एल्बम

नबिर्स सार्वजनिक

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७५

गीतकार घनबहादुर थापाले रचना गरेका आधुनिक गीतहरूको एल्बम नबिर्सको लोकार्पण काठमाडौंमा सम्पन्न भएको छ । एल्बमका गीतमा आनन्द कार्की, अञ्जु पन्त, सविना कार्की तथा निखिता थापाको स्वर समावेश छ । पुरा पढ्नुहोस्

प्रहलादको महक–२ सार्वजनिक

साप्ताहिक संवाददाता , कार्तिक १३, २०७५

गायक प्रहलाद तिमिल्सिना दोस्रो एल्वमका साथमा बजारमा आएका छन् । प्रहलादको आधुनिक शैलीका गीतहरुको एल्वम ‘महक–२’ यसै साता राजधानीमा सार्वजनिक गरिएको हो । एल्वममा प्रलादको एकल स्वर रहेको छ । पुरा पढ्नुहोस्

गगन सरगमको प्रेमको भिखारी

साप्ताहिक संवाददाता , आश्विन ३०, २०७५

एल्बममा पाँच वटा गीत समावेश छन् । प्रेमको भिखारी शीर्षकको शीर्ष गीत संगीतकार नीम संगीतले नै रचना गरेका हुन् । दोस्रो गीत ‘फूल झरेको सम्झ’ शीर्षकमा छ, जसका गीतकार नवराज घिमिरे हुन् । ‘तारिफ’ शीर्षकको एल्बमको तेस्रो गीतलाई लक्ष्मण पाण्डेले रचना गरेका हुन् । ‘तिमीले माया मारेपछि’ शीर्षकको गीतका रचनाकार घनश्याम गौतम हुन् । पुरा पढ्नुहोस्

सुदर्शनको ‘हाट बजार’ काठमाडौंमा सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन २६, २०७५

सन् २०१५ मा स्थापना भएको सांगीतिक समुह ‘आशिस सुदर्शन’ का दुई गायकले लोप हुँदै गएको हाट–बजार शब्दलाई गीतमार्फत दर्शक तथा स्रोतामाझ प्रस्तुत गरेका हुन् । विमोचित एल्बममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । पुरा पढ्नुहोस्

कविता, दामु र रमेशको जुहार बजारमा

साप्ताहिक संवाददाता , आश्विन ९, २०७५

३ जना गीतकार तथा गजलकारको सयुक्त एल्वम ‘जुहार’ सार्वजनिक भएको छ । सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायका गीत तथा गजलहरुको संग्रह ‘जुहार’ सार्वजनिक भएको हो । उक्त एल्वममा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । पुरा पढ्नुहोस्

ज्योतिको जून र ज्योति

साप्ताहिक संवाददाता , आश्विन ७, २०७५

गायक तथा संगीतकार ज्योतिप्रकाशले पहिलो एल्बम ‘जून र ज्योति’ सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा चित्रकलाको प्राध्यापन गर्दै आएका ज्योतिप्रकाश यसअधि चित्रकारका रुपमा चिनिएका थिए । चन्द्र भट्टचनको एकल रचना रहेको यो एल्वम सार्वजनिक गरेसँगै ज्योतीले गायक तथा संगीतकारको परिचय पनि पाएका छन् । पुरा पढ्नुहोस्

शेर्पाको दुई नयन सार्वजनिक

साप्ताहिक संवाददाता , भाद्र १२, २०७५

गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ सार्वजनिक भएको छ । एल्बम ‘दुई नयन’ को राजधानीमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनकि गरेका थिए । पुरा पढ्नुहोस्

सन्तोषको २५ औँ एल्वम

साप्ताहिक संवाददाता , असार २५, २०७५

संगीतकार सन्तोष श्रेष्ठको २५ औँ एल्बम सार्वजनिक भएको छ । उनको एकल संगीत रहेको एल्वम ‘फुलझैं जीवन’ गतसाता राजधानीमा सार्वजनिक गरिएको हो । यो गीतकार प्रेमप्रसाद राज भण्डारीको भने पहिलो एल्बम हो । पुरा पढ्नुहोस्

भरत राईको मनको चाहना सार्वजनिक

साप्ताहिक संवाददाता , असार २१, २०७५

गायक भरत राईको एल्बम ‘चाहाना यो मनको’ सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्बजनिक गरिएको हो । एल्बमलाई बरिष्ठ साहित्यकार भुपाल राई, गायक राजेश पायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले सार्बजनिक गरेका थिए । पुरा पढ्नुहोस्

रञ्जिन गजमेरको पहिलो नेपाली एल्बम

साप्ताहिक संवाददाता , असार १२, २०७५

संगीतकार रञ्जित गजमेर भन्नासाथ चलचित्रका थुप्रै समुधुर गीतका संगीतहरू सम्झन्छौं । उनले संगीत दिएका चलचित्रका गीतहरू धेरै हिट पनि छन् । उनले अरु पनि संगीतहरू सिर्जना गरेका छन् तर त्यो उनीसँगै सिमित थिए । ती संगीतहरूलाई समेटेर संगीतको पहिलो नेपाली एल्बम म्युजिक नेपालले भर्खरै बजारमा ल्याइएको छ । पुरा पढ्नुहोस्

सागरको पहिलो प्रणय

साप्ताहिक संवाददाता , असार १०, २०७५

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सागर अधिकारी ‘सरद’को पहिलो एल्वम सार्वजनिक भएको छ । थुप्रै फुटकर गीतमा संगीत दिएका गायक तथा संगीतकार अधिकारीको एकल संगीत रहेको ‘प्रणय’ एल्वम सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्