अधिकारी रवीन्द्र का लेखहरु
नेपाली कांग्रेस केसीको समर्थनमा सडकमा नओर्लिउन्जेल उनका पक्षपातीहरू स्वतन्त्र मानिन्थे । जब तरुण दलमार्फत् कांग्रेस मैदानमा ओर्लियो स्वत: केसीलाई कांग्रेसीकरण गरियो । यही रालगोलमा केसीका समर्थकलाई कांग्रेसी भनियो । अब पार्टीको ह्विपअनुसार कांग्रेस जतिले गोविन्द केसी ठीक भन्नुपर्‍यो, नेकपाजतिले गलत भन्नुपर्‍यो ।
पुरा पढ्नुहोस्
यद्यपि रोपाईंलाई फगत मनोरञ्जनका रूपमा लिनु हाम्रो दुर्भाग्य हो । खेतका कुनै गह्रामा बाजा अनि ध्वजाका साथ ५ सय भन्दा बढीले रोपाइँ गरेको नाटक मञ्चन भैरहँदा लाखौं किसानका फाँट लाठे र रोपाहारको अभावमा बाँझो पल्टन तयार भैरहेको यथार्थता हामीले बिर्सनु हुँदैन । एक दिन रोपाइँको मज्जा लिनेले धानको फसल नकाटुन्जेल कति कष्ट गर्नुपर्छ बुझ्ने चेष्टा गर्नुपर्छ ।
पुरा पढ्नुहोस्
हिन्दू धर्मअन्तर्गत तेत्तीस कोटी देवता छन् । हिन्दूधर्ममा घाँस (दूबो), झार (तुलसी), रूख (पीपल), ढुङ्गा (शालिग्राम) को मात्र नभै पञ्चतत्वका रूपमा हावा, आकाश, अग्नि, माटो तथा पानीको समेत पूजा गरिन्छ । त्यति मात्र नभै विभिन्न जीव–जनावरहरू देवीदेवताका अवतार वा बाहानका रूपमा पुजिन्छन् । गणेशको बाहान मुसाको अनि नागपञ्चमीमा सर्पको पूजा गरिन्छ ।
पुरा पढ्नुहोस्
यो दसैंमा साँचै निराश केही मानिसको अनुहारमा खुसी ल्याउन सक्नुभयो भने सम्झनुहोस् तपाईंको यसपटकको दसैं सार्थक भयो । वृद्धाश्रममा आँसुसँग भात खाइरहेकी वृद्ध आमाहरूका लागि एक जोर कपडा लिएर जानुहोस् । आफ्ना कोही नहुनेहरूलाई सबैभन्दा दु:ख लाग्ने पर्व यही दसैं हो, एकपटक तपाईं उनीहरूको कोही भएर गैदिनुहोस् ।
पुरा पढ्नुहोस्
गणेश चतुर्थीमा कतिले चौथी खेल्ने, चोर्ने वा बिगो गर्ने योजना बनाइरहेका बेला मचाहिँ एउटा कन्फेसन वा स्वीकारोक्ति गर्न चाहन्छु । म विभिन्न चरित्र मिसिएर बनेको मानव हुँ । म भन्न नमिल्ने धेरै नराम्रा गुणले भरिएको छु, तसर्थ म चोर पनि हुँ ।
पुरा पढ्नुहोस्
तल बाटोमा को आइरा’ छ, उसलाई मतलब छैन । खकार बनायो, थुक्यो । बस, क्या आनन्द ! गल्लीमै घर हुने र उमेर हेर्दा २५–२६ की देखिनेको त कम्तीमा थुक्ने बेलामा कोही छ कि तल भनेर हेर्नुपर्ने चेतना आइसकेको हुनुपर्ने अनि मलाई रिस नउठ्ने कुरै भएन ।
पुरा पढ्नुहोस्