यात्रा सन्दर्भ

लोकतान्त्रिक मञ्चको दुर्गति

किशोर नेपाल, वैशाख १३, २०७६

यो खुला मञ्च हो । खुला मञ्च अर्थात् ओपन थिएटर । वास्तवमा यो लोकतन्त्र मञ्च हो । पञ्चायती व्यवस्थाकालीन सरकारले यसको निर्माण गरे पनि यसको बढीभन्दा बढी प्रयोग लोकतन्त्रवादीले नै गरेका थिए । हामीले दुई दिनअघि मात्र लोकतन्त्र दिवस मनायौं । खुला मञ्चको अभाव कसैलाई किन खट्किएन होला ? यसको जवाफ खोज्नु आवश्यक छ ।  पुरा पढ्नुहोस्

सिनेमामा पैसा छ, लोभ लागिहाल्छ

किशोर नेपाल, वैशाख ८, २०७६

केनिपा नाट्य अभिनयमा नयाँ नाम होइन । सिनेमाका लागि उनी नयाँ प्रतिभा हुन् । नयाँ नायिकामा केनिपा एउटा चम्किलो नाम हो । नाटकको पृष्ठभूमिबाट सिनेमामा आएकी केनिपा एकै दृष्टिका भरमा कसैलाई प्रभावित गर्ने अभिनेत्री होइनन् । उनमा अभिनयप्रति गाम्भीर्य छ । पुरा पढ्नुहोस्

ह्याप्पी न्यू इयर–२०७६

किशोर नेपाल, चैत्र २१, २०७५

मारकाटको राजनीतिले पूरै देश बेहोस भएका बेला काठमाडौं सहर र दरबार मार्गमा इस्वी संवत्का दुई महान चाड क्रिसमस–न्यू इयर र भ्यालेन्टाइन डे धूमधाम मनाइएका थिए । तीनवटा नयाँ वर्षमा त दरवार मार्गका कुनै रेस्टुराँ, होटल, इटरी र पवमा पाइला राख्ने ठाउँसम्म थिएन । त्यो फेज आफैं सकियो । कसरी सकियो ? भन्न सकिँदैन । पुरा पढ्नुहोस्

जीवनसँग गुनासो नगर्ने एउटा कलाकार

किशोर नेपाल, चैत्र १५, २०७५

सरोज खनाल अलिकति पैसा कमाएर छोराछोरीको जीवनमा सुधार ल्याउन उता लागेका थिए । उनलाई गएको दिनदेखि नै देशको न्यास्रो लाग्यो । होमसिक । उनी कान्तिपुरको हावा पानी बिग्रेको देखेर अमेरिका लागेका थिए । उनले यो १७ वर्षको अवधिमा धेरै कुरा ‘मिस’ गरे । पुरा पढ्नुहोस्

पीपलको बोट

किशोर नेपाल, फाल्गुन ३०, २०७५

पीपलको बोट चौतारीमा पत्रिका बेच्न बसेका कतिपय ‘हकर’ वास्तवमा सरकारका गुप्तचर हुन्थे । उनीहरूबाटै सरकारले थाहा पाउँथ्यो विद्यार्थीको कुन नेता के गर्दैछ र कुन नेता कहाँ छ ? आन्दोलनको केन्द्रबिन्दु नयाँ सडक र पीपलको बोट भएकाले आन्दोलनकारी विद्यार्थीहरू यसैको परिधिमा घुमिरहेका हुन्थे । त्यतिबेलाका आन्दोलन खतरनाक मानिन्थे ।  पुरा पढ्नुहोस्

किप अन चेन्जिङ्ग केकीको नयाँ मन्त्र

किशोर नेपाल, फाल्गुन २२, २०७५

केकीका बाबा बद्री अधिकारी नेपाली नाटक जगतका भीष्म पितामह हुन् । कलाकारिताको संस्कार उनले बाबाबाटै पाएकी हुन् । नेपाली सिनेमा संसारमा सुशिक्षित कलाकारको क्लब निकै सानो छ । त्यो सानो क्लबको एक प्रमुख सदस्य हुन् केकी । उनका गुणको प्रशंसा गर्नेहरूको कमी छैन भने दोषमात्र देखाउनेहरूको पनि कमी छैन । पुरा पढ्नुहोस्

‘मुन्द्रे’ खुसी छ !

