फेसन

दुलहीका लागि स्टाइलिस्ट पहिरन

मञ्जु बञ्जारा, फेसन डिजाइनरमंसिर ७, २०७४

इंगेजमेन्टबाट सम्बन्धको सिँढी उक्लने हुनाले यो दिनको विशेष महत्त्व हुन्छ । यो दिन दुलहीहरू सफ्ट तथा पेस्टल कलरमा आकर्षक देखिन्छन्, तर मौसमअनुसार फेब्रिक छनौट गर्न बिर्सनु हुँदैन । जाडो महिनामा इंगेजमेन्ट गर्ने हो भने गाढा रंग छान्नुपर्छ जसले वार्म लुक दिन्छ । गर्मी मौसममा भने सफ्ट तथा पेस्टल कलर उत्तम हुन्छ । पुरा पढ्नुहोस्

ब्राइडल मेकअप

अम्बु रुचाल, मंसिर ६, २०७४

दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिपबाम लगाउनुपर्छ । अनुहारको मेकअप सकुन्जेल लिप नरम भै आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीका लागि हल्का ग्लसी लिपिस्टिक उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

मेकअप, हेयर स्टाइल र पहिरनको क्रेज

सिर्जना दुवाल श्रेष्ठ, मंसिर ५, २०७४

अहिले दुलहीको मेकअपमा कम्तीमा १२ देखि २८ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यस्तै विवाहकै लागि ६० हजारदेखि ३ लाख रुपैयाँसम्मका पहिरन बन्न थालेका छन् । अहिलेका अधिकांश दुलहीले आफ्ना लागि ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका ब्राइडल लेहेंगाका सेट तयार गराउन थालेका छन् । पुरा पढ्नुहोस्

फेसनेबल जिन्समा सबैको नजर

साप्ताहिक संवाददाता , कार्तिक १३, २०७४

सन् १९६० ताका लोकप्रिय फेसनका रूपमा विश्व बजारमा छाएको जिन्स प्रारम्भदेखि नै पारखीहरूको पहिलो रोजाइमा रहँदै आएको छ । जिन्सलाई सुरु–सुरु हिप्पी कल्चरका रूपमा पनि चिनियो । जिन्सले युवा पुस्तामा गहिरो छाप बनाएको छ । अहिले पुरुषका लागि पाइन्ट र कोट तथा महिलाका लागि स्कर्ट, पाइन्ट र कोट लोकप्रिय जिन्स आइटम मानिन्छन् । पुरा पढ्नुहोस्

देउसी–भैलोका लागि परम्परागत पहिरन

साप्ताहिक संवाददाता , आश्विन ३१, २०७४

देउसी–भैलोका लागि परम्परागत पहिरन पुरा पढ्नुहोस्

मोडर्न टचमा परम्परागत पहिरन

साप्ताहिक संवाददाता , आश्विन ३०, २०७४

मोडर्न टचमा परम्परागत पहिरन पुरा पढ्नुहोस्

पवित्राको दसैंमा परम्परागत फेसन

राधिका अधिकारी, आश्विन १०, २०७४

पवित्रा आचार्य दसैंबाहेकका दिनमा पनि भक्तिभावपूर्वक पूजा–आराधना गर्छिन् । दैवीशक्ति पनि केही हो भन्ने कुरामा विश्वास गर्ने पवित्रा बारअनुसार विभिन्न मन्दिरहरु पुगिरहेकी हुन्छिन् । नौरथामा नवदुर्गा भवानीको सभक्ति पूजा–अर्चना गर्ने पवित्रा दसैंमा परम्परागत पहिरनमा ठाँटिन रुचाउँछिन् । पुरा पढ्नुहोस्

दसैंको आशीर्वाद लाग्छ

राधिका अधिकारी, आश्विन ९, २०७४

अभिनेत्री अशिष्मा नकर्मीलाई पिङ, टीका, जमरा र अशीर्वादका कारण दसैं सधैं विशेष लाग्छ । दसैंमा मान्यजनले दिएको आशीर्वादमा विश्वास गर्ने नकर्मी आफ्नो घरेलु परम्पराअनुसार नबोलाएसम्म मान्यजनकहाँ टीका लगाउन जान्नन् । दसैंका अवसरमा दुर्गा पूजा नहुने उनको परिवारमा नौरथाको अन्तिम दिन भने मालश्री धुन, तबला, गिटार आदि बजाएर दुर्गा विसर्जन गर्ने परम्परा छ । पुरा पढ्नुहोस्

फेस्टिभल फेसनशैली

रोजिन शाक्य, आश्विन ८, २०७४

हरेक पर्वको आफ्नो छुट्टै महत्व र विशेषता हुने गर्दछ । यो विशेष अवसरमा आफ्नो व्यक्तित्वलाई विशेष बनाउनका लागि महत्पूर्ण भूमिका खेल्ने पहिरनशैलीको फेसन पनि लोभलाग्दो हुने गर्दछ । पुरा पढ्नुहोस्

सारीमै सजिने सिन्धुको दसैं पहिरन

राधिका अधिकारी, आश्विन ६, २०७४

वर्षमा एकपटक भए पनि आफ्नो माइतीसँग मिलन गराउने भएकाले दसैंलाई महत्वका साथ हेर्ने गरेकी छिन् गायिका सिन्धु मल्लले । विवाहित छोरीका लागि मात्र नभएर कामले घरबाहिर गएका, बाध्यताबस विदेश पुगेका सबैको परिवारसँग मिलन गराउने पर्व दसैंका विभिन्न पक्षसँगै नारी शक्तिको पूजाआराधना पनि उनलाई विशेष लाग्छ । पुरा पढ्नुहोस्

कोमलका स्थान विशेष फेसन

राधिका अधिकारी, आश्विन ५, २०७४

गायिका कोमल वलीले दसैंलाई सानैदेखि सामाजिक तथा धार्मिक पर्वका रूपमा बुझ्दै आइन् । ठूलो परिवारमा हुर्किएकी कोमल नारी शक्तिको पूजा गरेर छोरीहरूलाई मायाले टीका–दक्षिणा दिने कुराले तानिन्थिन् । पुरा पढ्नुहोस्