सुविन भट्टराईका लेखहरु
मान्छेले सबैभन्दा बढी समय आफैँसँग बिताएको हुन्छ र कम समय पनि आफैँसित बिताएको हुन्छ, तैपनि ऊ आफैँसित क्रुद्ध रहन्छ । मान्छे आफूलाई जहाँ पनि लिएर हिँड्छ तर पनि एक्लो महसुस गर्छ ।
पुरा पढ्नुहोस्
हामी यस्तो समाजमा बस्छौँ, जहाँ आफ्नो जितको खुसी मनाउने भन्दा अरुको हारको खिल्ली उडाउने बढी फेला पर्छन् । हामी यस्तो समाजमा बस्छौँ, जहाँ मानिसहरू आफ्नो मस्तिष्क तिखार्न र आफ्नै जीवन सपार्न भन्दा अरूको दैनिकी चहार्न र जीवन बिगार्न मेहनत गर्ने बढी भेटिन्छन् ।
पुरा पढ्नुहोस्
टोलका केटाकेटीले खेलिरहेको फुटबल गुड्दै–गुड्दै जब मेरो खुट्टासम्म आइपुग्छ, मन लाग्छ, जोरले हानेर त्यो बललाई हावामा उडाइदिऊँ । भृकुटीमण्डपको आसपास मात्र पुग्दा, माथि हावामा मच्चिरहेको रोटेपिङ र चिच्याइरहेका केटाकेटी देख्दा यस्तो लाग्छ, सारा काम बिर्सेर फनपार्कमा पसी रोटेपिङ मात्र होइन, सबै खेल खेलिदिऊँ ।
पुरा पढ्नुहोस्
धेरै पर्वहरू छन्, चाडहरू छन्, दिवसहरू छन् जो वर्षमा एक दिन पाहुनाझैँ टुप्लुक्क आइपुग्छन् र एक रातबास बसेर अर्को वर्षसम्मका लागि बिदा हुन्छन् । जस्तो कि, आमाको मुख हेर्ने दिन, बाको मुख हेर्ने दिन, मजदुर दिवस, भ्यालेन्टाइन डे, विश्व धूम्रपानरहित दिवस, विश्व पुस्तक दिवस, बुद्धजयन्ती आदि–इत्यादि ।
पुरा पढ्नुहोस्
जसै बाटोमा हामी अगाडि बढ्छौँ, पछाडि छुट्दै जान्छन्— घर, खेत, जङ्गल, गाउँ अनि सहरहरू । हामी हिँडिरहेको बाटो स्वयं नै पनि छुट्दै जान्छ अनि छुट्दै जान्छ हामी बाँचेको समय पनि । केही सहयात्री हामीसितको यात्राबाट छुट्टिएर जान्छन्, केही यात्री हामीसितको यात्रामा सहयात्री बन्न आइपुग्छन् ।छुटे जीवनमा धेरै कुरा । उकालो चढ्दा चढ्दै, थाकेर चौतारोमा आराम गर्दा एकैछिनलाई बिसाएको टोपी, त्यहीँ छुट्यो ।
पुरा पढ्नुहोस्
एक दिन एउटाले मलाई केही दियो, म खुसी भएँ । किनभने मलाई थाहा थियो त्यो मैले नै पाउनेवाला थिएँ । अर्को दिन अर्कैले मलाई अर्थोक केही दियो । म अझ खुसी भएँ ।
पुरा पढ्नुहोस्