एवार्ड

कतामा स्टार इन्टरनेशनल अवार्ड हुँदै

साप्ताहिक संवाददाता , असार २२, २०७६

कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा  सांगीतिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु सहित अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा ‘स्टार इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना गर्ने भएको छ । पुरा पढ्नुहोस्

योङ माइन्ड्स एवार्डमा प्रमोद र मल्लिका सर्वोत्कृष्ट  

साप्ताहिक संवाददाता , असार १३, २०७६

दोस्रो संस्करणको योङ माइन्ड्स इन्टरटेन्मेन्ट एवार्ड–२०७६ मा गायक प्रमोद खरेल तथा गायिका मल्लिका कार्की सर्वोत्कृष्ट घोषित भएका छन् । उनीहरूले क्रमशः यो कुरा गोप्य तथा लाखौं छन्..गीतबाट सर्वोत्कृष्ट आधुनिक गायक तथा गायिकाको एवार्ड जितेका हुन् । पुरा पढ्नुहोस्

दर्शन क्षेत्रीलाई उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड

साप्ताहिक संवाददाता , जेष्ठ २७, २०७६

सिधाखबर न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड २०७६ सम्पन्न भएको छ । उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्रीलाई प्रदान गरिएको थियो ।  पुरा पढ्नुहोस्

४८ विधामा जिनियस म्युजिक अवार्ड वितरण

साप्ताहिक संवाददाता , जेष्ठ १३, २०७६

नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्‍याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको छ । पुरा पढ्नुहोस्

एक्सीलेन्स अवार्ड २०१९ 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा विभिन्न क्षेक्रमा लामो समयदेखिको सत्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका १६ जना नेपालीहरु उक्त अवार्डबाट सम्मानीत भएका छन् । पुरा पढ्नुहोस्

दुई एवार्डको मनोनयन सार्वजनिक

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७६

दुई भिन्न संगीत एवार्डका मनोनयन सूची सार्वजनिक भएका छन् । जेठ ११ गते वितरण गरिने पहिलो जिनियस म्युजिक एवार्ड–२०७६ तथा साधना म्युजिक एवार्ड–२०७६ को मनोनयन सूची सार्वजनिक भएको हो ।  पुरा पढ्नुहोस्

जिनियस म्युजिक अवार्ड–२०७६ को मनोनयन सार्वजनिक

साप्ताहिक संवाददाता , वैशाख २९, २०७६

जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक अवार्ड–२०७६’ को मनोनयन सूची सार्वजनिक गरेको छ । पुरा पढ्नुहोस्

 छक्कापञ्जा–३ हावी 

साप्ताहिक संवाददाता , वैशाख २६, २०७६

११  औं संस्करणको डी सिने एवार्ड–२०७६ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–३’ हाबी भएको छ । उक्त चलचित्रले समारोहमा सर्वाधिक ८ वटा एवार्ड जितेको थियो । उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित गायक, गायिका, लोकसंगीत, हास्य अभिनेता, चरित्र अभिनेत्री, सम्पादक तथा निर्देशकको एवार्ड जित्यो । पुरा पढ्नुहोस्

डी सिने अवार्डको मनोनयन सार्बजनिक 

साप्ताहिक संवाददाता , वैशाख १२, २०७६

डी सिने अवार्ड २०७६ को मनोनयन सार्बजनिक गरिएको छ । यसपटक देखि डी सिने अवार्डमा उत्कृष्ट पाँचको परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर उत्कृष्टताको सूचीमा सात सम्म स्थान दिने निर्णय गर्दै मनोनय सार्वजनिक गरिएको आयोजनकले जनाएको छ । पुरा पढ्नुहोस्

राजेश हमालको सम्मानमा विशेष कार्यक्रम

साप्ताहिक संवाददाता , चैत्र ७, २०७५

सयौं चलचित्रमा अभिनय गरेका अभिनेता राजेश हमालप्रति समर्पित एउटा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । साधना कला केन्द्रले अभिनेता हमालप्रति सम्मान जनाउन ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो । पुरा पढ्नुहोस्

जिनियस म्युजिक अवार्ड २०७५ का लागि आवेदन खुला

साप्ताहिक संवाददाता , फाल्गुन १९, २०७५

जिनियस म्युजिक प्रालीले स्थापनाको दश वर्ष पुरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । पुरा पढ्नुहोस्