किशोर नेपालका लेखहरु
नेपाली समाजमा रंगमञ्चको बीजारोपण राणा शासकहरूले नै गरेका थिए । महाराज–महारानीको मनोरञ्जनका लागि दरबारभित्र नाटक मण्डली र नौटंकी टोली बोलाएर जात्रा चलाउने चलन थियो उतिबेला । नाटकहरूको शोध एवं अनुसन्धानमा भने जगदीशशमशेर राणाको भूमिका निकै प्रभावकारी थियो ।
पुरा पढ्नुहोस्
आफ्नो माग हातमा लिएर आन्दोलनकारी केन्द्रीय राजधानी आइपुगे । निर्मलाका आमा–बाले प्रधानमन्त्री तथा गृहमन्त्री गुहारे । तर, दुवैले निर्मलाका आमा–बालाई औपचारिक आश्वासनबाहेक केही दिएनन । निराशाको स्थितिमा कञ्चनपुर फर्किएकी निर्मलाकी आमाले राज्यबाट सामान्य नागरिकले न्याय नपाउने रहेछ भन्ने धारणा अभिब्यक्त गरिन ।
पुरा पढ्नुहोस्
पहिले पहिलेका राजा–महाराजाले विभिन्न विधाका विशिष्ट प्रतिभाको सम्मान गर्थे । उनीहरूको दैनिक आवश्यकता पूरा गर्न राज्यकोषबाट भत्ताको व्यवस्था गरिदिन्थे । यो जायज थियो । किनभने जो प्रतिभा हो, ऊ दाल–भातकै लागि तड्पिने अवस्थामा सिर्जनाको कुरै आउँदैन । प्रतिभाको निरन्तर प्रस्फुटनका लागि राज्यले कलाकार, साहित्यकारको जिम्मेवारी लिनु स्वाभाविक हो ।
पुरा पढ्नुहोस्
बिर्सिनु त्यति सजिलो थिएन । इतिहासको एउटा महत्वपूर्ण कालखण्डलाई बिर्सने हो भने हामीले कहिले पाठ सिक्ने इतिहासबाट ? युद्धलाई मूल विषय बनाएर धेरैले सिनेमा बनाएका छन् । यो सजिलो काम त होइन, तर उद्देश्य नै युद्ध सिनेमा बनाउने लिएपछि त्यसैमा केन्द्रित हुनु त पर्‍यो,’ अनुपले वताए ।
पुरा पढ्नुहोस्
इतिहासले धेरै युग बिताइसक्यो । मानदेव, शिवदेव, अंशुबर्मा, जयस्थिति मल्ल, जयप्रकाश मल्ल, रणजित मल्ल बिस्तारै विस्थापित हुन, विस्मृत हुन, हराउन थालेका छन् । इतिहासका पुराना पात्रहरूको सट्टा वर्तमान स्वयं नै एउटा उपन्यास र इतिहास बनेर अघि सर्दैछ । भीम मल्लको रगतको छिटा दन्त्यकथा मात्र हो ।
पुरा पढ्नुहोस्
आशान्तालाई राज्यले व्यावसायिक ‘सोच’ प्रशस्त दिए पनि ‘स्रोत’ दिने कुरा सोचेको छ जस्तो लाग्दैन । प्रज्ञा–प्रतिष्ठान, कला प्रतिष्ठान, संगीत–नाटक प्रतिष्ठान, अरू पनि होलान् तर यी सरकारका संस्थाहरू एक त लोकतान्त्रिक छैनन् । दोस्रो स्वेच्छाचारी छन् । त्यसमाथि पनि कला, संगीत, नाटक र प्राज्ञको समाजमा पनि अचाक्ली दलाली छ ।
पुरा पढ्नुहोस्