अनिल श्रेष्ठका लेखहरु
वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदांगो भएको छ । दुबई गएलगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो । गोरे सुन तस्करीको भरियाका रूपमा यो क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ स्वभावका गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए ।
पुरा पढ्नुहोस्
तस्करीको सुन तोकिएको व्यक्तिसम्म नपुगी बाटैमा हराएपछि घटनाले नाटकीय मोड लियो । त्यसपछि तस्करीमा संलग्न गिरोहले सुन खोज्ने नाममा ओसार–पसारमा संलग्न एकजनाले टर्चरका कारण आत्महत्या गर्न बाध्य भए भने अर्का एकजना भरियाको यातनाका कारण मृत्यु हुन पुग्यो ।
पुरा पढ्नुहोस्
२०१८ सालमा महेन्द्र गोल्डकपका नाममा सञ्चालनमा आएको यो प्रतियोगिताको नाम २०६७ सालमा परिवर्तन गरेर विराट गोल्डकप राखिएको हो । यो गोल्डकपका विजेताले १२ लाख ७१ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरा पढ्नुहोस्
बेहोसी अनि अपराधी सोचका कारण चन्द्रबहादुरले माघ २७ गते राति आफ्नै कोठामा श्रीमतीको गर्धन, गाला र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख विजय श्रेष्ठले बताए । राति नै श्रीमतीको हत्या गरी फरार भएका लिम्बूलाई प्रहरीले हत्या भएको ३ सातापछि गत साता पक्राउ गर्‍यो र हत्याको रहस्य बाहिर आयो ।
पुरा पढ्नुहोस्
उनीहरूबीच १ हजार ५ सय रुपैयाँ लिने–दिने सहमति भयो । त्यसपछि पहिले कैदी चौधरीले यौनप्यास मेटे । यौनसम्पर्कपछि चौधरी बाहिर आए । आफूले यौनप्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार साहलाई पनि यौनसम्पर्क गर्न होटलको कोठामा पठाए । हवल्दार साह होटलको कोठाभित्र पसेको मौका छोपी चौधरी त्यहाँबाट फरार भएका थिए ।
पुरा पढ्नुहोस्
चार दशकदेखि जोगवनीमा रुपमिलन सारी शोरुम सञ्चालन गर्दै आएका आनन्द लखेरिया नेपालमा महँगी बढेको र जोगबनीमा सस्तो मूल्यमा सामान पाइने भएकाले ग्राहक बढेको बताउँछन् । खुला सीमाका कारण पूर्वी नेपालका ८० प्रतिशतभन्दा बढी खरिदकर्ता विवाहको मौसममा किनमेलका लागि जोगवनी आउने उनले बताए ।
पुरा पढ्नुहोस्