सुविन भट्टराईका लेखहरु
म कम्प्युटरअगाडि झुम्मिएर एक्लै हाँसेको देख्दा बा–आमा छक्क पर्नुहुन्थ्यो । उहाँहरूलाई लागेको हुँदो हो, कोही कम्प्युटर चलाएर पनि खुसी हुन सक्छ, तर वर्षौं पछि यही अवस्था दोहोरिएर आयो । दुनियाँले फेसबुकका कुरा गरेको देख्दा–सुन्दा बा–आमालाई पनि लागेछ कि उहाँहरूको फेसबुक एकाउन्ट पनि खोलिन जरुरी छ ।
पुरा पढ्नुहोस्
त्यो यात्रामा निस्किएर चार दिनसम्म लगातार हिँडिसकेपछि मलाई यो कुराको ज्ञान भयो कि मानिसभित्र क्षमताका असंख्य गोदाम छन्, तैपनि ऊ तिनमा आलस्यको ताल्चा ठोकेर बस्न अभिषप्त हुँदो रहेछ ।मानिसभित्र इच्छाशक्तिको तलाउ हुँदाहुँदै पनि त्यसलाई चिन्न नसकेर सफलताको मृगतृष्णामा तड्पिन्छ ऊ ।
पुरा पढ्नुहोस्

कमजोरी

सुविन भट्टराई, आश्विन २४, २०७४

कमजोरीलाई जित्न दिए, हावी हुन दिए त्यसले आफैँलाई सिध्याउँछ, कमजोरीमाथि हावीहुने प्रयास गरे त्यसले संसार जिताउँछ । हरेक कमजोरी एउटा ठाउँमा कमजोरीझैँ देखिएला तर त्यही कुरा अर्को ठाउँमा कमजोरी नदेखिएर सुन्दरता देखिइरहेको हुन सक्छ ।
पुरा पढ्नुहोस्
घरको पनि आखिर घर हुँदो रहेछ । म यो बुझ्न खोजिरहेथेँ कि वर्षौंदेखि जरा गाढेर बसेका घरहरू, जो जरैदेखि उखेलिएर बाढीमा बगे र आफैँ बेघर भए, तिनलाई कस्तो भएको हुँदो हो ? सम्झिल्याउँदा मात्र पनि भावुकताले तरल बनाउँछ ।
पुरा पढ्नुहोस्

खोल/गुदी

सुविन भट्टराई, श्रावण २१, २०७४

हामी होडमा छौँ । हामी आफैँलाई तिखारेर भन्दा एउटा झिल्के आवरणले ढाकेर बेचिने युगमा छौँ । हरेक आवरणभित्र गुदी हुन्छ भन्ने कुराको सुद्धि हामीमा रहन छाडिसकेको छ । हामी ह्दयले महसुस गर्ने भन्दा आँखाको दृष्टिले स्पर्श गर्ने चीजमा बढी ध्यान दिन थालेका छौँ ।
पुरा पढ्नुहोस्
हिजोसम्म प्रेमलाई उच्च देख्नेहरू आज एकाएक तुच्छ देख्न थाल्छन् । हिजोसम्म प्रेमलाई फूलको गुच्छा देख्नेहरू आज एकाएक फुस्सा भन्न थाल्छन् । हामी अक्सर प्रेमलाई अत्तरमा चोबलिएर मगमगाउँदै आएको देख्छौँ । त्यही अत्तरमा चोबलिएर आएको प्रेमको भित्री गन्ध थाहा नहुँदा हाम्रो धारणा सोत्तर हुन्छ ।
पुरा पढ्नुहोस्