मनोज गजुरेलका लेखहरु
पहिलो पटक विदेशी भूमिमा उत्रँदैछु । जहाजको ढोकाबाट बाहिर निस्कन्छु । ओहो, कस्तो गर्मी ! तातो हावाको मुस्लोले मुटुमै हान्छ । गाडीले १५ मिनेट घुमाएर एउटा ढोकामा पुर्‍याएर छोडिदिन्छ । इमिग्रेसन लेखिएको छ ।
पुरा पढ्नुहोस्
एक्कासि जहाज घड्याक्क गर्‍यो । मुटु सिरिङ्ग भयो । ‘ड्यू टु ब्याड वेदर, प्लिज रिमेन सिट बेल्ट टाइटिङ,’ पाइलटले भने । जहाज झन्–झन् हल्लिन थाल्यो । डरले सातो– पुत्लो उड्यो ।
पुरा पढ्नुहोस्
एक दिन एउटा पत्रिकामा समाचार देखें, थोरै जमिनबाट कसरी धेरै फाइदा लिने ? त्यही सुझावका आधारमा घर पछाडिको १० धुर जग्गामा माछा पाल्ने निर्णय गरें । पोखरी खनें । माछाका भुरा ल्याएँ । पोखरीमा हालें । बिस्तारै भुराहरू हुर्कन थाले ।
पुरा पढ्नुहोस्
मलाई राम्रोसँग सम्झना छ, हाम्रो देशमा कामका आधारमा मानिसलाई सम्मान गरिन्छ । सेवाग्राहीले पालेलाई तँ, पिउनलाई तिमी, खरदारलाई तपाईं तथा हाकिमलाई हजुर भनेको मेरै कानले सुनेको छु । कर्मचारीहरूले पनि सेवाग्राहीलाई उसको लवाइखवाइका आधारमा तँ, तिमी, तपाईं भन्छन् । यद्यपि यहाँ सबैलाई एउटै सम्बोधन गरेको सुन्दा अचम्मै लाग्यो । ‘के खानुहुन्छ रे ?’
पुरा पढ्नुहोस्
कोही कानमा इयरफोन कोचेर घ्वार–घ्वार घुर्न थालिसकेका छन् । कोही गफ गर्दैछन्, हाँस्दैछन् । कोही कल बटम थिचेर होस्टेसलाई बोलाउँदैछन् ।
पुरा पढ्नुहोस्
भित्र छिर्न त छिर्‍यो तर अब बोर्डिङ पास कता, थाहा हुँदैन । एउटालाई सोध्यो, ऊ पनि नयाँ । अर्कालाई सोध्यो, बोल्न पैसा लाग्लाझैं गर्छ । मजस्तै मजदुरको लाइन हुन्छ । उसैको पछाडि उभिन्छु, अगाडि जा भन्छ । अगाडि जान्छु, पछाडि बस् भन्छ ।
पुरा पढ्नुहोस्