गजु Real

छाडबिन आयोग

मनोज गजुरेल, आश्विन १, २०७५

सरकारले चाहेको भए चौबीस घण्टामा हत्यारा पत्ता लगाउन सक्थ्यो । प्रहरी छ । प्रहरीसँग तालिमप्राप्त कुकुर छन् । सेना छ । सेनासँग शक्तिशाली सुराकी छन् । गुप्तचर विभाग छ । विभागसँग हजारौं विशेष प्रहरी छन् ।पुरा पढ्नुहोस्

सम्पत्तिको महत्त्व कति होला ?

मनोज गजुरेल, भाद्र २८, २०७५

मेरा बा, म र मेरो छोराको बुझाइ फरक–फरक छ जीवनका बारेमा । मेरा हजुरबा भन्नुहुन्थ्यो, जीवन दुई दिनको रामछायाँ हो, तर उहाँ १०२ वर्षसम्म बाँच्नुभयो ! म भन्छु, यो त यौटा खेलौना हो तर स्वयम् मलाई कुनै बच्चाले खेलाउन सक्दैन । मेरो छोरो भन्छ, जीवन दामी छ तर यसको किनबेच भएको थाहा छैन । न त सेयर कारोबारझैं जीवनको उद्योग मार्केटमा छरिएको छ । जीवन त नितान्त व्यक्तिगत विषय हो । पुरा पढ्नुहोस्

गोरुज्यूका दुईवटा कथा

मनोज गजुरेल, भाद्र १०, २०७५

गाईजात्राको उपलक्ष्यमा सबैलाई शुभ कामना प्रदान गर्दै प्रस्तुत छन्, गाईसम्बन्धी दुईवटा रमाइला प्रसंग :कथा एक । पहिलो पटक अमेरिका जाँदाको प्रसंग हो । मित्र नारायण अधिकारीले ‘अमेरिकन फुड’ टेस्ट गराउँछु भन्दै एउटा रेस्टुराँमा पुर्‍याए । कथा दुई । कलाकार राजन काफ्ले सानै थिए । उनको छिमेकमा न्वारानको कार्यक्रम थियो । गाउँका केटाकेटीसँगै उनी पनि न्वारान खान छिमेकमा पुगे । पुरा पढ्नुहोस्

कर तिर्ने रहर

मनोज गजुरेल, भाद्र ६, २०७५

पेवामा कर, मेवामा कर, गल्लीमा कर, पुलमा कर, धारामा कर, पानी कर लगाउन थालियो भने जनताले जनप्रतिनिधिलाई पनि कर लगाइदिन सक्छ । गाडी चढेबापत कर, गाउँको बाटोमा हिंडेबापत कर, आफ्नो आँगनमा झरेबापत कर, भाषण गरेबापत कर भनेर जनताले कर काट्न थाले भने के होला ? पुरा पढ्नुहोस्

अन द स्पोट दण्ड : ठीक कि बेठीक !

मनोज गजुरेल, श्रावण २९, २०७५

खुनको बदला खुन नाजायज हो । हत्याको बदला हत्या गलत हो । बलात्कारको विरुद्ध मृत्युदण्ड हाम्रो संस्कार होइन, तर यो कुरा स्वीकार गर्न जनतालाई ठाउँ दिनुपर्‍यो नि त । अपराधीलाई पार्टीले चोख्याउँदैन भन्ने विश्वास हुनुपर्‍यो नि π हत्याराले उन्मुक्ति पाउँदैन भन्ने कुरा व्यवहारमा देखिनुपर्‍यो । बलात्कारीलाई पद र पैसाले छुटाउन सकिँदैन भन्ने कुरा जनताले देख्नुपर्‍यो । पुरा पढ्नुहोस्

