किशोर नेपालका लेखहरु
घोप्टेभीरमा एभरेस्ट एयरको विमान दुर्घटनाको रिपोर्टिङ गरेर सुरु भएको जोशीको फोटो पत्रकारिताको ‘रजत जयन्ती वर्ष’ हो यो । फोटो पत्रकारितामा उनको खासै रुचि थिएन, तर तात्कालिक आवश्यकता पूरा गर्न उनले क्यामेरा नचलाई धरै पाएनन् ।
पुरा पढ्नुहोस्
एमीको अनुभवमा : पहिले पढाइमा कमजोर भएका, अरू क्षेत्रमा पनि कम क्षमता भएका मानिसहरू सिनेमामा आउँथे । अहिले त्यो परिस्थिति बदलिएको छ । अहिले यो क्षेत्रमा पढे–लेखेका मानिसहरू आउन थालेका छन् । क्षमता नभएका र मेहनत गर्न नसक्ने कलाकार शरीर र रूपका आधारमा मात्र सिनेमामा आउन सक्दैनन् ।
पुरा पढ्नुहोस्
पवित्राको अतीत अलिकति पनि सुखद छैन । अहिलेको समयमा पनि मानिसहरू अठारौं शताब्दीको चिन्तामा भुटभुटिएर बसेका छन । पवित्राको पिताको निधन हुँदा उनी आमाको पेटभित्रै थिइन् । उनका पिता आँपको रूखमा चढेका थिए आँप टिप्न । त्यही रूखको उचाइबाट खसे उनी ।
पुरा पढ्नुहोस्
भरतशमशेरले कति सिनेमाको निर्माण गरेका थिए, कति सिनेमाको निर्देशन गरेका थिए, कति सिनेमामा संवाद लेखेका थिए ? यसको हिसाब–किताब तत्काल गर्न सकिँदैन । भरतशमशेर आफैंमा एउटा विविधतापूर्ण र बहु–आयामिक व्यक्तित्व थिए । उनको सिनेमा व्यवसाय र व्यक्तित्वका बारेमा धेरै कम नेपालीलाई मात्र जानकारी छ ।
पुरा पढ्नुहोस्
सिक्वेलका रूपमा बन्ने सिनेमाहरूमा चरित्र त उही हुन्छन्, तर कथावस्तु, घटनाक्रम एवं परिवेश फरक हुन्छ । हामी शारीरिक द्वन्द्वमा अलमलिदैनौं, तर कन्फ्लिक्ट हुन्छ हाम्रो सिनेमामा । अलिकति कला र बजारको मिश्रण हुन्छ कथामा । यस पटक हाम्रो कथाको विषय हो– शिक्षा । विषयका हिसाबले हामीले एकदमै नयाँ कुरा समातेका छौं । अहिलेको हाम्रो शिक्षा व्यवस्था राम्रो छैन । शिक्षाका नाममा जसोतसो शिक्षणलाई ठेलिराखेका छौं ।
पुरा पढ्नुहोस्
समृद्धिको यो अभियानमा काठमाडौं सहर सबैभन्दा अगाडि छ । यहाँ नपाइने वस्तु केही छैन । तपाईंमा धैर्य छ र दुर्गन्ध सहने आदत छ भने सहज ढंगले थाहा हुन्छ, काठमाडौं अन्तर्राष्ट्रिय सहर हो । यहाँका मानिसहरू थाइल्यान्डबाट प्राउन मगाउँछन्, अस्ट्रेलियाबाट खसीको मासु, भारतबाट प्याजीदेखि पचनोलसम्मका खाद्य पदार्थ, जहाँको जे खान मन छ त्यो उपस्थित छ ।
पुरा पढ्नुहोस्