शिव शर्माका लेखहरु
सन् २०११ देखि यहाँ हुँदै आएको मिस नेपाल यूएससँगै अमेरिकामा नेपाली समुदायबीच मोडलिङ तथा फेसनसँग गतिविधिहरू नियमित हुने क्रम बढेको हो । सन् २०१४ मा मिस नेपाल युएसमा सेकेन्ड रनर्सअपसँगै क्याटवाक र ट्यालेन्टको उपाधि जितेकी सुष्मा अधिकारीले अध्ययनसँगै आफ्नो फेसन तथा मोडलिङको करिअरलाई अघि बढाइरहेकी छिन् ।
पुरा पढ्नुहोस्
अमेरिकामा नेपाली चलचित्रको सार्वजनिक प्रदर्शन त्यति सजिलो भने छैन । सामान्यत: चलचित्र प्रदर्शन गर्न नेपाली १ लाखदेखि ३ लाख रुपैयाँसम्म भाडा तिर्नुपर्छ । चलचित्र हेर्न १ हजार ५ सयदेखि ३ हजार रुपैयाँ शुल्क लाग्छ । दर्शकले रुचाएका चलचित्रको ४० देखि ५० वटा शोका लागि ४० लाख रुपैयाँसम्म खर्च हुँदै आएको आयोजकहरू बताउँछन् ।
पुरा पढ्नुहोस्
उनले लोकप्रिय गीत एउटा चिठीको सहाराले, चिया बारीमा...., सिमाना लगायतका गीत गाउँदा टोयटा म्युजिक फ्याक्ट्रीको हल गुन्जयमान बन्न पुग्यो । उनको प्रस्तुतीमा लठ्ठिएका दर्शक वान्स मोर भन्दै उफ्रिन थाले । केही गीत उनले दोहोराएर पनि गाए । उनलाई प्रस्तुतीमा गितारमा सजल भण्डारी र ड्रमरमा सुरेन्द्र श्रेष्ठले साथ दिए ।
पुरा पढ्नुहोस्
१० लाखभन्दा बढीको लगानीमा डेढ महिना लगाएर टेक्ससको डालसका विभिन्न भागमा छायांकन गरिएको उक्त गीतमा नेपाली तथा अमेरिकी मोडलहरूले अभिनय गरेका छन् । गीतमा उच्च प्रविधि प्रयोग भएको छ भने त्यसमा अभिनय गर्ने अमेरिकन मोडलहरू व्यवसायिक हुन् । नेपाली मोडल संगीता, अनु र सीमा भने पहिलो पटक गीतमा मोडलका रूपमा देखा परेका हुन् ।
पुरा पढ्नुहोस्
खचाखच दर्शक माझ भएको कन्र्सटमा हरेक गीतमा दर्शकको ‘वान्स मोर’ पाएको थियो । कार्यक्रममा तन्नेरी देखि पाका दर्शक नेपथ्यको कन्सर्ट सुन्न सशुल्क कन्र्सट हलमा ओइरिएका थिए । नेपथ्यले यस अघि पहिलो पटक अमेरिकाको दुई सहर एरिजोनाको फिनिक्स तथा राजधानी वासीङटन डिसीमा कन्र्सट गरेको थियो ।
पुरा पढ्नुहोस्
कन्सर्ट सुरु हुुनुअगावै दर्शकको हुल कन्सर्ट हलबाहिर जम्मा भैसकेको थियो । बाहिर गर्मीले हप्पक महसुस हुन्थयो । परदेशी भूमिमा नेपथ्यको कन्सर्ट सुन्न दर्शक यसरी हेलिएर आएका हुन् । टेक्ससको ड्यालस स्थित द बम फ्याक्ट्री हलभित्र भने अत्याधुनिक एसी जडित हलमा भने गर्मि थिएन ।
पुरा पढ्नुहोस्