नितेश उपाध्यायका लेखहरु
बिटक्वाइनलाई अवैधानिक घोषणा गर्नु तथा अन्तर्राष्ट्रिय भुक्तानी माध्यम (इन्टरनेसनल पेमेन्ट गेटवे) मा कडाइ गरिनुका पछाडि एउटै कारण छ, त्यो हो— भुक्तानी सन्तुलनमाथिको नियन्त्रण । कुनै केन्द्रीय निकायको नियन्त्रणमा नहुने हुँदा बिटक्वाइनबाट अन्तर्राष्ट्रिय कारोबार गर्न सरकारको अनुमति चाहिँदैन ।
पुरा पढ्नुहोस्
नेपाली एप तथा मोबाइल गेम डेभेलपर कम्पनी स्रोथ कोडले केही साताअघि एन्ड्रोइड मोबाइलमा खेल्न सकिने एउटा गेम सार्वजनिक गर्‍यो । सार्वजनिक भएदेखिकै सातादेखि उक्त गेम निकै चर्चामा रह्यो र यसै साता गुगलको प्ले स्टोरमा ट्रेन्डिङ अर्थात् छोटो समयमै धेरै डाउनलोड भएको र रिभ्यु लेखिएको एपको लिस्टमा पर्‍यो ।
पुरा पढ्नुहोस्
सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ ।
पुरा पढ्नुहोस्
कहीँ–कतै जागिर खान नगई घर बसी–बसी मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने कुरा नपत्याउनेहरूको जमात ठूलै छ नेपालमा, तर यो वास्तविकता हो । हामीले सधैं भिडियो हेर्न प्रयोग गर्ने युट्युबमा केही प्रक्रिया पूरा गरेर काम गर्न सकियो भने घर बसी–बसी राम्रो कमाइ गर्ने कुरा असम्भव छैन ।
पुरा पढ्नुहोस्
दर्शकहरूको मागलाई मध्यनजर गर्दै उत्पादकहरूले यसमा विभिन्न सुविधा थप्दै जाँदा अहिले स्मार्ट टेलिभिजनहरू बजारमा आएका छन् भने केवलबाट हेरिने टेलिभिजन च्यानलहरू आजभोलि डीसहोमजस्ता डिटिएच प्रविधि, नेटटिभीजस्ता आइपी टिभी प्रविधि वा डिजिटल केवलका माध्यमबाट हेर्न थालिएको छ ।
पुरा पढ्नुहोस्
आवश्यकता बढेअनुसार इन्टरनेटको ब्यान्डविथ आर्थिक एवं प्रविधिक कारणले बढाउन नसक्नु त भिन्दै कुरा हो तर हामीमध्ये धेरैलाई अहिलेको आवश्यकता अनुसार इन्टरनेटको गति घट्दै गएको अनुभव पनि हुन थालेको छ । आखिर हाम्रो आवश्यकताको तुलनामा किन दिनहुँ घट्दै गएको छ, इन्टरनेटको गति ? यसलाई कसरी बढाउन सकिन्छ ?
पुरा पढ्नुहोस्