महेश तिमल्सिना का लेखहरु
कम्तीमा एक दिन पैदल, एक दिन साइकल तथा एकदिन सार्वजनिक बसको यात्रा गर्नुहोस् अनि त्यहाँ तपाईंलाई जे–जे असहज लाग्छ त्यसमा सुधार ल्याउनुहोस् । संसारभर यस्तो महानगरपालिका हुनु हुँदैन भन्ने उदाहरण काठमाडौं महानगरपालिका नबनोस् ।
पुरा पढ्नुहोस्
गर्मी मौसममा जिन्सका आकाशे तथा हल्का रंगका पहिरन ट्रेन्डमा आउँछन् । कतिपयले कालो रंग पनि प्रयोग गरिरहेका हुन्छन्, तर कालोले घाम सोस्ने भएकाले यो मौसममा धेरैले कालो जिन्स रुचाउँदैनन् । युवाहरूमध्ये धेरैले हल्का रंगको जिन्स प्रयोग गर्छन् भने उमेर ढल्किएकाहरूले गाढा रंगका जिन्स रुचाउँछन् ।
पुरा पढ्नुहोस्
गत वर्ष पूर्णकला बिसी तथा गोपाल नेपालको स्वरको कट्टुमा बुट्टा गीतको सर्वत्र आलोचना भयो । उक्त गीतको धेरै आलोचना भएपछि बिसीले लोकदोहोरी प्रतिष्ठानमा लिखित रूपमा क्षमा समेत मागेकी थिइन् । यो वर्ष पनि बिसीलाई त्यस्तै, अश्लील शब्द प्रयोग भएका गीत गाउने अफर आएका थिए, तर उनले त्यस्ता गीत गाउन अस्वीकार गरिन् ।
पुरा पढ्नुहोस्
सेन्स अफ ह्युमर भएकाहरूको पर्सनालिटी नै फरक हुन्छ । उसले जस्तोसुकै परिस्थिति सामना गर्न सक्ने क्षमता राख्छ । कुनै अप्ठेरो परिस्थितिलाई सहज बनाउन सक्छ । एक–अर्काबीचको सम्बन्धलाई सधैँ एकैखालको राख्न सक्ने क्षमता हुन्छ ।
पुरा पढ्नुहोस्
मैले सुरुदेखि अन्त्यसम्मका प्राय: सबै खेल हेरेँ, जसमध्ये मलाई फ्रान्सको खेल एकदमै मन पर्‍यो । मैले फ्रान्स र बेल्जियममध्ये एउटा टिम फाइनलमा जान्छ भनेको थिएँ आखिर फ्रान्स फाइनलमा पुग्यो र विश्वकप विजेतासमेत भयो, त्यसैले म यसपटकको विश्वकप फुटबलको परिणामबाट एकदमै खुसी छु ।
पुरा पढ्नुहोस्
फौजी जीवनलाई बाईबाई गर्दै भागेर नेपाल फर्किए । उनको यो कदमबाट छोरो इन्डियन लाहुरे भएको भन्दै गर्वले छाती चौडा पार्ने दुर्गेशका बुबाआमा खुसी भएनन्, घरपरिवारमा निराशा छायो । घरको अवस्था यतिसम्म बिग्रियो कि परिवारका सदस्यहरूले नै दुर्गेशको वास्ता गर्न छाडे, बुबाआमासँग बोलचाल नै बन्द भयो । त्यसपछि दुर्गेश गाउँतिरै भौँतारिएर हिड्न थाले ।
पुरा पढ्नुहोस्