ओशोका लेखहरु

प्रेमका अनेक रंग

ओशो, फाल्गुन १, २०७४

जसले जीवनमा प्रेमले दिने शान्ति र आनन्दको किञ्चित अनुभव गरेको छैन, उसलाई ध्यानमा प्रवेश गर्न कदापि सहज हुँदैन । प्रेमको गहिराइमा डुबेको क्षण समयको अनुभव हुँदैन । यस्तो लाग्छ, मानौं समय छँदै छैन, अथवा छ भने पनि रोकिएको छ । एक क्षण प्रेमको अनन्तता बराबर लाग्छ । दुई फरक व्यक्ति हुनुको अनुभव पनि केही बेरलाई मेटिन्छ । ध्यानमा हुने अद्वैत बोधको अनुभव पनि त यही नै हो ।
पुरा पढ्नुहोस्
प्रेम संसारको सबैभन्दा पूण्य कुरा हो । म निरन्तर यो कुरालाई जोड दिएर भनिरहेको छु । मेरा कुरा सुनेर केही मान्छे सोध्छन्, किन ? किन, को प्रश्न नै छैन । प्रेम गर्नु संसारको सबैभन्दा पुण्यको कुरा हो । सत्य यही हो । प्रेम नै ईश्वरसम्म पुग्ने माध्यम हो । जसको मनमा प्रेम छैन, जसले जीवनमा प्रेम गरेको छैन, उसले जीवनमा नर्कको अनुभव गरिरहेको हुन्छ ।
पुरा पढ्नुहोस्