किशोर नेपाल, फाल्गुन ८, २०७५

अहिलेसम्मका लागि जनतालाई खुसी राखेको छु । मुन्द्रेको हास्यबोध र अभिनयको प्रशंसा गरेका छन् मानिसले । नभए कसरी टिक्थ्यो र मुन्द्रे ? राजनीतिमा भएको भए त उहिले नै फ्लप हानिसकेको हुने थिएँ । हास्य कलामा भएकाले अहिलेसम्म टिकेको छु । जनता र दर्शकको आशीर्वाद पाएको छु, खुसी छु । पुरा पढ्नुहोस्

सन्तलाई कागजको रातो गुलाब

किशोर नेपाल, माघ २९, २०७५

यतिबेला हाम्रो देशमा भ्यालेन्टाइन दिवसको नूर गिरेको छ । यसका केही कारण छन् । हाम्रो देशमा बलात्कारका घटना त दिनहुँ भैरहेका हुन्छन् नै । देश सात प्रदेशमा बाँडिएको छ । प्रदेश पिच्छे बलात्कारका अंक र आंकडा फरक–फरक हुने नै भए ।  पुरा पढ्नुहोस्

प्रादेशिक राजधानी हेटौंडा

किशोर नेपाल, माघ २२, २०७५

प्रदेश नम्बर ३ को ‘अस्थायी’ राजधानी बनेपछि हेटौंडा राजधानी भएकोमा ओंठ लेप्य्राउने धेरै भए ।सबैका लागि ‘निकास द्वार’ सावित भैसकेको यो सहर भौगोलिक हिसाबले कसैका लागि अप्ठेरो छैन । काठमाडौंकै कुरा गर्ने हो भने हेटौंडाबाट काठमाडौं पुगिने मोटर चल्ने थुप्रै बाटा छन् । फर्पिङ, सिस्नेरी, मातातीर्थ र चित्लाङ चार महत्वपूर्ण नाका भैहाले । पुरा पढ्नुहोस्

पाँच दशकपछि नीर शाह

किशोर नेपाल, माघ १६, २०७५

दार्जीलिङमा शिक्षित नीर शाहलाई अभिनयको क्षेत्रमा ऊर्जाशील बनाउने दार्जीलिङ नै थियो । उनी प्रारम्भिक दिनहरूमा अर्थात् २०२२ तिर नाटकमा अभिनय गर्थे । झन्डै ३ सय सिनेमामा अभिनय गरिसकेका शाह सिनेमाको लिचलिचे विकाससँग सन्तुष्ट हुन सकेका छैनन । नेपाली सिनेमा यथार्थवादी भैदिएको भए शायद नीर शाह अभिनयको खोजमा नाटकतिर आउन समय नै पाउने थिएनन । पुरा पढ्नुहोस्

करिश्माको दोस्रो इनिङ

किशोर नेपाल, माघ १०, २०७५

सिनेमामा फर्कने समय सीमा तोकिएको त छैन, तैपनि उनी गम्भीर छिन् । किनभने उनी व्यवसायी हुन । यो चाहिं पक्का छ– उनको पढाइको पहिलो चरण टुंगिएपछि उनी सिनेमाको संसारमा फर्कनेछिन् । ‘फर्कने त निश्चित छ । हाम्रा पार्टीका नेता भट्टराईजीले पनि मेरो निर्णयमा खुसी व्यक्त गर्नुभएको छ । राजनीति मात्र गरेर भएन । राजनीतिमै रहेर आफ्नो पेसा–व्यवसायसमेत सञ्चालन गर्नुपर्‍यो । पुरा पढ्नुहोस्