प्रकाश अधिकारीका लेखहरु
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रदेश नम्बर ६ का दैलेख, सुर्खेत र सल्यानमा निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि सुर्खेत, दैलेखमा दुई/दुई र सल्यानमा एक क्षेत्र छन् । यी जिल्लामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादी केन्द्रको वाम गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।
पुरा पढ्नुहोस्
दाङ, लमहीका २४ वर्षीय शंकर सुवेदी वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केन्द्रीय क्याम्पसका डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङका विद्यार्थी हुन् । बुटवलबाट सिभिल सब–इन्जिनियर अध्ययन गरेका शंकरसँग विभिन्न हाइड्रोप्रोजेक्टमा काम गरेको अनुभव छ ।
पुरा पढ्नुहोस्
सुर्खेतको वीरेन्द्रनगर प्रदेश नम्बर ६ को सम्भावित राजधानी हो । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका देवकुमार सुवेदी मेयर निर्वाचित भए । मध्यपश्चिमको चर्चित सुर्खेत क्याम्पस, शिक्षा संकायमा स्ववियु सभापति तथा नेविसंघको केन्द्रीय सदस्य रहिसकेका ४१ वर्षीय सुवेदी नेविसंघको राजनीति गर्दै दुई कार्यकाल कांग्रेसको नगर सभापति भैसकेका छन् ।
पुरा पढ्नुहोस्
सुर्खेतको पुरानो तथा प्रदेश नम्बर–६ को सम्भावित राजधानी हो–वीरेन्द्रनगर । प्रदेशको सम्भावित राजधानी भएकाले प्रमुख तीन दल कांग्रेस, एमाले तथा माओवादी केन्द्रले वीरेन्द्रनगरको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
पुरा पढ्नुहोस्