प्रदीप सुवेदीका लेखहरु
केही युवा देश बन्नेमा आशावादी देखिए त केही पुरानो पुस्ताका नेता नहटेसम्म केही हुँदैन भन्ने निष्कर्षमा पाइए । दूरदर्शिताको कुरा उठ्यो । सायद यो बाटोको विकल्प निर्माण भएपछि भत्काएको भए– यस्तै–यस्तै प्रहार राजनीति र राजनीति गर्नेहरूप्रति भैरहे । गुनासा, हाँसो–मजाकको यात्रा सुनौली बोर्डरमा केही समय सुरक्षा जाँचका लागि रोकियो । अलिअलि दुव्र्यहार सहनु त सामान्य हो ।
पुरा पढ्नुहोस्
यहाँ काम सकेर रघुवीर नगर जानु छ, मैले मुख खोलेपछि उनको अनुहार मलिन भयो । तपाईं द्वारका सेक्टरवाला मेट्रोमा जानुहोला । मलाई थाहा थियो ब्लू लाइनमार्फत रजौरी गार्डन मेट्रो स्टेसन पुगेपछि भारु १० मा ‘ब्याट्रीमा’ पुग्नेछु । नई दिल्लीमा आफ्नो करियरका लागि संघर्ष गरिरहेकी कृतिसँग भेट हुनु चानचुने संयोग थिएन,
पुरा पढ्नुहोस्

पुनर्मिलन

प्रदीप सुवेदी, कार्तिक १४, २०७४

६० घण्टाभन्दा बढी भैसकेको थियो ब्लक गरेको पनि । अनब्लक गरें फेसबुकमा । रिक्वेस्ट पठाएँ अनि ‘जाँदैछु म, शुभयात्रा त भन’ भनेर मेसेज गरें । रिप्लाइको आश गर्दागर्दै फ्लाइटको टाइम भयो । फ्लाइट अवधिभर उनैलाई सम्झिरहें । उनैलाई सोचिरहें । हामी किन छुट्यौं । यो प्रश्नको गतिलो जवाफ म आफैंसँग छैन । उनको जिद्दी स्वभाव र मेरो आवेशको निर्णय हाम्रो सम्बन्धमा भारी भए ।
पुरा पढ्नुहोस्

फेसबुक

प्रदीप सुवेदी, फाल्गुन १५, २०७२

बिउँझिदा ‘म त हारेको मान्छे...’ गीत बजिरहेको थियो । मन अमिलो भयो अनायासै । अतीत रिल बनेर आँखाअगाडि घुमे, अनि चस्स मुटुमा घोचे । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक हो, ’ अमिलो मनलाई सम्हालें । ‘माघ २१’ यो मितिले मेरो दिमागमा खुब घोचिरहेको छ । अब हप्ता दिन बाँकी छ ।
पुरा पढ्नुहोस्