कृष्ण भट्टराईका लेखहरु
अभिनेता शिवहरि पौडेलकी कान्छी श्रीमतीको भूमिकामार्फत चर्चित भएकी अभिनेत्री हुन्– अंशु थापा (महर्जन) । खाइलाग्दो ज्यान अंशुको विशेषता हो । कुनै बेला उनी स्लिम थिइन् । त्यही बेला उनले मोडलका रूपमा ग्ल्यामरको संसारमा पाइला राखेकी थिइन् । तिनै अंशुलाई अहिले उनकै सहकर्मी कलाकारहरूले ‘हात्ती’ उपनाम दिएका छन् । अंशुलाई हात्ती भनिएकोमा कुनै आपत्ति छैन ।
पुरा पढ्नुहोस्
केही वर्ष अघिसम्म लोकदोहोरी गीत गाउने गायिकाहरूलाई मात्र तीज लाग्थ्यो । पछिल्ला वर्षहरूमा गायिकासहित गायकहरूलाई समेत तीज लाग्न थाल्यो । तीज विशेष गीतमा गायक–गायिका दुवैको स्वर सुन्न थालियो । नेपाली टेलिभिजनको संख्या तथा यूट्युबको लोकप्रियतासँगै पछिल्ला केही वर्षयता तीज गीतका म्युजिक भिडियोको संख्या समेत बढ्न थाल्यो । पछिल्ला तीन वर्षमा तीज गीतका झन्डै दुई हजारभन्दा बढी म्युजिक भिडियो निर्माण भएको एउटा तथ्यांक छ ।
पुरा पढ्नुहोस्
उत्कृष्ट हास्य चलचित्र निर्माण गर्ने श्रेय पाएका दीपकराज गिरीका अनुसार हास्य चलचित्रको नाममा दर्शकहरूलाई सधैं भात र आलु मात्र दिने हो भने भविष्यमा नेपाली चलचित्र उद्योग नै डुब्ने खतरा छ । गिरीका अनुसार उनीहरूको सिको गर्दै यतिबेला हास्य प्रधान चलचित्र बनाउने होडवाजी नै चलेको छ, यद्यपि प्रसस्त गृहकार्यको अभावमा त्यस्ता चलचित्रले आफूमात्र डुब्ने होइन, अरूलाई समेत डुबाउने खतरा बढ्दो छ ।
पुरा पढ्नुहोस्
यो उपाधि प्रदान गर्न अलि ढिला भयो कि भन्ने सोच्छु । त्यसपछि मलाई महामूर्ख उपाधि दिने व्यक्तिका बारेमा जानकारी लिन्छु । किनभने त्यो मान्छे म भन्दा दोब्बर महामूर्ख हुनु पर्‍यो नि ।
पुरा पढ्नुहोस्
हो–हो, त्यो बेला तपाईंसंगै निर्देशक प्रदीप भट्टराई अनि कलाकार रवीन्द्र सिंह बानियाँ पनि हुनुहुन्थ्यो । वास्तवमा म त्यही चलचित्र हेरेपछि तपाईंको फ्यान भएको हुँ । रमाइलो कुरा के छ भने म पनि तराईवासी हुँ, तपाईंले उक्त चलचित्रमा तराईवासीकै भूमिका निर्वाह गरेर दर्शकलाई हँसाउनुभएको थियो ।
पुरा पढ्नुहोस्
गाईजात्राले झन्डै एक साताका लागि समाजका विकृति–विसंगतिविरुद्ध खुलेर व्यंग्य गर्ने अवसर प्रदान गर्छ । त्यही अवसरलाई नेपालका हास्य कलाकारहरूले खुलेर सुदपयोग गर्ने परम्परा छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएयताका हरेक गाईजात्रामा हास्य कलाकारहरूले विभिन्न रंगमञ्चमार्फत सामाजिकदेखि राजनीतिक विषयवस्तुहरूमाथि व्यंग्य कस्दै आएका छन् ।
पुरा पढ्नुहोस्