भिषा काफ्लेका लेखहरु
नेपालको कानुनले नै पुरुषहरू बलात्कृत हुन्छन् भनेर मानेकै छैन अनि कहिल्यै यस्तो हुन्छ भनेर सोच्न सकिन्छ ? हामी दिदी–बहिनीहरूलाई भन्छौं, यस्तो लुगा नलगाऊ, राति ढिलासम्म नबस, कसैले छोरालाई भन्छ र ? भन्दै भन्दैन, सोच्दै सोच्दैन, हाम्रो सोचाइ नै त्यहाँ पुगेको छैन ।
पुरा पढ्नुहोस्
म जन्मँदा मेरो घरको अवस्था ज्यादै दयानीय थियो । पेसागत रूपमा मेरो बुबा कपडा सिलाउनुहुन्थ्यो पहिलेदेखि नै । मेरो जन्म २०४८ मंसिरमा गंगाराम दर्जी र विमला माया दर्जीको कोखबाट भएको हो । मैले २०५४ मा श्री शान्ति उच्च माविबाट अध्ययन सुरु गरेको हुँ र त्यही विद्यालयबाट ६५ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरें ।
पुरा पढ्नुहोस्
पहिले एउटै मात्र सरकार थियो, उसकै नीति–निर्देशन, उसकै भाका, उसकै लय र तालमा सबै संस्थाहरू हिँड्नुपथ्र्यो । अब भाका, लय, तालहरू फरक–फरक ठाउँमा फरक–फरक हिसाबले सिर्जना हुने भयो । त्यसलाई समेटेर जानुपर्छ । त्यसैले यी तीन तहका सरकारबीचको समन्वय नै सबैभन्दा महत्वपूर्ण मुद्दा हो ।
पुरा पढ्नुहोस्
ब्युरोले हालैमात्र भारतमा रहेर नेपालमा हत्या, फिरौतीजस्ता अपराधकर्ममा सक्रिय तथा व्यवसायी शरद गौचन एवं एमाले कार्यकर्ता दुर्गा तिवारी हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई पक्राउ गर्न सफल भएको छ । यसअघि ब्युरोकै टोलीले लामो समयदेखि फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरी जेल चलान गरेको थियो ।
पुरा पढ्नुहोस्
नुनले मात्र लाखौं मानिसको ज्यान गैरहेको छ । नुन कम हुनेबित्तिकै रक्तचापको मात्र कम हुन्छ । रक्तचाप कम हुनेबित्तिकै ह्दयाघातको मात्रा कम हुन्छ । स्ट्रोक कम हुन्छ, मिगौला बिग्रने मात्रा कम हुन्छ । पहिले–पहिले गाउँमा भन्थे— काँचो नुन र काँचो चिनीले राम्रो गर्दैन बाबु । कुरा बुझ्दिनथें, विज्ञान पढेपछि बल्ल बुझें, त्यो एकदमै वैज्ञानिक भनाइ रहेछ ।
पुरा पढ्नुहोस्
फुटबलमा सोचेजस्तो परिणाम आएको छैन । त्यो देख्दा नीतिगत निर्णयमा खेलाडीहरूको हस्तक्षेप आवश्यक छ जस्तो लाग्छ । अन्तर्राष्ट्रिय खेल खेल्दा अन्य देशको खेलकुदको अवस्था पनि देखिएको छ । त्यो देख्दा हामीले पनि नीतिगत सुधार गर्न सके राम्रै उपलब्धी हासिल गर्न सक्छौं भन्ने लाग्छ ।
पुरा पढ्नुहोस्