स्वदेश एजुकेसनल कन्सल्टेन्सी

मनोज गजुरेल, श्रावण २६, २०७५

आउनुहोस्, हिमालको चिसो हावा खाँदै माउन्टेनेरिङ पढ्नुहोस् । पहाडको न्यानो बताससँगै कृषि पढ्नुहोस् । तराईको तातो माया लिँदै उद्योग पढ्नुहोस् । जति नै पढे पनि खानेकुरा त्यही हो । जति नै बढे पनि बस्ने धर्ती यही हो । स्वदेशमा बढेको मान्छेले स्वदेशमा पढेको सुहाउँछ । कुनै सम्भावना नभए पो एब्रोड स्टडिजको पछि लाग्नु सम्भावनाको महासागर छोडेर कहाँ विदेशको भवसागरतिर दौडिरहनु भएको छ ? पुरा पढ्नुहोस्

कानुनमन्त्रीको गल्ती र राजीनामा

मनोज गजुरेल, श्रावण १३, २०७५

गल्तीहरू ढाकछोप गर्ने, गलत तर्कले जित्न खोज्ने, गलत प्रचारबाजीले बच्न खोज्नेजस्ता काम गर्छ, तर शेर बहादुरजीले सहज ढंगले क्षमा मागे । सम्यक् ढंगले कुरा राखे । सजिलै राजीनामा दिए । नैतिकता मरेको छैन भन्ने उदाहरण दिए । इमान्दारिताको उज्यालो कतै–कतै बाँकी छ भन्ने संकेत छाडे । आगामी दिनका लागि धेरैलाई धेरै कुरा सिकाए । आफ्ना लागि पनि थुप्रै अनुभव बटुले । इमानदार राजनीतिज्ञको परिचय दिएर गए । पुरा पढ्नुहोस्

ट्रिपर आतंक बन्द गर्ने उपाय

मनोज गजुरेल, श्रावण ६, २०७५

ट्रिपर आतंक रोक्ने पहिलो उपाय हो, फु गर्दा फुर्र उठ्ने भाइहरूलाई चलाउन दिनु भएन । दोस्रो उपाय हो, अविवाहितले ट्रिपर चलाउन नपाउन् । अविवाहितलाई न परिवारको चिन्ता हुन्छ, न उसको नियन्त्रणमा स्टेयरिङ बस्छ । सिंगल म्यानलाई न त आफ्नो जिउको चिन्ता न त अर्काको ज्यानको चासो ! पुरा पढ्नुहोस्

प्रकृतिसँग आत्मसमर्पण

मनोज गजुरेल, असार ३१, २०७५

आपत्कालमा सरकार कुर्नु मुर्खता हो । स्वयम्सेवीलाई पर्खनु गलत हो । भगवान् पुकार्नु अन्धविश्वास हो । आफ्नो जीवनको रक्षा सबैभन्दा पहिले आफैंले गर्नुपर्छ । भाग्य बलियो रहेछ भने सरकार पनि आउला, स्वयम्सेवी पनि देखा पर्लान् । पुरा पढ्नुहोस्

वल्र्डकप फिभर

मनोज गजुरेल, असार १८, २०७५

‘मेस्सी जिन्दाबाद ।’ ‘अर्को मुर्दाबाद ।’ ‘खबरदार फलाना खेलाडीका बारेमा केही भन्लान् ।’ ‘ढिस्कानो टिम त देउता हो देउता ।’ ‘यसले जित्यो भने भातै खान्नँ ।’ ‘त्यसले हाऱ्यो भने रक्सी खान्छु ।’ पुरा पढ्नुहोस्

हाँसोको मुहान खोज्दै जाँदा

मनोज गजुरेल, असार १०, २०७५

निदाउन खोज्छु, निद्रा पर्दैन । उठ्छु, बस्न मन लाग्दैन । बानी परिसकेका साथीहरू घुर्न थालिसके । म भने पानीबाट बाहिर उछिट्टिएको माछाजस्तो छटपटिईरहेको छु । बल्ल–बल्ल बिहानीपख निद्रा पर्‍यो । निदाएको मात्र के थिए, सपनामा बाघको खोरमा रहेछु । पुरा पढ्नुहोस्