नरेन्द्र रौलेका लेखहरु
नयाँ वर्ष नजिकिँदै छ । यो मौकामा कहाँ कसरी घुम्ने सोचमा हुनुहुन्छ ? काठमाडौं उपत्यका वरिपरि तथा उपत्यका बाहिर प्रचलित केही टुरिस्ट डेस्टिनेसनहरू समेटेर हामीले यो सामग्री तयार पारेका छौं ।
पुरा पढ्नुहोस्
किताब लेख्नकै लागि मैले बीबीसीको जागिर छाडें । कमाइ पनि राम्रै थियो । पटक–पटक अध्ययन, अनुसन्धान र फिल्ड भिजिट गरियो । देशमा राजनीतिक फेरबदल भैरह्यो । पहिले लेखिएका राजनीतिक मुद्दा फेरिए । त्यसबाहेक मैले यसलाई धेरै पटक पुनर्लेखन गरेकी छु । अर्को पुस्तकमा त्यस्तो गर्नु नपरोस् भनेर कामना पनि गरेकी छु ।
पुरा पढ्नुहोस्
नदिलाई पनि दुई किनारले बाँधेका हुन्छन् । एउटा घर बनाउन पनि इँटा वा ढुंगाहरूलाई सिमेन्टले जोड्दै जानुपर्छ । त्यहाँ झ्याल, ढोका र छानाहरू पनि जोड्नुपर्छ । त्यसैले प्रेम सुरक्षा पनि हो । त्यस्तै प्रेम नभएको भए जीवन फूल नफुल्ने बगैंचा जस्तै हुन्थ्यो । फूल नफूल्ने हो भने फल पनि कहाँ लाग्थ्यो र ?
पुरा पढ्नुहोस्
मनिन्द्र सम्झिन्छन्— १०–११ वर्षकै उमेरदेखि उनी केटाहरूप्रति नै आकर्षित हुन्थे । आफू केटा भएर पनि केटाहरूप्रति नै किन आकर्षित भएको होला ? भन्ने प्रश्नले उनको मनमा डेरा जमाउँथ्यो, तर त्यसको जवाफ उनीसँग थिएन । स्कुल तथा कलेज तहमा उनले कतिलाई मन पराए, तर भन्नै सकेनन् । फेरि उनलाई ‘नो’ भन्ने शब्ददेखि एकदमै एलर्जी छ ।
पुरा पढ्नुहोस्
झापाको दमकबाट सन् २०१० मा काठमाडौं उक्लिएकी मेघनामा यो आत्मविश्वास त्यसै आएको भने होइन । उनले संघर्षका धेरै घुम्ती पार गरेकी छिन् । दमक मल्टिपल क्याम्पसबाट म्यानेजमेन्टमा प्लस टु उत्तीर्ण मेघना दमकमै बसेर केही गर्न चाहन्थिन् । १६ वर्ष पुग्दा उनले अकल्पनिय दुर्घटना बेहोर्नुपर्‍यो ।
पुरा पढ्नुहोस्
कवि थापासँग शान्ता क्लज बन्दाका रोचक अनुभवहरू छन् । गत वर्ष अन्य तीन जना सँगै उनी नवलपरासीस्थित एक स्कुल पुगे, जहाँ मुसहर बालबालिकाहरू अध्ययन गर्थे । कवि रातो टोपी र रातै पहिरन लगाएर त्यो स्कुल पुग्दा स्कुले बालबालिकाहरू उनको वरिपरि झुम्मिए ।
पुरा पढ्नुहोस्