अब हाम्रो पालो

नेपाली सिनेमा भनेपछि  किन मुख खुम्च्याइन्छ ?

साप्ताहिक संवाददाता , जेष्ठ ३२, २०७६

प्रायः कथा कुनै न कुनै विदेशी फिल्मबाट चोरिएको हुन्छ अनि त्यो नक्कल पनि निकै कमजोर र भद्दा हुन्छ । निर्देशन अझ झुर हुन्छ । कथाअनुसार अभिनय हुँदैन । प्रस्तुति सबैभन्दा फितलो हुन्छ । त्यसकारण नेपाली फिल्म हेर्न मन लाग्दैन । पुरा पढ्नुहोस्

चर्को गर्मी छल्ने उपाय के होला ? 

साप्ताहिक संवाददाता , जेष्ठ २९, २०७६

काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा ।  पुरा पढ्नुहोस्

नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा के भन्नुहुन्छ ? 

साप्ताहिक संवाददाता , जेष्ठ १९, २०७६

सम्पूर्ण राजपरिवारको हत्या गरी ज्ञानेन्द्रको परिवार र राजपरिवारका बाँकी सदस्यलाई केही नगर्नु भनेको यो सम्पूर्ण षड्यन्त्र ज्ञानेन्द्रको हो भनी देखाउन राष्ट्रघाती तत्वलाई हातमा लिएर गरिएको विदेशी षड्यन्त्र हो । यदि ज्ञानेन्द्र दोषी छन् भने राजदरबार हत्याकाण्डको पुनः छानबिन गरियोस् ।  पुरा पढ्नुहोस्

चर्को गर्मी छल्ने उपाय के होला ?

साप्ताहिक संवाददाता , जेष्ठ १५, २०७६

अरबतिर आउनुहोस्, सिकाइदिउँला । यता ४५ डिग्री तापक्रम छ । यतिबेला अरबमा काम गर्ने हामी नेपाली दाजुभाइलाई थाहा छ, गर्मी कसरी छल्ने भन्ने कुरा ? पुरा पढ्नुहोस्

नेपाली कांग्रेसले सुरु गरेको पुनर्जागरण कार्यक्रमले  कांग्रेसमा साँच्चिकै जागरण ल्याउला ?

साप्ताहिक संवाददाता , जेष्ठ ५, २०७६

काम गर्नेहरूले हल्ला गर्दै हिँडेको कहिल्यै देख्नुभा’छ र ? जसले केही गर्छन् तिनीहरू गुपचुप काम फत्ते गर्छन् । जब सार्वजनिक हुन्छ तब काम सफल भैसकेको हुन्छ । काम नगर्नेहरूले चाहिँ हल्ला–खल्ला गर्दै हिँड्छन्, प्रगतिचाहिँ शून्य ! यो हाम्रो देशको एउटा बलियो संस्कार हो भनौं कि कुसंस्कार ! पुरा पढ्नुहोस्

११ महिनामा १० पटक विदेश यात्रामा निस्कने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विदेश दौड कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता , वैशाख २८, २०७६

आश्चर्य लाग्यो, आठौं आश्चर्य घोषणा गरौं । सबैलाई नेपाली तीनपाने चखाउन छाडेर विदेशी होली वाइन पिलाएरै छाडे । देशको हविगत यस्तो छ, उत्तर कोरियाका किमजोङ अनि खै कुन–कुन राष्ट्रलाई मिलाउन मेरो ठूलो हात छ भन्छन् । यिनलाई उतै खेदाउने हो कि ? विदेश धाइरहनुपर्ने थिएन । पुरा पढ्नुहोस्

नेपालमा प्रेस स्वतन्त्रताको  उपभोग कस्तो छ ?

साप्ताहिक संवाददाता , वैशाख २०, २०७६

प्रेस स्वतन्त्रताको उपभोग त बबालै भा’छ । त्यो देखेर मलाई पनि पत्रकार बन्न मन लागेर आउँछ । पुलिसले नगरेको काम र न्यायालयले फैसला नगरेको कुरामा निर्णय लेख्ने हिक्मत राख्छ हाम्रो पत्रकारिताले । खोज पत्रकारिताको त हिसाब नै बेग्लै । पुरा पढ्नुहोस्

शेरबहादुर देउवाले भनेजस्तै ओली सरकारलाई जनताले मन पराउन  छाडेकै हुन् त ?

साप्ताहिक संवाददाता , वैशाख १६, २०७६

आजसम्म जुन जोगी आए पनि कानै चिरेको भएको छ । विकास–निर्माणको क्षेत्रमा केही आशा देखिए पनि भ्रष्टचारको क्षेत्रमा पूरै निराशा छ । पावरफुलहरूले जे गरे पनि कारबाही गर्न नसक्नु शेरबहादुरले भनेजस्तै छ, तर उनको जस्तो न बोल्ने ढङ्ग न काम गर्ने ढङ्ग भन्दाचाहिँ उत्तम छ । पुरा पढ्नुहोस्

भू–माफियाले प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा हडप्नुलाई के भन्नुहुन्छ ?

साप्ताहिक संवाददाता , वैशाख ८, २०७६

कर्णाली बिक्री भयो, सप्तकोसी बिक्री भयो, देशका सिमानाका किल्ला बिक्री भए र देशका ठूलाबडा भन्ने बिक्री भैरहेका छन् । यो कुन् नौलो कुरा हो र ? पुरा पढ्नुहोस्

२०७५ को उपलब्धि केलाई मान्नुहुन्छ ?

साप्ताहिक संवाददाता , चैत्र २९, २०७५

हामी जनता हत्या, हिंसा, बलात्कार, प्राकृतिक विपत्तिजस्ता अनेकौं पीडाबाट गुज्रिरहँदा सरकारचाहिँ सुशासनको एवार्डदेखि लिएर भ्रष्टाचार, घुसपैठ आदिको खेलमा रमाउने प्रयासमा देखियो । पुरा पढ्नुहोस्

नयाँ वर्षमा कहाँ घुम्ने सोच छ?

साप्ताहिक संवाददाता , चैत्र २४, २०७५

घुम्न जान त हुन्थ्यो । प्रहरीको फन्दा र ट्राफिक प्रहरीको ल्याङ–ल्याङ सुन्नुभन्दा, घरमै बसेर लोकल चिरिप्प पार्दै साथीभाइहरूसँग नयाँ वर्ष मनाउने विचार गरेको छु । पुरा पढ्नुहोस्