कृष्ण भट्टराईका लेखहरु
सैनिकको मानसिकता बचाउने भावनासँग जोडिएको हुन्छ, स्काउटको पनि त्यस्तै मानसिकता हुन्छ तर भावना फरक हुन्छ । स्काउट जिज्ञासु हुन्छ । कुनै नयाँ जानकारी प्राप्त गर्दा त्यसको चुरोसम्म पुग्न छटपटाउँछ । त्यो जानकारी आफ्नो विपक्षमा आउँदा ऊ त्यसलाई अझ रोचक मान्छ । धेरैजसो मानिस के भन्छन् भने आफ्नो विश्वासको परीक्षा गर, तर आफ्नो मनलाई कमजोर नबनाउ । सबैभन्दा राम्रो कुरा स्काउट मौलिक हुन्छ ।
पुरा पढ्नुहोस्
मलाई खानपिनमा खासै सौख छैन । दसैंमा रक्सी र मासु धेरै खाने चलन छ । म यी दुवै कुराबाट आफूलाई सकेसम्म टाढा राख्न रुचाउँछु ।
पुरा पढ्नुहोस्
हुन त पोखरा पनि मेरो रोजाइको गन्तव्य हो, यद्यपि पोखराबाट अलि पर पर्ने धम्पुसको सुन्दरता शब्दमा वर्णन गर्न गाह्रो छ । केही घण्टाको हाइकिङपछि पुगिने धम्पुस प्राकृतिक रूपमा सुन्दर त छ नै, त्यहीँ माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्ने अवसर समेत पाइन्छ ।
पुरा पढ्नुहोस्
खै त मलाई झुम्के बुलाकी, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, तीन मोहोरको धागो, कदम चाल...सहित उक्त एल्बममा सात वटा गीत समावेश थिए । ती मध्ये खै त मलाई झुम्के बुलाकी तथा चौबन्दीमा पटुकी...अत्यन्त लोकप्रिय भए ।
पुरा पढ्नुहोस्
उत्कृष्ट द्वन्द्व निर्देशन गरेर दर्जनौं एवार्ड जितिसकेका हिमालले वर्ष २०७३ मा मात्र चलचित्र ‘भैरव’ का लागि नौ वटा एवार्ड थापेका थिए । प्राकृतिक शैलीको द्वन्द्व निर्देशन गरेर स्थापित भएका हिमाल चलचित्र ‘पिँजडा ब्याक अगेन’ मार्फत निर्देशनको क्षेत्रमा समेत सक्रिय भएका छन् । आगामी माघ महिनादेखि दोस्रो चलचित्रको निर्देशनमा सक्रिय हुने हिमालले द्वन्द्वमा अब्बल पाँच अभिनेता यसरी छनोट गरेका छन् ।
पुरा पढ्नुहोस्
अभिनेता शिवहरि पौडेलकी कान्छी श्रीमतीको भूमिकामार्फत चर्चित भएकी अभिनेत्री हुन्– अंशु थापा (महर्जन) । खाइलाग्दो ज्यान अंशुको विशेषता हो । कुनै बेला उनी स्लिम थिइन् । त्यही बेला उनले मोडलका रूपमा ग्ल्यामरको संसारमा पाइला राखेकी थिइन् । तिनै अंशुलाई अहिले उनकै सहकर्मी कलाकारहरूले ‘हात्ती’ उपनाम दिएका छन् । अंशुलाई हात्ती भनिएकोमा कुनै आपत्ति छैन ।
पुरा पढ्नुहोस्