कृष्ण भट्टराईका लेखहरु
मिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१ हुन्— निशा पाठक । मालीगाउँ, काठमाडौंकी २२ वर्षीया निशा ५ फिट साढे ४ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण निशा नयाँ ठाउँ घुम्न, विभिन्न प्रकारका परिकार बनाउन तथा नृत्य गर्न रुचाउँछिन् । स्वाभिमानी नारी बन्न चाहने निशा सकारात्मकताले भरिएको संसारमा खुसीसाथ जीवन बिताउन चाहन्छिन् ।
पुरा पढ्नुहोस्
अघिल्लो वर्ष करिब १ सयवटा चलचित्र प्रदर्शन भए पनि अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भए । यति हुँदाहुँदै पनि वर्ष २०७६ मा अघिल्लो वर्षकै हाराहारीमा चलचित्र प्रदर्शन हुने संकेत छ । छायांकनपछि पोस्ट प्रोडक्सनमा रहेका चलचित्रको सूची नै दर्जनौंमा छन् भने प्रि–प्रोडक्सन तथा प्रोडक्सनमा रहेका चलचित्रको सूची पनि लामै छ ।
पुरा पढ्नुहोस्
वर्ष २०७५ मा सर्वाधिक ९३ वटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये ९० प्रतिशतभन्दा बढी चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । ५ प्रतिशत चलचित्रले लगानी सुरक्षित गरे भने बाँकी ५ प्रतिशत चलचित्रले मात्र मुनाफा आर्जन गरे । चलचित्रको व्यवसायिक पक्ष जे जस्तो भए पनि चलचित्र क्षेत्रमा यो वर्ष झण्डै दुई दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा रजतपटमा पदार्पण गरेका छन् ।
पुरा पढ्नुहोस्
अभिनेत्री नम्रता श्रेष्ठलाई भर्सटाइल भन्दा फरक पर्दैन । उनी रोमान्टिक चलचित्रमात्र होइन कलात्मक चलचित्रमा पनि उत्तिकै फिट छिन् । यो वर्ष नम्रताले अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनमा आयो, जसमा उनको अभिनय लोभलाग्दो देखियो । व्यवसायिक रूपमा समेत सफल भएको यो चलचित्रमा नम्रताले निःसन्तान र गरिवीको पीडालाई प्रभावकारी शैलीमा चित्रण गरेकी छिन् ।
पुरा पढ्नुहोस्
धरानभन्दा केही किलोमिटर माथि पर्ने भेडेटार म धेरै पटक पुगिसक्दा पनि अघाएको छैन । भेडेटारले मलाई मात्र होइन, हरेक पर्यटकलाई लोभ्याउँछ । जाडो होस् अथवा गर्मी, त्यहाँ हरेक क्षण चीसो अनुभव गर्न पाइन्छ । त्यहाँबाट देखिने दृश्यले जो–कसैलाई लोभ्याउँछ । जीवनमा एक पटक पुग्नै पर्ने स्थानमा भेडेटारलाई मैले पहिलो स्थानमा राखेको छु । 
पुरा पढ्नुहोस्
सुहाना भगवान्प्रति अति नै भक्तीभाव दर्साउँछिन् । कामको बीचमा पनि उनी भगवान् कृष्णलाई सम्झेर बसिरहेको पाइन्छ । 
पुरा पढ्नुहोस्