश्लेषण गर्दैछन् तर यो अढाई महिनाभित्र मुलुकको राजनीतिमा ठूलो परिवर्तन आएको छ । एमाले–माओवादी तथा फोरम नेपाल–राजपाबीच चुनावी तालमेल भएको छ । पुरा पढ्नुहोस्

मैदानमा तन्नेरी उम्मेदवारहरू

नरेन्द्र रौले, मंसिर ९, २०७४

तपाईंको उम्मेदवारी किन र केका लागि ? पाण्डेसँग सोधियो । अब नयाँ अनुहार, नयाँ सोच भएका व्यक्तिले नेतृत्व लिनुपर्छ । पाण्डेले भने— घरदैलोका क्रमा उत्साह मिलिरहेको छ । मतदाताहरूबाट अपार माया पाइरहेका छौं । एकदमै राम्रो माहोल बनिरहेको छ । जनताको मन परिवर्तन भैरहेको छ ।जित्नुभयो भने के गर्नुहुन्छ ? पुरा पढ्नुहोस्

मुख्यमन्त्रीमा एमाले नेताका आँखा

साप्ताहिक संवाददाता , मंसिर ८, २०७४

देशको राजधानी समेत रहेको ३ नम्बर प्रदेश निर्वाचनको विशेष चर्चामा रहनु स्वभाविक हो । मध्यहिमाली तथा पहाडका ११ जिल्ला एवं २ वटा पहाड र तराई दुवै छोएका जिल्ला समेटिएको यो प्रदेशमा पहिलो चरणअन्तर्गत ६ वटा हिमाली जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । पुरा पढ्नुहोस्

वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

दुर्गालाल केसी, मंसिर २, २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर–५ मा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ । तराईका केही जिल्लामा फोरम तथा राजपा पनि मुख्य प्रतिस्पर्धामा छन् । प्रदेशका सबै जिल्लामा वाम गठबन्धनका संयुक्त उम्मेदवार छन् भने कतिपय जिल्लामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भए पनि अधिकांशमा कांग्रेस एक्लै चुनावी मैदानमा छ । पुरा पढ्नुहोस्