का लेखहरु
पोखरामा साधारणदेखि उच्च कोटीका होटल तथा लजहरूको सुविधा छ । सामान्यत: ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने कोठाहरू उपलब्ध छन् । साधारण होटलमा १ सय ५० रुपैयाँ र पर्यटकीय स्तरका होटलमा ३ सय रुपैयाँ तिरेपछि पेटभरि खान पाइन्छ । खानपिनका लागि भेज–ननभेज सबै खालका रेस्टुराँ पनि उपलब्ध छन् ।
पुरा पढ्नुहोस्
नेपालमा क्यानोइङ स्लालोमको सम्भाव्यता अध्ययन गर्न पोखरा आएको एसियाली क्यानोइङ महासंघको समूह अपर सेतीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याएको छ ।
पुरा पढ्नुहोस्
आफ्नै थातथलोमा बसेर साहित्यमा जमेका सरुभक्त श्रेष्ठ पोखरा छँदा कला–साहित्यसम्बन्धी गतिविधिका कारण फुर्सद पाउँदैनथे । यस्ता कार्यक्रमहरूमा अतिथि बन्न आउने निम्तोले बेफुर्सदी हुने श्रेष्ठ नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति भएयता भने राजधानीतिरै व्यस्त छन् ।
पुरा पढ्नुहोस्
पोखरामा साहसिक खेलका फरक–फरक विधाको मजा लिन पाइन्छ । यसका लागि पानीमा गुड्नेदेखि हावामा मच्चिनेसम्मका खेल गतिविधिहरू उपलब्ध छन् । यस्ता साहसिक खेलका लागि पोखरामा देश–विदेशका पर्यटक ओइरिने गरेका छन् ।
पुरा पढ्नुहोस्
पोखराबाट नजिकको पर्यटकीय गन्तव्य ल्वाङघलेलमा दुई वर्षअघि प्रारम्भ भएको साहसिक खेल क्यानोनिङले स्वदेशी तथा विदेशीहरूलाई आकर्षित गरिरहेको छ । गर्मी होस् वा जाडो जुनसुकै मौसममा पनि क्यानोनिङको मज्जा लिन सकिन्छ । यो खेल यो क्षेत्रकै नयाँ पर्यटकीय आकर्षण बनेको छ ।
पुरा पढ्नुहोस्
त्यतिबेला गाउँमा होटल खुलिसकेका थिएनन् । तैपनि कास्की ल्वाङ घलेल, सिदिङका २८ वर्षीय सुदीप गौतम डाँडाकाँडामा डोकोमा खाद्य सामग्री बोकेर पर्यटकहरूलाई सेवा प्रदान गर्थे । पाँच कक्षामा पढ्दा नै उनी डोकोमा बिस्कुट–चिया आदि खाजा बोकेर पर्यटकलाई ख्वाउँथे ।
पुरा पढ्नुहोस्