गन्तव्य

घलेगाउँ  हरेक घर एउटै रंगमा

आश गुरुङ, वैशाख ३१, २०७६

एकै आकार–प्रकारका घर । अनि एउटै रंगको छानो पनि । पर्यटकीय घलेगाउँका लागि यो विशेषता र पहिचान थपिएको छ । दक्षिण एसियाकै नमुना गाउँ घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन जुटेका छन् गाउँलेहरू । दशकौं अघिका पुरानो र खिया लागेको टिन झिकेर सबैमा रातो रंगको जस्ता पाता राखिएका छन् । पुरा पढ्नुहोस्

घोराही–स्वर्गद्वारी केबुलकार 

दुर्गालाल केसी, वैशाख २८, २०७६

घोराहीबाट प्यूठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्न निजी क्षेत्रको लगानीमा केबुलकार निर्माणको तयारी अघि बढेको छ । घोराहीदेखि स्वर्गद्वारीसम्म ८ किलोमिटर दूरीमा ५ अर्ब लगानी गरेर केबुलकार पुर्‍याइने घोराही स्वर्गद्वारी केबुलकारका प्रतिनिधि माधव घिमिरेले बताए । पुरा पढ्नुहोस्

नुवाकोटको देउरालीमा प्याराग्लाइडिङ

साप्ताहिक संवाददाता , वैशाख २२, २०७६

नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाले संगम डाँडा तथा लोकिलमा प्याराग्लाइडिङ सुरु भएको छ । म्यागङ गाउँपालिका र वडा नम्बर–४ ले किम्ताङस्थित संगम डाँडा तथा म्यागङ गाउँपालिका वडा नम्बर–३ को लोकिलमा गरेको प्याराग्लाइडिङ परीक्षण सफल भएको थियो ।  पुरा पढ्नुहोस्

राजेशपायलको  सिफारिसमा परेका दस स्थान 

कृष्ण भट्टराई, चैत्र ३०, २०७५

धरानभन्दा केही किलोमिटर माथि पर्ने भेडेटार म धेरै पटक पुगिसक्दा पनि अघाएको छैन । भेडेटारले मलाई मात्र होइन, हरेक पर्यटकलाई लोभ्याउँछ । जाडो होस् अथवा गर्मी, त्यहाँ हरेक क्षण चीसो अनुभव गर्न पाइन्छ । त्यहाँबाट देखिने दृश्यले जो–कसैलाई लोभ्याउँछ । जीवनमा एक पटक पुग्नै पर्ने स्थानमा भेडेटारलाई मैले पहिलो स्थानमा राखेको छु ।  पुरा पढ्नुहोस्

लमजुङमा व्यवसायिक प्याराग्लाइडिङ 

साप्ताहिक संवाददाता , फाल्गुन २८, २०७५

परीक्षण उडान सफल भएपछि लमजुङमा व्यवसायिक प्याराग्लाइडिङ उडान प्रारम्भ भएको छ । साहसिक पर्यटन प्रवर्द्धन गर्न युवा व्यवसायीहरूले पोखराबाट पाइलट झिकाएर दुई महिनाजति परीक्षण गरेका थिए । पुरा पढ्नुहोस्

नुवाकोटको सूर्यर्चौरमा प्याराग्लाइडिङ

साप्ताहिक संवाददाता , फाल्गुन २६, २०७५

नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु भएको छ । शनिबार पहिलोपल्ट नुवाकोटमा प्याराग्लाइडिङ उडान गरिएको हो । नुवाकोटको उच्च भूभागमा रहेको सूर्यचौर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उक्त स्थानबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । पुरा पढ्नुहोस्

फेवातालको किनारमा कोकोबीच

राजाराम पौडेल, फाल्गुन १७, २०७५

कोकोबीचमा पुरानो ढुङ्गा टेबल, एक्वा बार, पिङ, झुला, पुरानो बसको भित्र बसेर, छतमा बसेर, बालुवामा सुतेर नौलो अनुभव लिन पाइन्छ । यहाँ पाइने बीबीक्यु, लोकल माछाका परिकार तथा सिर्जनशील ककटेलले जोकसैलाई लोभ्याउँछ । यहाँ इन्डोनेसियाको बालीको अनुभव प्रदान गर्ने उद्देश्य सञ्चालकहरूको छ ।  पुरा पढ्नुहोस्

हिउँमा रमाउँदै नेपाली

बिष्णु तारुके, फाल्गुन ५, २०७५

यो वर्षको लगभग अन्त्यतिर वरिपरिका डाँडाहरूमा पनि बाक्लो हिउँ परेकाले हिउँमा रमाउन उपत्यकावासीले धेरै टाढा जानु परेन । ककनीका स्थानीय शिक्षक भुवन खत्री काठमाडौं वरपरका डाँडामा १३ वर्षपछि यति बाक्लो हिउँ परेको बताउँछन् ।  पुरा पढ्नुहोस्

आन्तरिक पर्यटनको हब बन्दै कालिन्चोक

विष्णु तारुके, माघ २२, २०७५

दोलखाको कालिन्चोक नजिकैको कुरी बजार अहिले आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । हालै केबुलकार सञ्चालनमा आएपछि कुरी बजारलाई पर्यटक थेग्न हम्मे–हम्मे परेको छ । हिजोआज बिदाका दिन र त्यसबाहेकका दिन पनि हिउँ खेल्न एवं धार्मिक आस्था बोकेर कालिन्चोक पुग्नेहरूको संख्या बढ्दो छ, त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरूलाई थेग्न अहिलेका पूर्वाधार अपुग भएका छन् ।  पुरा पढ्नुहोस्

हिउँ खेल्न जाने ठाउँ

साप्ताहिक संवाददाता , माघ २१, २०७५

ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै पाथिभरा मन्दिरसम्मको यात्रा सम्भावित हिउँ पर्ने स्थान हो । त्यहाँ यातायातका साथै खाने तथा बस्ने होटलहरू सहज रूपमा उपलब्ध हुन्छन् । भर्खरै धनकुटाको भेडेटारदेखि पाथीभरासम्मको हेलिकप्टर यात्रा पनि प्रारम्भ भएको छ । पुरा पढ्नुहोस्

हिउँ टुरिज्म

साप्ताहिक संवाददाता , माघ २०, २०७५

नेपालमा हिउँ पर्यटनको राम्रो सम्भावना छ । हिमाली मुलुक भएर पनि नेपालमा हिउँमा आधारित पर्यटनको विकास हुन सकेको छैन । यो विषयमा हाम्रा सरोकारवाला निकायहरूसँग कुनै ठोस योजना भएको कुरा अहिलेसम्म जानकारीमा आउन सकेको छैन । विगतका दिनहरूमा नेपालका हिमाच्छादित क्षेत्रहरूमा यातायातको अभावले सोचेजस्तो पर्यटकीय विकास गर्न सकिएको थिएन । पुरा पढ्नुहोस्