विष्णु तारुकेका लेखहरु
राष्ट्रियता झल्कने र आफैमा पनि राम्रो देखिने हुनाले मैले काम गरेका सबै बैंकमा अनिवार्य गरेको थिएँ, –किशोर महर्जन भन्छन् । उनले हिमालयन बैंक छोडेर सनराइज बैंक पुगेपछि त्यहा“ पनि दौरा–सुरुवाल र साडी अनिवार्य गरेका थिए । सनराइज बैंकमा किशोरले सिइओ छोडेको लामो समयसम्म पनि दौरा–सुरुवाल कल्चर चल्यो । 
पुरा पढ्नुहोस्
दोलखाको कालिन्चोक नजिकैको कुरी बजार अहिले आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । हालै केबुलकार सञ्चालनमा आएपछि कुरी बजारलाई पर्यटक थेग्न हम्मे–हम्मे परेको छ । हिजोआज बिदाका दिन र त्यसबाहेकका दिन पनि हिउँ खेल्न एवं धार्मिक आस्था बोकेर कालिन्चोक पुग्नेहरूको संख्या बढ्दो छ, त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरूलाई थेग्न अहिलेका पूर्वाधार अपुग भएका छन् । 
पुरा पढ्नुहोस्
माघे सङ्क्रान्ति अर्थात् मकर संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारी तीव्र बनाइएको छ । माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार यो वर्ष १६ हल गोरु जुधाइनेछ ।
पुरा पढ्नुहोस्
परम्पराअनुसार करणले विधात्रीको लगनगाँठो समाएर जग्गे मात्र घुमेनन्, सिन्दूर हाल्ने, माहुर ख्वाउने, जग्गे घुम्ने सबै प्रक्रिया पूरा गरे । यद्यपि बेहुली अन्माउने कार्य भने बुधबार मात्र गरिएको थियो । मंगलबार साँझ सोल्टी होटलमा वरवधूलाई बधाई दिनेहरूको घुइँचो लागेको थियो । विवाह समारोहमा आउने जानेहरूको भीडले त्रिपुरेश्वरदेखि कलंकीसम्मको बाटो राति अबेरसम्म जाम थियो ।
पुरा पढ्नुहोस्
धादिङको थाक्रे गाउँपालिकास्थित तीनवटा झरनाले साहसिक खेलप्रेमीहरूलाई मात्र नभएर एकान्त र शान्त वातावरणमा रमाउनेहरूलाई पनि आकर्षित गर्छ । काठमाडौंबाट एक घण्टामा पुग्न सकिने रानी झरनामा क्यानोनिङ गर्न प्रतिव्यक्ति यातायातसहित ५ हजार ५ सय खर्च लाग्नेछ । रानी झरना काठमाडौंबाट ४० किलोमिटरको दूरीमा छ ।
पुरा पढ्नुहोस्
नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले हरेक वर्ष र्‍याफ्टिङ फेस्टिबलको आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई र्‍याफ्टिङको मज्जा प्रदान गर्छ । यो वर्ष पनि र्‍याफ्टिङ र पर्यटनका लागि नदी बचाऔं भन्ने नाराका साथ आयोजना गरिएको उक्त मेलामा सयौंले र्‍याफ्टिङको मज्जा लिए ।
पुरा पढ्नुहोस्