करियर

विदेश पढ्न जाँदा ध्यान दिनुपर्ने कुरा

साप्ताहिक संवाददाता , श्रावण २, २०७५

स्वभावैले नेपालीहरू हतार गर्ने खालका हुन्छन् । सुरुमा हतार गर्ने र पछि पछुताउने स्वभाव धेरैमा हुन्छ । विदेश जाने हतारमा ‘क’ देखि ‘ज्ञ’ सम्मका सबै कुरा कन्सल्टेन्सीलाई जिम्मा लगाइन्छ । बुझ्नुपर्ने कुरा के हो भने कन्सल्टेन्सीले कन्फर्मेसन लेटर तयार गरिदिने मात्र हो, तर पैसाको प्रलोभनमा भिसादेखि हरेक कुरामा उनीहरूले लिडिङ गरिरहेका हुन्छन् । पुरा पढ्नुहोस्

विषय छनौटमा सहजता

साप्ताहिक संवाददाता , श्रावण १, २०७५

व्यवस्थापन विषयमा नेपालमै नयाँ–नयाँ विषय आइसकेको बताउने किङ्स कलेजका गोकुल क्षेत्री विद्यार्थीको इच्छा र क्षमताअनुसार नेपालकै कलेजहरूले स्तरीय शिक्षा दिन सक्ने दाबी गर्छन् । उनी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका वा नेपाली विश्वविद्यालयबाटै सम्बन्धन पाएका कलेजहरूले उत्कृष्ठ अध्यापन गराइरहेको दाबी गर्छन् । पुरा पढ्नुहोस्

एसईई अब्बलका सपना

रमेशचन्द्र अधिकारी, अनिल श्रेष्ठ, राजाराम पौडेलअसार २६, २०७५

घोटिएर पढ्नुभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिँडियो भने सफलता पाइने रहेछ, एसईईको परिणामको अनुभव सुनाउँदै उनले भनिन्, ‘घरमा अलिकति मात्र पढ्ने वातावरण बनाए पुग्ने रहेछ । शिक्षकको गाइड, साथीभाइको संगत, पारिवारिक वातावरण एवं आफ्नो मेहनत सफलताका कारण हुन् ।’ पुरा पढ्नुहोस्

सिफारिस र भनसुनमा भइँदैन लाहुरे

साप्ताहिक संवाददाता , असार २५, २०७५

आफ्नो आवश्यकताअनुसारको सीप र शिक्षा विभिन्न तालिम केन्द्रबाट प्राप्त गर्न सकिन्छ । आफूमा भएको क्षमता र योग्यतालाई निखार्न कुनै न कुनै माध्यम आवश्यक हुन्छ र ती माध्यम तालिम केन्द्रहरू हुन् । ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन चाहने युवाहरूलाई यस्ता केन्द्रले फिजिकल, एजुकेसनल तथा मेन्टलजस्ता विभिन्न ज्ञान दक्ष व्यक्तिबाट उपलब्ध गराउँछन्, तर राम्रो तालिम केन्द्रको छनौट कसरी गर्ने दुविधा छ । पुरा पढ्नुहोस्

भारत अध्ययन : रोजाइमा प्यारामेडिकल तथा इन्जिनियरिङ

साप्ताहिक संवाददाता , असार १७, २०७५

प्यारामेडिकतर्फ रेडियोलोजी, बीएस्सी नर्सिङ, प्याथोलोजी, फिजियोथेरापी, अप्टोमेट्रिक्स, बीएमएलटी तथा रेडियोलोजीका लागि नेपाली विद्यार्थीको रोजाइमा भारतका कलेजहरू नै पर्छन् भने इन्जिनियरिङतर्फ कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ एवं इन्फरमेसन टेक्नोलोजी रोजाइका विषय हुन् । पुरा पढ्नुहोस्

कुन ग्रेड आउनेले के पढ्ने ?

