कमल पन्थीका लेखहरु
बर्दिया प्रहरीको आग्रहपछि सिराहा प्रहरीले मिर्चैया नगरपालिका–१०, प्रिपाका ३१ वर्षीय सञ्जीवलाई पक्राउ गरेको हो । उनलाई सिराहा प्रहरीले पक्राउ गरी बर्दिया प्रहरीलाई कारबाहीका लागि बुझाएको छ । महतोमाथि १ सय ५० जना नेपाली महिलालाई भारतको बनारस पुर्‍याएको आरोप छ । 
पुरा पढ्नुहोस्
अधिकांश लागूऔषधका सेवनकर्ता र बेचबिखनमा संलग्नहरू १८ देखि ४० वर्ष मुनिका छन् । सेवनकर्तामा अधिकांश विद्यार्थी रहेको प्रहरी बताउँछ । जिल्लामा कडाइ भएका कारण भारतीय सीमा नाका मिहींपुरुवा, बलैगाउँ र रुपैडिहामा खुलेआम लागूऔषध खरिद बिक्री हुने गरेको छ ।
पुरा पढ्नुहोस्
नेपाली महिलाले बनारसमा मानव बेचबिखनविरुद्ध मुद्दा दिएको यो पहिलो घटना भएको बनारस प्रहरीले बतायो । केही महिला बन्धक बनाइएको आशंकामा बनारस, नटकनियादाइस्थित भारतीय जनता पार्टीका पूर्व महासचिव एंव युवा मोर्चाका अध्यक्ष पप्पु भनिने जयसिंहको घरमा छापा मारिएको थियो । बन्धक बनाइएको घरबाट प्रहरीले दुई महिला तथा तीन पुरुष सहित पाँच भारतीयलाई पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा दायर गरेको छ ।
पुरा पढ्नुहोस्
धेरैको अनुमान थियो बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा कांग्रेसले हार बेहोर्छ । हुलाकी सडक, ढल निकास, स्वास्थ्य सुविधा, शिक्षित बेरोजगारीजस्ता समस्याको समाधान कांग्रेसबाट हुने कुनै सम्भावना नभएको तथा उक्त पार्टीको साख गुमेको भन्दै फाइदा उठाउने दाउमा थिए माओवादी, एमाले र राप्रपा तर परिणाम त्यसको विपरीत आयो ।
पुरा पढ्नुहोस्
डान्स इन्डिया डान्सको लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर स्टेजमा आउनासाथ हुटिङ सुरु भयो— तेरिया हाई हाई।
पुरा पढ्नुहोस्
बर्दियामा डेढ महिनाको अवधिमा ४ वटा छुट्टाछुट्टै महोत्सव सम्पन्न भएको छ । तीमध्ये बढैया ताल महोत्सव सम्पन्न भएको छ भने बासगढी माघी महोत्सव सञ्चालनमा छ ।
पुरा पढ्नुहोस्