डा. राजेन्द्र भद्राका लेखहरु
गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहनाका साथ एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिब हुन्छ । तपाईंहरूको सन्दर्भमा हामी समय नै नपुगेको भन्न सक्छौं । बच्चा जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति घटनामा गर्भ नरहने कारण नै पत्ता लाग्दैन । 
पुरा पढ्नुहोस्
योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद (Hymen) ​​​​​​​ भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो ।
पुरा पढ्नुहोस्
शारीरिक फरिश्रम युक्त त्रियाकलाप सकिएपछि मुटुको गति कम भए पनि मांसपेशीमा भएका रक्त नसा पुरानै नखुम्चिएको अवस्थामा रह्यो भने रक्तचाप अकस्मात कम हुनसक्छ र व्यक्तिले अल्पकालीन बेहोसीको अनुझव गर्न सक्छ, जसलाई हामी abdominal heart rhythm भन्छौं । यस्तो अन्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापको सन्दर्भमा पनि हुन सक्छ । 
पुरा पढ्नुहोस्
महिलामा भियाग्राको प्रयोग औषधी बनाउने कम्पनीहरूकै संलग्नतामा गरिएको एक अध्ययनले केही सकारात्मक कुरा देखाएका छन्, तर त्यसको निष्पक्षतामा स्वभाविक रूपमै प्रश्न उठ्ने भयो, त्यसैले अहिले ती अध्ययनले देखाएका सबै कुरामा विश्वास गरिहाल्नुपर्ने स्थिति छैन ।
पुरा पढ्नुहोस्
यौनका सन्दर्भमा लामो समयसम्म मानिस गन्धमा भर नपरी दृष्टिमा भर पर्छ भन्ने मानियो तर पछिका अनुसन्धानले गन्धको प्रभाव यौनसाथी चयन गर्ने कार्यमा पर्ने देखियो । हामीलाई थाहै छ मानव भावना अनि यौनमा सुगन्धको प्रभाव पर्छ । मानव पसिना, पिसाव, सास, थूक, स्तनवाट निस्कने दुध, छालाका ग्रन्थिबाट निस्कने तैलीय पदार्थ वा यौन रस सबैमा सुगन्ध सम्प्रेषण गर्ने
पुरा पढ्नुहोस्
दम्पतीबीच एक–अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरड्ड सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापित गर्नेतर्फ डोर्‍याउँछ, तर तपाईंको सन्दर्भका विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन ।
पुरा पढ्नुहोस्