साप्ताहिक संवाददाता , असार १६, २०७५

एसईई ग्रेडिङमा गएसँगै बोर्डले कुनै पनि विद्यार्थीले २ जीपीएभन्दा बढी ल्याए मात्र विज्ञान अध्ययन गर्न पाउने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाअनुसार न्यूनतम जीपीएस २ सहित एसईईको परीक्षामा विज्ञान र गणित विषयमा कम्तीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक शिक्षा तथा नेपालीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त विद्यार्थीले मात्र कक्षा ११ मा विज्ञान समूहका भौतिक, रसायन, जीव, गणित वा कम्प्युटर विज्ञान पढ्न पाउँछन् । पुरा पढ्नुहोस्

पर्याप्त अवसर मेडिकल प्राविधिकमा

साप्ताहिक संवाददाता , जेष्ठ १, २०७५

सिटिइभिटीअन्तर्गत ९१ वटा कलेजमा प्रमाणपत्र तह नर्सिङको अध्यापन हुन्छ । त्यस्तै २३ वटा कलेजमा डिप्लोमा इन फार्मेसी, ४८ वटा कलेजमा स्वास्थ्य सहायक (एचए), ५ वटा कलेजमा डेन्टल सहायक, ४५ कलेजमा मेडिकल ल्याब टेक्सिनिसियन, एउटामा होमियोप्याथी तथा एउटामा डिप्लोमा इन अप्थाल्मिक साइन्सको अध्यापन गराइन्छ । पुरा पढ्नुहोस्

एसईईपछिका सौन्दर्य प्रतियोगिताको क्रेज

रोजिन शाक्य, वैशाख २३, २०७५

हुन त नेपालमा सौन्दर्य प्रतियोगिताको मामिलामा सबैभन्दा जेठो प्रतियोगिता मिस नेपाल नै हो, त्यसभन्दा अघि लिटिल लेडी ट्यालेन्ट शो नामबाट स्कुल अध्ययनरत बालिकाहरूमा केन्द्रित प्रतियोगिताले सौन्दर्य प्रतियोगिताको जग बसालेको देखिन्छ । सन् १९८८ मा प्रारम्भ भएको लिटिल लेडी ट्यालेन्ट शो आजको मितिसम्ममा विभिन्न शीर्षक, आधार र मापदण्डमा दर्जनौं प्रतियोगिता सञ्चालन भैसकेका छन् । पुरा पढ्नुहोस्

टाटु लेडी सुमिना

साप्ताहिक संवाददाता , पुस २४, २०७४

फाईन आर्टमा ‘प्लस टु’ गरेकी सुमिना श्रेष्ठ स्केजकी पारखी, चारकोल एवं पानी रङबाट चित्र बनाउँन रुचाउँछिन् । जीवनमा अन्य जुनसुकै व्यवसाय अपनाए पनि पेन्टिङलाई निरन्तरता दिने उनको अठोट छ । पुरा पढ्नुहोस्

करिअर रिभर गाइड

नरेन्द्र रौले, कार्तिक ९, २०७४

विदेशमा नेपाली रिभर गाइडको माग बढिरहेको छ । राम्रो कमाइ हुने भएकाले युवाहरू रिभर गाइड पेसातर्फ आकर्षित भैरहेका छन् । अमेरिका, नर्वे, बेलायत, इटाली, टर्की, भारत, भुटान, जर्मनी, अस्ट्रेलिया, जापान आदि देशमा यतिबेला ३ सयभन्दा बढी नेपाली र्‍याफ्टिङ गाइडले रोजगारी पाएका छन् । पुरा पढ्नुहोस्

फ्रन्ट डेक्समा बढ्दै छ माग

साप्ताहिक संवाददाता , आश्विन १६, २०७४

अहिले फ्रन्ट डेस्क म्यानेजमेन्टमा महिलासँगै पुरुषहरूको माग पनि बढ्न थालेको छ । फ्रन्ट डेस्क म्यानेजमेन्टमा आफ्नो योग्यता, सीप तथा क्षमता देखाउन सजिलो छ । पुरा पढ्नुहोस्