राशि

असोज २६ देखि कार्तिक १ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), आश्विन २६, २०७५

अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान फराकिलो होला । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमीकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तहरूले सहयोग गर्नेछन् । पुरा पढ्नुहोस्

असोज १९ देखि २५ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), आश्विन १९, २०७५

शनिको प्रभावले व्यवसायमा उतारचढाव देखा पर्न सक्छ । सूर्यको आराधना गर्न सके सहजता महसुस हुनेछ । विदेश यात्राको अवसरसमेत प्राप्त होला । विद्यार्थीवर्गले अध्ययनमै जोड दिनुहोला । साताको अन्त्यमा साथीहरूको सुझावअनुरूप निर्णय लिनु उपयुक्त हुन्छ । पुरा पढ्नुहोस्

असोज १२ देखि १८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), आश्विन १२, २०७५

शारीरिक सौन्दर्य वृद्धिमा मन जानेछ । खर्च वृद्धिको योग छ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुग्न सकिनेछ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न होलान् । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ । पुरा पढ्नुहोस्

असोज ५ देखि १० गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), आश्विन ५, २०७५

मेहनतले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । प्रेमी–प्रेमिकाबीचको तितोपन अझ वृद्धि हुन सक्छ । कम बोल्नुमै फाइदा होला । बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि ढिलो गरी सफलता हात लाग्नेछ । पुरा पढ्नुहोस्

भदौ २९ देखि असोज ४ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र २९, २०७५

प्रशस्त आम्दानी हुने कार्यबाट परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाले समर्थन जनाउनेछन् । गोपनीयता अवलम्बन गरे दैनिकी सहज होला । दान–पुण्य आदिले व्यवसाय स्वत: उचाइमा पुग्नेछ भने रोकिएका कामसमेत सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ । पुरा पढ्नुहोस्

भदौ २२ देखि २८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र २२, २०७५

दृढताका साथ गरिएका सबै खाले काममा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या सिर्जना गर्न सक्छ । विशेष कार्ययोजनाको जग बसाउन प्रेमी–प्रेमिकाहरूले साथ दिनेछन् । अरूको आशामा बस्नाले पछि परिनेछ । पुरा पढ्नुहोस्

भदौ १५ देखि २१ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र १५, २०७५

विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आर्थिक उपलब्धि हात पर्ने योग छ । तपार्इंको आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउला । कार्यव्यस्तताका कारण घर–परिवारमा किचलो उत्पन्न हुन सक्छ जसलाई निराकरण गर्न परिवारमा समय खर्चनुपर्ला ।सवारी साधन चलाउँदा होस पुर्‍याउनुपर्नेछ । पुरा पढ्नुहोस्

भदौ ८ देखि १४ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र ८, २०७५

पराक्रम बढ्नुका साथै काममा सोचेजस्तै सफलता हात पर्नेछ । विभिन्न किसिमका प्रतिस्पर्धामा सहभागी भै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थमा असहजता महसुस हुन सक्छ । शारीरिक थकावट तथा कमजोरी भए जुस, फलफूल आदि सेवन गर्नुहोला । हितैषीहरूले करियर बनाउने सुझाव दिँदा निर्णय लिन विलम्ब नगर्नुहोला । पुरा पढ्नुहोस्

भदौ १ देखि ७ गतेसम्मको राशीफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), भाद्र १, २०७५

ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौकासमेत जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हँुदा विवेक पुर्‍याउनुहोला । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । सरोकार नभएको कामले फजुल खर्च बढाउनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । पुरा पढ्नुहोस्

साउन २५ देखि ३१ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण २५, २०७५

कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनुहोला । कार्यक्षमतामा स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् । खर्चिलो यात्राले मनमा दुविधा उत्पन गराउला । विशेष प्रकारका व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । सेतो रंग प्रयोग गरे मेहनत खेर जानेछैन । पुरा पढ्नुहोस्

साउन १८ देखि २४ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), श्रावण १८, २०७५

धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्या सुल्झाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । आध्यात्मिक ज्ञान प्राप्त गर्ने अवसर जुट्न सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ ।सञ्चित धन खर्च भै आर्थिक संकट निम्तिने कुरा अस्वीकार गर्न सकिँदैन । पुरा पढ्नुहोस्